बाजुरामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा संचालन

परीक्षामा नरसिह माध्यमिक विद्यालका छात्र प्रवेशराज गिरीले प्रथम, सोहि विद्यालयका पंकज थापाले दोस्रो र रत्न माध्यमिक विद्यालयका छात्र कमल थापाले तेस्रो स्थान हासिल गरे

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा संचालन

-भावना बुढा

त्रिवेणी,कैलाशमाडौ,बाजुरा,फागुन,११ गते-        बाजुरा जिल्ला त्रिवेणी नगरपालिकामा  स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा संचालन गरिएको  छ । परीक्षामा नरसिह माध्यमिक विद्यालका छात्र प्रवेशराज गिरीले प्रथम, सोहि विद्यालयका पंकज थापाले दोस्रो र रत्न माध्यमिक विद्यालयका छात्र कमल थापाले तेस्रो स्थान हासिल गरेका थिए ।

  बाजुराको त्रिवेणी नगरपालिकाका सात वटा विद्यालय सम्मिलित उक्त परीक्षा संचालन कार्यक्रमका प्रमुख अतिथि डा. रामृष्ण तिमल्सेनाले शिक्षा व्यवस्थामा आफ्नो शाश्वत धर्म, संस्कृति, नीति एवं राष्टियतालाई प्रमुख स्थान दिन आवश्यक छ र ज्ञान विज्ञानका क्षेत्रमा मानवताको विकासका लागि हाम्रा पूर्वजहरुको योगदानबारेमा भावि पूस्तालाई दिन जरुरी रहेको कुरामा जोड दिनुभयो । उहाँले परीक्षाले सुसंस्कृत समाज र सुसंस्कृत नेपाल बनाउने अभियानमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

परीक्षा संचालन गर्नु अघि आयोजित कार्यक्रममा त्रिवेणी नगरपालिका प्रमुख कर्णतबहादुरर थापा, हिन्दू स्वयंसेवक संघ नेपालका सहप्रचारक रेवतीकुमार, हिन्दु स्वयंसेवक संघका राष्ट्रिष सचिव प्रतावसिह बुढा, हिन्दु स्वयंसेवक संघका केन्द्रिय सदस्य हृकेस बिष्ट, त्रिवेणी वडा नं ९का वडा अध्यक्ष नन्द थापा, नेपाल शिक्षक संघका अध्यक्ष प्रेमराज पाध्याय,  विब्यस अध्यक्ष सुरेन्द्रराज गिरी लगायत प्रधानाध्यापक,अभिभावक , शिक्षक र विद्यार्थीको उपस्थिति रहेको सो कार्यक्रम रत्न मा वि सेफिफाल आयोजना गरिएको हो ।

धर्म, नैतिकता तथा संस्कृत शिक्षाको ज्ञान गराई विद्यार्थीहरुलाई शिक्षित गराउन समाजलाई ज्ञान एवं विज्ञानमय बनाउने उद्देश्यका साथ सो परीक्षा आयोजन गरेको हिन्दू संवयंसेवक संघका संयोजक देवेन्द्रबहादुर थापाले बतानु भयो ।  बाजुरामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाको संयोजन हिन्दू संवयंसेवक संघ बाजुराका संयोजक देवेन्द्रबहादुर थापाले गर्नुभएको हो ।

परीक्षामा सहभागि विद्यार्थी विवरण

विद्यालय

सहभागि विद्यार्थी संख्या

नतिजा

नरसिह माध्यमिक विद्यालय

४५

प्रथम र दोस्री

रत्न माध्यमि विद्यालय

९०

तेस्रो

नवदुर्गाभवानी आधारभूत विद्यालय

४५

 

पार्वती माध्यमिक विद्यालय पैमा

२८

 

खिन्नेसत्यदेवी आधारभूत विद्यालय

२१

 

कैलाशश्वरी माध्यमिक विद्यालय

१५

 

नाटेश्वरी आधारभूत विद्यालय

१०

 

जम्मा विद्यार्थी

२५४

 

हिन्दू संवयंसेवक संघ बाजुराका संयोजक देवेन्द्रबहादुर थापाका अनुसार

नेपालमा विवेकानन्द संस्कृति ज्ञान परीक्षा (Vivekananda Cultural Knowledge Exam) एक लोकप्रिय परीक्षा हो  । यो परीक्षा विद्यार्थीहरूलाई  नेपालको संस्कृति, दर्शन, इतिहास, र सामाजिक ज्ञानको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिन्छ। यो परीक्षा हिन्दू संवयंसेवक संघद्वारा आयोजित गरिएको हो ।

परीक्षाको उद्देश्य:

विद्यार्थीहरूलाई नेपालको संस्कृति, दर्शन, र इतिहासको बारेमा ज्ञान दिनु।

युवाहरूलाई नैतिकता, मानवता, र राष्ट्रप्रेमको शिक्षा दिनु।

परीक्षाको विषयवस्तु:

नेपालको संस्कृति र दर्शन

हिन्दु धर्म र अन्य धर्महरू

नेपालको इतिहास र स्वतन्त्रता

सामाजिक र नैतिक मूल्यहरू

परीक्षाको महत्व:

यो परीक्षा विद्यार्थीहरूलाई संस्कृति र दर्शनको बारेमा गहिरो ज्ञान प्रदान गर्दछ। परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्रहरू प्रदान गरिन्छ। यसले विद्यार्थीहरूलाई नैतिक र सामाजिक दायित्वको बारेमा जागरूक बनाउँदछ।

बाजुरामा यो परीक्षा पहिलो पटक  बाजुराका त्रिवेणी नगरपालिकाका विद्यालयहरूमा आयोजित गरिएको हो । विद्यार्थीहरूले यसमा सहभागी हुन सक्छन्। यो परीक्षाले विद्यार्थीहरूलाई समाजमा सकारात्मक योगदान दिने प्रेरणा पनि दिन्छ।

 

प्रतिकृया दिनुहोस

बाजुराको मालाकोटमा क्यान्सर पिडित आमाको मृत्युपछि टुहुरा बनेका तीन भाइलाई सहयोगका लागि अनुरोध

  -खेम मिजार बाजुरा- बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७, मालाकोट गाउँमा आमाको मृत्यु भएपछि टुहुरा बनेका तीन दाजुभाइलाई   सहयोग गरि दिन

मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न मिल्दैन:  प्रधानमन्त्री ‌ओली

मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न मिल्दैन:  प्रधानमन्त्री ‌ओली काठमाडौं, फागुन १३ गते - प्रधानमन्त्री ओलीले

बाजुराका नौ स्थानीय तह मध्ये संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा  बुढिगंगा नगरपालिका प्रथम

बाजुरा जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा  बुढिगंगा नगरपालिका प्रथम -नविन अयडी त्रिवेणी,कैलाशमाडौ,बाजुरा,