ने वि संघका केन्द्रिय सदस्य स्वर्गीय खडकअयडीको पार्थिव शरीरमा ६ बर्षिय छोरा रिदम अयडीले दागबत्ती दिए, बाजुराको सेराबगरमा अन्त्यष्टि कर्म सम्पन्न

६ बर्षिय छोरा रिदम अयडीले स्वर्गीय अयडीको प्राथिव शरीरमा दागबत्ती दिए

कैलाशमाडौ,बाजुरा-   नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य स्वर्गीय खडकबहादुर अयडीको पार्थिव शरीरमा  बाजुराको शेराबगर स्थित बुढीगंगा नदीकिनारामा रहेको शश्मशानघाटमा ६ बर्षिय छोरा रिदम अयडीले दागबत्ती दिदै अन्त्यष्टि गरियो । स्वर्गीय  अयडीको पार्थिव शरिरमा ६ बर्षिय छोराले दागबत्ती दिएको दृश्य अति मार्मिक र कहाली लाग्दो थियो । ६ बर्षिय छोराले पार्थिक शरीरमा दागबत्ती दिएसंगै निजका माहिलो भाइ नरेश अयडी र कान्छो भाइ पदम अयडी समेतले दातबत्ती दिएसंगै निजको स्व: अयडीको भौतिक शरीर आगोमा समाहित हुन गएको हो । स्वर्गीय  अयडीको शबयात्रा  निवासबाट शोकबाजा सहित शेराबगरमा सम्पन्न भएको थियो । स्व: अयडीलाई सेरा बगरमा उपस्थित मलामीहरु लगायत नातेदार र शुभचिन्तकहरुले अन्तिम श्रद्वान्जली दिइएको थियो । निजको निधनमा स्थानीय बासिन्दा अत्यन्त दुखीत, अति शोकाकोल भएर वातावरण असज भएपछि  शबयात्रा छिटो छिटो अगाडी बढाइएको थियो । स्वर्गीय खडकबहादुर अयडीप्रति श्रद्वान्जली र  शोक व्यक्त गर्न,  शोकसन्तप्त परिवारका सदस्यलाई भेटघाट गर्न १० दिनसम्म त्रिवेणी नगरपालिका वडा नं ७  धामीबाडा बाजुरा स्थित क्रियापुत्रीघर र त्यसपछि निजको निवासस्थान तोकिएको जानकारी दिइएको छ । स्वर्गीय खडकबहादुर अयडीको क्रियाकाजकर्म ६ बर्षिय छोरा रिदम अयडी र दुइ भाइद्वारा सम्पन्न हुने जानकारी  दिइएको छ ।   १० दिनमा छोप्लो फाल्ने, ११ दिनमा गडकर्म गरि १३ दिन क्रियाकाजकर्म सम्पन्न गरिने  कार्यक्रम रहेको छ ।

​

​

​

 

​ ​

​ ​

​  ​ ​​ ​ ​  ​ ​निजको  उपचाररत रहेको अवस्थामा बैशाख ७ गते साँझ ४ बजे अयडीको निधन भएको थियो ।स्वर्गीय खडकबहादुर अयडीको आज बैशाख ९ दिउसो पवित्र बुढीगंगा नदीको किनारा सेराबगरमा अन्तत्यष्टी गरिने कार्यक्म तय भएकोमा हिजो तय गरिएको समय भन्दा १ घण्टा अगाडि नै शबयात्रा सेराबगर पुग्ने गरि कार्यक्रम अघि बढेको थियो। स्वर्गीय खडकबहादुर अयडीलाई बैशाख ९ गते बिहान ९ बजेसम्म निजको निवास स्थान श्रद्वान्जली दिदै करिब पौने १० बजेदेखि शबयात्रा  शुरु गरिएको मा करिब २ घण्टा पछि बाजुराको पवित्र चिहानघाट सेराबगरमा अन्तिम श्रद्वान्जली दिने कार्यक्रम गरि पार्थिव शरीरमा दागबत्ती दिएर पार्थिव शरीर सेलाउने कार्यक्रम सम्पन्न गरियो।यस अघि तय गरिएको कार्यक्रममा शोकमय स्थानीयको अवस्थालाई ध्यान दियर शबयात्रा छिटो शुरु गरि जति सक्यो चाडी सेरा बगर पुर्याउने गरी शबयात्रा अघि बढाइएको हो ।

 ​सेती प्रादेशिक अस्पतालमा  बैशाख ८ गते बिहान १० बजेतिर पोष्टमार्टम गरेपछि शबबहान मार्फत स्वर्गीय अयडीको लास त्रिवेणी नगरपालिका वडा नं ७,धामीबाडा,बाजुरा स्थित उहाँको निवास तर्फ ल्याइएको थियो।स्वर्गीय अयडीको लाश आज बैशाख ८ गते राती करिब १  बजे त्रिवेणी वडा नं ७,धामीबाडा, बाजुरा स्थित निजको निवासमा पुर्याइएको थियो ।मृतक अयडी बाजुराको सदरमुकाम मार्तडीमा बैशाख ४ गते बेलुकि त्रिवेणी नगरपालिका,बाजुराका राष्ट्रपति रनिङ्शिल्डमा सहभागि खेलाडीको विवरण बुझाउने र बसाई व्यवस्थापन गर्ने कार्यका लागि बाजुराको सदरमुकाम मार्तडी प्रस्थान गरेका थिए । अयडीलाई मार्तडीबाट फर्कनेक्रममा मोटरसाइकल दुर्घटना भएर सडकबाट करिब करीब २० मीटर तल उछिट्टिएर पक्की सडकमा बजारिएर टाएकोमा गंभिर चोट लागेको थियो । अयडीलाई जिल्ला  प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरीहरुले सडकमा सख्त घाइते अवस्थामा  भेटेपछि तुरन्त उद्दार गरेर जिल्ला अस्पताल मार्तडी पुर्याएर उपचार गराइएको थिए ।मार्तडीमा उपचार संभव नभए पछि रातीसम्म एयर एब्बुलेन्स झिकाउने प्रयास गरिए पनि कतैबाट पनि एयर एब्बुलेन्स उपलब्ध हुन सकेन । त्यसपछि जिल्ला अस्पताल मार्तडीबाट राती १० बजे डडेल्धुरा अस्पतालमा  रिफर गरेको थियो ।तर गंभिर  घाइते र अचेत अवस्थाका अयडीको तुरुन्त थप  उपचार गर्न लैजान बाजुराको सदरमुकाम मार्तडीमा एब्बुलेन्स उपलब्ध भएन । राती ९ बजे खप्तडछेडेदह गाउँपालिकाको एब्बुलेन्सबाट मध्ये राती डडेल्धुरा अस्पताल पुर्याइएको थियो । डडेल्धुरा अस्पतालमा पनि भेन्टीलेटर सहित सिटी स्क्यान र बिशेषज्ञ चिकित्सक उपलब्ध नभए पछि डडेल्धुरा अस्पतालले धनगढी लैजान सुझाव  दियर धनगढी लगियो । अयडीलाई  दुर्घटना भएको १५ घण्टा पछि ढिलो गरेर मात्र निसर्ग अस्पताल धनगढीमा भर्ना गरिएको थियो । टाउकोको  गंभिर चोटका कारण दिमाकमा रगत जम्न  नदिन लगभग ५ घण्टा भित्र शल्यक्रिया गरिसक्नु पर्ने अवस्था थियो । पाँच घण्टाभित्र शल्यक्रिया हुन नसकेपछि १५ घण्टा पछि गंभिर अवस्थाका अयडीको दिमागमा रगत जमेर दिमागको सुजन र नसा सुक्ने समस्या सृजना भएकोले अयडी जीवनमरणको दोसाधमा पुगेका थिए । समयमा उपयुक्त उपचार नपाएका कारण अयडीले ज्यान गुमाउन पुगेको कुरा मदन अयडीले बताए।​

अयडी त्रिवेणी नगरपालिकाद्वारा गठित खेलकुद विकास समितिको संयोजक,कैलाश्वरी माध्यमिक विद्यालय, दम्था बाजुराको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कैलाशमाडौ स्वास्थ्य च‌ौकी व्यवस्थापन समितका सदस्य, नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य,त्रिवेणी संचार सहकारी संस्था,गांमिण बचत तथा ऋण सहकारी संस्था,मालागाड जलविद्युत सहकारी संस्थाको पदाधिकारी  रहेको परिवार स्रोतले जनाएको छ ।स्वर्गीय  अयडी बाजुराको सबैका प्रिय, परोपकारी, विकासप्रेमी र समाजसेवी  युवाका रुपमा परिचित छन । स्वर्गीय अयडीले धेरै सयम रेडियो बडीमालिकामा  रेडियोलाई दिने गरेका थिए । बाँच्ने संभावन न्युन देखिए पछि फेरि    धनगढी निसर्ग अस्पातालबाट बैशाख ६ गते साँझ सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । तर सेती प्रादेशिक अस्पतालमा  बैशाख ७ गते साँझसम्म आइसियुमा बेड नपाएर इमेरजेन्सी वार्डमै अचेत र गंभिर घाइते अवस्थाका अयडीको निधन भएको हो ।

 ​सामान्य कृषक परिवारमा जन्मेका अयडीको आमा समेतको केहि बर्ष अघि देहावसान भएको थियो । केहि वर्ष अगाडि अयडीको छोरीको पनि भारतको दिल्लीमा लामो उपचार गराउदा  स्वर्गीय अयडी आर्थिक  मारमा परेका थिए । हाल अयडीको उपचारमा खर्च भएको रकम दाताहरुबाट उठेका छ । तर स्वर्गीय अयडीको परिवार भने    आर्थिक अभावमै गुर्जिरहेकोले सबैको सहयोगको  आवश्कयता देखिएको छ ।

त्रिवेणी नगरपालिका वडा नं. ७ धामिवाडा, बाजुरा घर भएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा त्रिवेणी नगरपालिका खेलकुद संयोजक खडक बहादुर अयडीको देहावसानबाटले निजको गृह जिल्ला शोकमा डुबेको छ  । नेपाली काग्रेस, नेपाल बिद्यार्थी संघ लगायत उनि संलग्न धेरै जसो संघसंस्था अभिभावक विहिन जस्तै बनेका छन ।   अयडीको निधनमा नेपाली काग्रेस केन्द्रिय कार्यालय, नेपाली काग्रेस बाजुरा, नेपाली काग्रेस त्रिवेणी नगरकमिटी, नेपाल बिद्यार्थी संघ केन्द्रिय कार्यालय, नेपाली काग्रेस बाजुरा काठमाडौ सम्पर्क समिति, रेडियो बडीमालिका, कैलाश्वरी माध्यिमक विद्यालय लगायतका थुप्रै संस्थाहरुले शोक र भावपूर्ण श्रद्वान्जली  गरेका छन । साल वैशाख ४ गते खेलकुद सम्बन्धी काम सकेर घर फर्किने क्रममा बाजुरा जिल्लाको सदरमुकाम मार्तडी नजिकै मोटरसाइकल दुर्घटना परेर गम्भीर घाइते भई  अचेत अवस्थामै समयमा उपचार हुन नपाएर  अस्पतालको बेडमै देह त्याग गर्ने अवस्थाले देशको कम्जोर स्वास्थ्य अवस्थालाई क्रान्तिकारी सुधार गर्नु पर्ने आवश्यकता देखिएको छ ।यस कठिन परिस्थितिमा स्वर्गीय अयडीको परिवारलाई  सबैमा सहयोगका लागि अनुरोध गरिएको छ । सहयोग गर्न चाहाने सबै सहयोगी मनहरूलाई आर्थिक सहयोगको अपिल गरिएको छ। सहयोग रकम निजका सहोदर भाइ नरेशबहादुर अयडी अयडी QR Codeप्रयोग गरेर जम्मा गर्न सकिन्छ ।

 ​ 

​ ​ ​ ​​ ​ 

 

प्रतिकृया दिनुहोस

रास्वपा(बालेन्द्र) सरकारको क्रान्तिकारी निर्णय: मालपोत र नापी कार्यालयका सेवाहरू देशभरका सबै ७ सय ५३ वटै स्थानीय तहबाट प्रवाह गरिने

मालपोत र नापी कार्यालयका सेवाहरू देशभरका सबै ७सय ५३ वटै स्थानीय तहबाट प्रवाह गरिने र‍ेडियो बडीमालिका

नेपाली सेना: दैविक प्रकोप उद्धारमा विश्वकै नमुना, साहसिक र  सर्बोत्कृष्ट सेना

नेपाली सेना: दैविक प्रकोप उद्धारमा विश्वकै नमुना साहसिक  सर्बोत्कृष्ट सेना बाजुरा-हिमाल, पहाड र तराईको कठिन भौगोलिक बनावट, जलवायु परिवर्तनको उच्च

युरोपेली च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्यो

च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्यो फिफा विश्वकप २०२६ को फाइनल

↑