प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता: द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रुपमा छलफल

क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति

 

काठमाडौ, असोज ६ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीन फिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ।  चीनको साताव्यापी भ्रमणका लागि शनिबार चीनको हाङ्जाओ आइपुग्नु भएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रुपमा छलफल गर्नुभएको हो। 

वार्तामा दुबै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति भएको छ।

यसैगरी दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो। 

उहाँका अनुसार राष्ट्रपति सीले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिनुभएको छ। प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरुपमा गरेर एक घण्टा लामो वार्ता भएको हो। 

https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/Politician/Ministers/pm-prachanda-meeting-china-president-xi.jpg
भेटमा राष्ट्रपति सीले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठुलो र सानो देशको कुनै भेदबिना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्नुभएको छ। उहाँले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। 

प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्त्वपूर्ण रहेको बताउनुभएको छ। 

उहाँले नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता व्यवहारबाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट« नीति अंगिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पार्नुभयो। 

प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको वेल्ट एण्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकको स्मरण गर्नुभयो। चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षा प्रधानमन्त्री प्रचण्डले गर्नुभएको छ। 

राष्ट्रपति सीले प्रधानमन्त्री प्रचण्डसँगका यसअघिका भेटहरुको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एशियाबाट पहिलो नेताका रुपमा चीनमा स्वागत गरेको स्मरण गर्नुभयो। उहाँले यस किसिमका छलफलले दुई देशबीचका सम्बन्ध र विश्वासलाई अझ सुदृढ गर्ने बताउनुभयो । 

https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/General/photo33.jpg
 

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर न्यूयोर्कबाट चीन आइपुग्नुभएको हो। प्रधानमन्त्रीको भ्रमण दलमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउद र अन्य सदस्य सहभागी हुनुहुन्छ।

सीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्ड  चीनको राजधानी बेइजिङ आउनुहुने छ। बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम छ। 

उक्त भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुहुनेछ। सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनुहुनेछ।  

https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/General/press12.jpg

यस भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्नुहुने कार्यसूची छ। 
 

यसैगरी उहाँले चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन-नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नुहुने छ। सम्मेलनमा सहभागिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायी चीन आइपुग्नुभएको छ। प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमासमेत जानुहुने छ। तिब्बतमा रहँदा पनि उहाँले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/Politician/Ministers/china-meeting.jpg
 

प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्किने कार्यक्रम रहेको छ। 

https://assets-cdn-api.kantipurdaily.com/thumb.php?src=https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2023/third-party/prachanda-2392023114859-1000x0.jpg&w=1000&h=0

शनिबार चीनको हाङचउ विमानस्थलमा प्रधानमन्त्री दाहाललाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत दुई देशका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति थियो 

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर शनिबार अमेरिकाको न्युयोर्कबाट चीन पुगेका थिए । प्रधानमन्त्री दाहाल चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए । उनी हाङचउमा आयोजित १९औं एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् 

आइतबार प्रधानमन्त्री दाहाल चीनको राजधानी बेइजिङ जाने छन् । बेइजिङमा उनले सोमबार आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्न कार्यक्रम छ । त्यसैगरी राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन् । यसैगरी चीनमा रहेको नेपाली राजदूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुका साथै चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ प्रधानमन्त्री दाहालले मंगलबार चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुका साथै त्यसपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित शुक्रबार नेपाल फर्कने कार्यक्रम छ 

 

प्रतिकृया दिनुहोस

नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौ, असोज ८ - नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र उहाँका चिनियाँ समकक्षी लि

राजनेता सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि: दुई छोराले दिए दागबत्ती

काठमाडौं, भदौ २८- राजनेता सुवासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।  नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका

पूर्वसभामुख सुवास नेम्वाङको निधन: प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त (फोटो फिचर)

प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली (फोटो फिचर) ललितपुर, भदौ २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’