क्रोध एक घातक मनोविकार हो

क्रोध प्राण हरण गर्ने गर्दछ । क्रोध अमित्र मुखधारी सत्रुबैरी हो । क्रोधले मानिसलाई सबै प्रकारले पतन गराउँछ । क्रोधले तप, सयंम र दानको अपहरण गरिदिन्छ । अतएव हामी सबै मानिसले क्रोधबाट सदैब बच्नु पर्दछ ।

ॐ भूर्भुव स्वः तत्सवितुर्वरेण्यं, भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् ॥

क्रोध एक घातक मनोविकार हो

                                                                                                                              

   -वेदमूर्ति, तपोनिष्ठ, पं.श्रीराम शर्माआचार्य (संस्थापक अखिल विश्व गायत्री परिवार )

मनुष्य स्वभावमा अनेकौ मनोविकार यस्ता हुन्छन जो निरन्तर उसको मानसिक तथा  शारीरिक योग्यताको विनाश गर्ने गर्छन । घृणा, द्वेष, काम, मद, मोह र लोभ जस्ता दुर्गुणहरुलाई स्वच्छंदता दिनाले मानसिक विष संम्पूर्ण शरीरमा व्याप्त हुनजान्छ ।   यसबाट बुद्धि, ज्ञान,स्वास्थ्य आदिमा विषालु प्रभाव पर्दछ र व्यक्ति दिनानुदिन घृणा र हिनतापूर्ण परिस्थिति तिर गिर्दै धकेलिन्छ । किनकि क्रोध त यी सबै दुर्गुणहरुको सम्राट हो । क्रोधबाट हुने तात्कालिक परिणाम त यति भयंकर हुन्छन कि परिणाम देख्दै जीउ कम्पन हुन्छ । यस्ता घटनाहरु भावि दिनमा पनि आँखा अगाडी आउनेजाने गरिरहन्छन जसमा मनुष्य स-ससाना कारणबाट उत्तेजित भएर विभत्स दृश्य उपस्थित गरिदिन्छ ।

महर्षि वाल्मीकिले लेखेका छन-

क्रोध: प्राणहर: शत्रु: क्रोधोSमित्र मुखो रिपु:

क्रोधोS महातीक्ष्ण: सर्वक्रोधोSपकर्षति ।।

तपते येतते चैव यच्च दान प्रयच्छति ।

क्रोधेन सर्व हरति तस्मात क्रोधं विवर्जयेत ।।

क्रोध प्राण हरण गर्ने गर्दछ । क्रोध अमित्र मुखधारी सत्रुबैरी हो । क्रोधले मानिसलाई सबै प्रकारले पतन गराउँछ । क्रोधले तप, सयंम र दानको अपहरण गरिदिन्छ । अतएव हामी सबै मानिसले क्रोधबाट सदैब बच्नु पर्दछ ।

क्रोधको मनका अन्य विकारहरुसंग घनिष्ट सम्बन्ध छ । उत्तेजना र आवेशमा आउदासाथ सत्य-असत्यको विवेक मारिन्छ जसबाट लडाई,झगडा, कटुता, मारपिट, हत्यासम्मका घटना हुनजान्छन । कुनै पनि व्यक्तिका प्रति निरन्तर क्रोध लिई राखेमा स्थायी कटुताको भाव उत्पन्न हुन जान्छ । जसबाट दोषदर्शन, उत्पीडन र अकारण अरु मानिसहरुलाई नोक्सान र क्षति पर्याउने नियमित जस्तो बानी पर्दछ । यस प्रकार एकै विकारबाट अनेकौ विकारका शाखा उपशाखाहरुको निर्माण हुने गर्छ । अस्थिरता, क्षणिकता, बुद्धि कुन्ठित हुनु ,उद्विग्नता, अहंकार, असहिष्णुता आदि दुर्गुण क्रोधी मनुष्यमा आफै स्वत: आउने गर्छन । छिङ्गानेबिच्च्याने, चिडचिडापन पनि क्रोधकै एक सानो रुप हो । यो प्राय: अशक्त पुरुषको मनोविकार हो । यसैले एक आदेशमा नै त्यो समाप्त पनि हुन जान्छ । किनकि क्रोध मनुष्यको मनलाई एक उत्तेजित र दबावमा पार्दछ जसबाट रगत ताप उत्पन्न हुन्छ । क्रोधबाट रगत सञ्चालन तिब्र हुन्छ । यसरी रगतको तिब्र प्रवाहको झट्का आइरहेमा स्वास्थ्यमा त्यसको नराम्रो असर पर्छ । विचारमा पनि  प्रेम, सत्य,न्याय, दया र विवेक आदि लोप हुनजान्छ । आध्यात्मिक शक्तिको विकासमा त यो सबै भन्दा प्रबल शत्रु मानिन्छ ।

क्रोधबाट शारीरिक शक्तिहरुको पतन हुनजान्छ । क्रोधी व्यक्तिको अनुहार र आँखा रातो हुन्छन र ओठहरु चल्न थाल्दछन ।  आन्तरिक अवयवहरुमा पनि यसको प्रभाव पर्दछ । हृदय धड्कन थाल्दछ । आँखाको पानी सुखा हुन्छ जसमा शरीरस्थ मल सुकेर आन्द्रा भित्रै टासिन थाल्छ । यसबाट शरिर सुकेर काँटा जस्तै हुन थाल्छ । पाचन प्रक्रिया शिथिल हुन थाल्दछ । रगतमा एक प्रकारको विष उत्पन्न हुन्छ जसबाट जीवन शक्ति कमजोर पर्न जान्छ ।

हार्वड मेडिकल कलेजका प्रोफेसर डाँक्टर वाल्टर केनिन लेख्छन-मनुष्यका दुईवटा किडनीको माथि चनाका जस्तै आकारका दुई वटा साना साना ग्रन्थीहरु हुन्छन, जसमा एकरेनलिक तत्व भरीएको हुन्छ । यो रगतका साथ मिलेर जब कलेजोमा पुग्यो भने त्यहाँ जम्मा भएको ग्लाइकोजनको  चिनी शरिरका धेरै अंगहरुमा पुगेर नशाहरु र नितम्बलाई फुटाइ दिन्छन । क्रोधी मनुष्यमा कुनै रोग नभएर पनि यसै हानिकारक स्थितिबाट गुजर्नु पर्दछ ।

क्रोध गर्नाको  कारणहरु माथि यदि विचार गर्यौ भने कारण बिलकुलै सानो देखिन्छन । कैयौ पटक त त्यो बिल्कुलै निराधार देखिन्छ । संयमित मन: स्थितिको अभावमा प्राय: मानिस एकाएक उत्तेजित भएर अनर्थ गर्दछन । कैयौ पटक यी कारणहरु यति साना हुन्छन कि त्यसका कारणले गरिएको अपराधलाई विश्वास समेत गर्न सकिदैन । कानपुरको एक समाचार छ कि रेलवे स्टेशनमा ननकू नामक एक व्यक्ति फल बेचिरहेको थिए । कुनै एक व्यक्तिले उससंग उधारोमा लिची मागेछ । ननकूले उदारो दिन इन्कार गरेछ । उदारो दिन इन्कार गर्यो भनेर क्षुब्ध  भएर त्यस व्यक्तिले ननकूलाई चक्कु प्रहार गरेर हत्या गर्यो । यति सानो कुरामा त्यस्तो घटना घट्यो । त्यसको कारण  यति सानो हुन्छ कि मनुष्य अलिकति पनि ध्यान दिएमा त्यस्तो भयंकर परिणामहरुबाट बचाउन सकिन्थ्यो । घरमा  खाना खाने बेला केही चित्त नबुझ्दा थाल  फाल्ने, कपडा च्यात्ने, बालबालिकालाई पिट्ने, महिलाहरुलाई मारपिट गर्ने ,धम्कयाउने जस्ता दृश्य जुन देखिने गर्दछन त्यसले मानव स्वाभावका सानासाना गल्तीकम्जोरी र भूलहरु भन्दा अन्य केहि होइनन ।

घरेलु र सामाजिक व्यवस्थालाई सूचारु गरिराख्नका लागि यो अत्यन्त आवश्यक छ कि क्रोधको विनाशक परिणामहरुलाई ध्यान दिइयोस् र त्यसको उन्मूलन लागि संम्पूर्ण शक्ति लगाएर प्रयत्न गरियोस् । यसबाट सदैब हानी नै हुन्छ । प्राय: देखिन्छ कि क्रोधको कारण हतार हो । कुनै वस्तु प्राप्त गर्ने या इच्छापूर्तिमा केहि विलंव भएमा मानिसमा क्रोध उत्पन्न हुनजान्छ । यसैले आफ्नो स्वभावमा धैर्य र सन्तोषलाई विकास गर्नुपर्दछ । भूमिका कस्तो रह्ये भनेर आत्मा समिक्षा गर्नु पर्छ

जब कुनै कार्य गलत हुन गयो या कुनै हानी हुन गयो भने त्यसलाई सम्झेर तुरुन्त प्रतिक्रिया दिने नगरौ । गंभिरतापूर्वक सोचौ कि यो सबै के कारणले भयो ? तपाईले निर्णय गर्ने समय बुद्धिमा पर्याप्त उदारता निर्माण गर्नुपर्छ । यसबाट तपाईलाई ठुला शान्ती मिल्नेछ । यदि कुनै अर्को व्यक्ति तपाईलाई अपशब्द या दुर्बचन बोल्छ भने तपाई यो सम्झेर कि त्यो व्यक्ति मूर्ख हो ,कहि पनि नबोलौ, मौनव्रत लिनुहोस । यसबाट तपाई अकारण उत्तेजित पनि हुनुहुन्न न काई अप्रत्याशित घटना पनि घट्दैन । मनमनै सामुन्नेवालाको बेबकुफीमा मुस्कुराई दिनुहोस,  देखिनुहोस कि तपाईको जीउमा अलिकति पनि दु:ख आउनेछैन ।

एक गिलास चिसो पानी पिएर आफ्नो क्रोध शांन्त गर्ने विद्या पनि धेरै उत्तम छ । क्रोध आए भने केहि समय पछिका लागि त्यस स्थानबाट हट्नुहोस् । कुनै शितल बगैचामा घुम्नुहोस् । एक अत्यन्त सरल उपाय यो  पनि हो कि तपाईले आफ्नो प्रियजनका साथ बसेर केहिबेर स्नेहपूर्ण कुरा गरेर तिनीहरुको सहानुभूति प्राप्त गर्ने प्रयत्न गर्नुहोस् ।

क्रोधको एक कारण असात्विक आहार पनि हुन्छ ।  जस्तो खायो अन्न उस्तै बन्यो मनभन्ने भनाई पनि सर्वविदितै छ । धेरै अमिलो पिरो चिल्लो मशालादार, बासी सडेगलेको,ढुसी परेको भोजन मानसिक विकार उत्पन्न गर्दछ । अमिलोपिरो, मशालेदार खाने अधिकांश मानिस क्रोधी र छिङ्गाईबिच्छाई अर्थात चिडचिडापन धेरै गर्ने स्वाभावका हुन्छन । यसैले जे पनि आहारा हामी ग्रहण गर्दछौ त्यसमा सात्विकताको पूर्ण स्थान बनाइनुपर्छ । भोजन गर्ने समय धेरै खुसी हुनु पर्दछ । परमात्माको प्रसाद मानेर आहार ग्रहण गर्नाले जस्तो सुकै रुखोसुखो आहार छ, त्यहि चरम संस्कारवान र पुष्टिदायक बन्न जान्छ । कुकुरमो जस्तै गरि भोजन गर्नु एक ठुलो दुर्गुण हो । असंतोषी भएर रिसाएर चिच्याएर बेखुसी भएर भोजन गर्नु एक ठुलो दुर्गुण हो । यसबाट आहारको सात्विक लक्ष्य पुरा हुन सक्दैन । त्यो चाहे जति नै पुष्टिदायक किन न होस त्यसबाट जीवन तत्व प्राप्त हुदैन ।

कदमकदाचित तपाईलाई क्रोध आउँछ नै भने पनि एक अर्को प्रयोग गर्नुहोस् । जब क्रोध आयो चुपचाप आफ्नो कोठामा  जानुहोस  र एक स्वच्छ सफा शिसा लिएर त्यसमा आफ्नो आकृति हेर्नहोस । अनुभव गर्नुहोस कि क्रोधको कारण तपाईको मुखमा जे भएको थियो त्यस धेरै शिथिलता आइसकेको छ । सबै सन्दर्य गैसकको छ । मुख फिका भएको छ । अब थोरै पानी लिएर मुख धोएर तौलियाले मुख सफा गर्नुहोस र  फेरी शीशाका अगाडी उभिनुहोस । हेर्नुहोस तपाईले आफ्नो सुन्दरता  फेरि प्राप्त गरिसक्नु भएको छ । अब अलिकति मुस्कुराउनुहोस् । तपाईलाई प्रसन्नता मिल्नेछ । दोस्रो पटक कुनै घटना घट्छ भने तपाईलाई आजको सौन्दर्यमा जो कमी देखिएको थियो त्यो एकदम याद आउनेछ र तपाई क्रोध गर्नबाट बच्नुहुनेछ ।

मिठो शब्दमा त्यो शक्ति हुन्छ जो धेरै जिद्दी तथा रिसाहा स्वाभावको व्यक्तिलाई पनि नम्र बनाउँछ । प्रेम र नम्रताका साथ कुरा गर्दा पनि क्रोध देखाउने व्यक्तिको हृदयको कोमलता जाग्रत हुन्छ । केहि दिन क्रोध गर्ने व्यक्तिलाई संस्पर्श निरन्तर प्राप्त भैरहेमा भने क्रोधबाट जागिने उनलाई पनि अभ्यास हुनजान्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

नेपाली सेनाको गौरवमय इतिहास

नेपाली सेनाको गौरवमय इतिहास डा. प्रेमसिंह बस्न्यात मलाउ किल्ला  । यहाँ डेभिड अक्टरलोनीको नेतृत्वमा युद्ध भएको थियो । यही किल्ला नजिक सरदार भक्ति

महालय-सोह्र श्राद्ध: भ्रम र यथार्थ

महालय-सोह्र श्राद्ध: भ्रम र यथार्थ प्रेमनारायण भुसाल सनातन पद्धतिमा मातापिता र गुरुलाई निकै आदर गरिन्छ। पितृको सेवा गर्नु, सन्तानको परम् कर्तव्य

योगी नरहरिनाथ, वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् योगी आजीवन अन्वेषक

योगी नरहरिनाथ योगी नरहरिनाथ (१९७१-२०५९) नेपालका एक अध्यात्मिक व्यक्ति थिए। उनी नेपालका उद्भट आध्यात्मिक व्यक्तित्वका रूपमा परिचित छन्। वेद,