बाजुराको मालाकोटमा क्यान्सर पिडित आमाको मृत्युपछि टुहुरा बनेका तीन भाइलाई सहयोगका लागि अनुरोध
४५ वर्षीया रङ्गीदेवी मिजारको क्यान्सर रोगका कारण असामयिक निधन
-खेम मिजार
बाजुरा- बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७, मालाकोट गाउँमा आमाको मृत्यु भएपछि टुहुरा बनेका तीन दाजुभाइलाई सहयोग गरि दिन सबैलाई अनुरोध गरिएको छ । ४५ वर्षीया रङ्गीदेवी मिजारको क्यान्सर रोगका कारण असामयिक निधन भएपछि उनका तीन नाबालक छोराहरू बिचल्लीमा परेका छन्। विपन्न परिवारकी मिजारले मजदुरी गरेर छोराछोरीको लालनपालन गर्दै आएकी थिइन्।
आमाको निधनपछि उनीहरूलाई आर्थिक संकट झेल्नुपरेको छ। ति तिन दाजुभाइलाई स्थानीय समाजसेवी एवं पेशाले इञ्जिनियर नवीन साउदले ५० किलो चामल, एक पोका नुन, दुई पोका खाने तेल, नुहाउने तथा लुगा धुने साबुन, फलफूल, र नगद रु ५,८८० सहयोगस्वरूप उपलब्ध गराएका छन्। उक्त सामग्री वडा अध्यक्ष जुद्ध बहादुर अयडीको बाहुलीबाट हस्तान्तरण गरिएको हो।त्यस्तै, वडा अध्यक्ष अयडीले थप रु १,००० नगद तथा रु ५,००० बराबरको भाँडाकुँडा र लत्ताकपडा प्रदान गरेका छन्। साथै, स्थानीय कर्णबहादुर अयडीले पनि रु ५०० नगद प्रदान गर्दै सहयोगको प्रतिबद्धता जनाएका छन्।मिजारका नाबालक छोराहरूको भविष्य सुरक्षित गर्न थप सहयोग आवश्यक भएकाले अन्य व्यक्ति तथा संघसंस्थालाई समेत सहयोगको अपिल गरिएको छ। यी टुहुरा बालबालिकालाई संरक्षण तथा आवश्यक राहतका लागि सबैको हातेमालो आवश्यक छ।
कैलाशश्वरी मावि दम्था विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खडक बहादुर अयडी र शिक्षक अभिभावक संघका अध्यक्ष कर्णबहादुर अयडीले रु ५०० नगद प्रदान गर्दै, नाबालक नितेश मिजारको कक्षा १२ सम्मको पठनपाठनको पूर्ण व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।टुहुरा बनेका बालक सुरेन्द्र मिजार, निराज मिजार र नितेश मिजार लाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ मालाकोट निवासी संगिता लुहारले रु १०,००० सहयोग गर्नु भएको छ।
मिजारको क्रिया खर्चका लागि त्रिवेणी नगरपालिका वडा नम्बर ७ पनेडी निवासी नाटेश्वरी मन्दिरका मूल पुजारी एवम् वडा नम्बर ७ का वडा सदस्य रोहिणी प्रसाद उपाध्यायले ५०० रुपैयाँ सहयोग गरेका छन्।
बाजुरा जिल्ला पत्रकार माहासंघ पुर्ब अध्यक्ष हाल सामाजिक अभियन्ता प्रकाश सिहले ५० केजी चामल २ पोका खाने तेल २पोका नुन १ केजी चिनी एकपत्ता चियापत्ती ३ केजी दाल ३ नुहाउने साबुन ३ कपडा धुने साबुन लगायत सामान राहत उपलब्ध गराएका छन । त्रिवेणी नगरपालिका वडा न ७ का पूर्व वडा अध्यक्ष प्रेमबहादुर थापाले रु २१०० सहयोग प्रदान गरेका छन ।
स्वदेश तथा विदेशबाट सहयोग जुट्दै रेडियो बडिमालिकाका समाचार प्रमुख खेमराज वि.क. र समाजसेवी योगेन्द्र अयडीको को पहलमा विभिन्न स्थानबाट आर्थिक सहयोग संकलन भइरहेको छ ।
सहयोगी गर्नेहरुमा १ भोटेकोशी गाँउपालिका वडा नम्बर ५ निवासी लाक्पा शेर्पा बाट रु १५००
२) खप्तड छेडेदह गाँउ पालिका वडा नम्बर १ निवासी केशब राज जोशी बाट रु ८००
३) त्रिवेणी नगरपालिका वडा नम्बर ०७ निवासी टेक बहादुर अयडी बाट रु ८००
४) त्रिवेणी नगरपालिका वडा नं ०७ निवासी गणेश बहादुर अयडी बाट रु ८००
५) भोटेकोशी गाँउपालिका वडा नं ०१ निवासी समाजसेवी श्री भोविन्द्र प्रधान बाट रु १०००
६) गोदावरी नगरपालिका वडा नं ०६ निवासी हाल साउदी अरेबिया बाट श्री बिरेन्द्र अयडी बाट रु ११००
७ ) कमल बजार नगरपालिका वडा नम्बर ०३ निवासी समाजसेवी श्री पुस्पा सापकोटा बाट रु ५००
८) त्रिवेणी नगरपालिका वडा नंम्बर ०८ निवासी समाजसेवी श्री पदम बहादुर बुढा बाट बाट रु ८००
९) त्रिवेणी नगरपालिका वडा नम्बर ०७ निवासी समाजसेवी श्री धर्म बहादुर अयडी बाट रु ८००
१०) त्रिवेणी नगरपालिका वडा नं ७ मुक्ति टोल निवासी समाजसेवी श्री मिलन (मोति सिंह मिजार) बाट रु २४००
११ ) त्रिवेणी नगरपालिका वडा नं ०७ मालाकोट निवासी हपघर समाजसेवी बुद्धिजीवी श्री किरण अयडी बाट रु ८००
१२) त्रिवेणी नगरपालिका वडा नं ०७ मालाकोट निवासी हपघर समाजसेवी बुद्धिजीवी श्री सुनिल अयडी बाट रु १६८०
१३) त्रिवेणी नगरपालिका वडा नं ०७ निवासी गीताश्रेष्ठ र रत्न अयडीबाबाट रु ४०००।
१४) त्रिवेणी नगरपालिका वडा न ९ पैमा निवासी पवित्रा अयडी खत्रीबाट रु २०००।
१५) ब्याङ्गलोर भारतबाट राजेन्द्र रावल र पूजा रावलबाट रु २७००।
थप सहयोगको आवश्यकता मृतक मिजारका तीन नाबालक छोराहरूको भविष्य सुरक्षित गर्न अझै धेरै सहयोग आवश्यक छ। प्रभावित परिवारलाई आर्थिक तथा अन्य आवश्यक सहयोग पुर्याउन इच्छुक व्यक्ति तथा संघसंस्थालाई सहयोगका लागि अपिल गरिन्छ।संकटमा परेका यी बालबालिकाहरूलाई सुरक्षित आवास, शिक्षादीक्षा, तथा दैनिक जीवनयापनका लागि थप सहयोगी हातहरू आवश्यक छन्। सहयोग गर्न इच्छुक महानुभावहरूले आफ्नो सहयोग स्थानीय समाजसेवी, संघसंस्था वा त्रिवेणी नगरपालिकाका सम्बन्धित निकायमार्फत प्रदान गर्न सक्नुहुन्छ।पीडित परिवारको राहत र संरक्षणका लागि सबैको हातेमालो आवश्यक छ। हामी सबै मिलेर असहाय बालबालिकाहरूको उज्ज्वल भविष्य सुनिश्चित गरौं!

मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न मिल्दैन: प्रधानमन्त्री ओली
मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न मिल्दैन: प्रधानमन्त्री ओली काठमाडौं, फागुन १३ गते - प्रधानमन्त्री ओलीले

बाजुरामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा संचालन
स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा संचालन -भावना बुढा त्रिवेणी,कैलाशमाडौ,बाजुरा,फागुन,११ गते- बाजुरा जिल्ला त्रिवेणी

बाजुराका नौ स्थानीय तह मध्ये संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा बुढिगंगा नगरपालिका प्रथम
बाजुरा जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा बुढिगंगा नगरपालिका प्रथम -नविन अयडी त्रिवेणी,कैलाशमाडौ,बाजुरा,
प्रतिकृया दिनुहोस