सिडीसी डोटीद्वारा विद्यालय स्वास्थ्य तथा जेसी GESI उत्तरदायी शिक्षण सम्बन्धी तालिमको आयोजना

विद्यालय स्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरण (GESI) लाई प्रवर्द्धन गर्ने उद्देश्य

सिडीसी डोटीद्वारा  विद्यालय स्वास्थ्य तथा जेसी GESI उत्तरदायी शिक्षण सम्बन्धी तालिमको आयोजना

कैलाशमाडौ,११,चैत्र- बाजुरा जिल्लाको त्रिवेणि नगरपालिका ७ कैलाशमाण्डौ डाँडामा विद्यालय स्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरण (GESI) लाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको एक दिने तालिम  सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय निकाय, बिभिन्न विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तालिममा विद्यालय स्वास्थ्य तथा सरसफाइका आधारभूत पक्षहरू, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माण, लैङ्गिक समानता, बालमैत्री व्यवहार, तथा GESI उत्तरदायी शिक्षण अभ्यासका विषयमा विस्तृत प्रस्तुति दिइएको थियो। साथै सहभागीहरूबीच अनुभव आदानप्रदान, समूहगत छलफल तथा व्यवहारिक अभ्यास समेत गरिएको थियो

कार्यक्रमका सहभागीहरूले विद्यालयमा सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा लागू गर्दै स्वास्थ्य, सरसफाइ र समावेशी शिक्षणलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले यस्ता तालिमले विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन । सहभागिहरुले विद्यालयमा विद्यार्थीहरुसंग यस्तो कार्यक्रम भएमा अझ प्रभावकारी हुने अपेक्षा गरेका छन ।

कार्यक्रमको आयोजना सामुदायिक विकास केन्द्र (CDC) डोटीले गरेको थियो । यस तालिमले विद्यालय तहमा स्वास्थ्यसम्बन्धी व्यवहार सुधार गर्न, लैङ्गिक समानता प्रवर्द्धन गर्न तथा सबैका लागि समावेशी र गुणस्तरीय शिक्षण वातावरण निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। सामुदायिक विकास केन्द्र (CDC) डोटीका फिल्ड सुपरभाइजर शेर बहादुर देउवाले गरेका थिए ।

GIZ को आर्थिक सहयोग र त्रिवेणी नगरपालिकाको सहकार्यमा सामुदायिक विकास केन्द्र डोटी द्धारा संचालित S2GESI कार्यक्रम  २०८२ कार्तिक देखी त्रिवेणी नगरपालिकामा लागु भएको हो । कार्यक्रम त्रिवेणी नगरपालिकामा वडा नं २, , ७ र ८ मा यो कार्यक्रम संचालन भइरहेको छ । कार्यक्रमको लैङ्गिक रुपान्तरण मार्फत समुदाय शसक्तिकरण गर्ने उद्देश्य रहेको छ । कार्यक्रमबाट विशेषगरी स्वास्थ्यमा पहुँच नपुगेका लक्षित समूहलाई समुदाय, वडा स्तरका कार्यक्रममा GESI को दृष्टिकोणबाट सामाजिक शसक्तिकरण गराउने लक्ष्य लिएको छ ।

 

 

प्रतिकृया दिनुहोस

युरोपेली च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्यो

च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्यो फिफा विश्वकप २०२६ को फाइनल

त्रिवेणी बाजुरामा महायज्ञको जगमा अनाथको भविष्य: तोली देवलडाँडा माविले सुरु गर्‍यो देशकै नमुना आवासीय अभियान

त्रिवेणी बाजुरामा महायज्ञको जगमा अनाथको भविष्य: तोली देवलडाँडा माविले सुरु गर्‍यो देशकै नमुना आवासीय अभियान बाजुरा, ५ असार २०८३ -दुर्गम पहाडी जिल्ला

ने वि संघका केन्द्रिय सदस्य स्वर्गीय खडकअयडीको पार्थिव शरीरमा ६ बर्षिय छोरा रिदम अयडीले दागबत्ती दिए, बाजुराको सेराबगरमा अन्त्यष्टि कर्म सम्पन्न

कैलाशमाडौ,बाजुरा-   नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य स्वर्गीय खडकबहादुर अयडीको पार्थिव शरीरमा  बाजुराको शेराबगर स्थित बुढीगंगा