रारा तालकाे गहिराइ र पानी गुणस्तर सर्वेक्षण सुरु

सर्वेक्षणको लागि विभिन्न संस्थालाई जिम्मेवारी समेत दिइयो

मुगु, २४,भदौ - नेपालको सबैभन्दा ठुलो रारा (महेन्द्र) तालको गहिराइ र पानीको गुणस्तर सर्वेक्षण  सुरु भएको छ । सर्वेक्षणको लागि विभिन्न संस्थालाई जिम्मेवारी समेत दिइएको छ ।

राराको सर्वेक्षण गर्न कार्ड – ई–टु सर्भिस –जेड –जेभी प्रालि परामर्शदाता संस्थाले जिम्मेवारी पाएका हुन् । उक्त परामर्शदाता  संस्थाले रारा (महेन्द्र) तालले समेटिएको क्षेत्रफल, गहिराई, तालको पानीको गुणस्तर र तालको आसपाससम्म फैलिएको  एक सय मिटर भू–भागको पुर्णरुपमा वातावरण सम्बन्धी सर्वेक्षण गरी प्रतिवेदन तयार गरी जल तथा मौसम विज्ञान विभागमा पेस गर्ने जम्मा दिइएको छ ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार जल तथा मौसम विज्ञान विभाग काठमाडौँको टेन्डरमा सम्झौता भए अनुसार संस्थालाई जिम्मेवारी दिइएको हो । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख बद्री विनोद दाहालले रारा (महेन्द्र) तालले समेटिएको क्षेत्रफल र गहिराइको  सर्वेक्षण २०५४ सालमा पहिलो पटक सर्वेक्षण गरिएको बताउनुभयो । उक्त सर्वेक्षणमा तालको गहिराइ र तालले समेटिएको क्षेत्रफल मात्र सर्वेक्षण गरिएको उहाँको भनाई छ । 

परामर्शदाता कम्पनीका अनुसार पानीले छोएको क्षेत्र भन्दा बाहिर पर्ने चुचेमारा लेकबाट सर्वेक्षण गर्ने उद्देश्यले रारा तालको वरिपरि तीन वटा स्थायी प्वाइन्ट स्थापना गरिएको जनाएको छ । त्यसै गरी  १३ वटा अस्थायी  प्वाइन्ट स्थापना गरिएको छ । जसले गर्दा यी  प्वाइन्टबाट पुनः सर्वेक्षणको निरीक्षणमा सहज हुने उद्देश्यले स्थापना गरिएको छ । 

 इन्जिनियर राम श्रेष्ठका अनुसार रारा (महेन्द्र) तालको सर्वेक्षण नयाँ प्रविधिको माध्यमले अध्ययन गरिएको छ । पहिलो चरणमा रारा (महेन्द्र) तालको भू–अध्ययन दृष्टिकोण सम्पन्न भएका र बुधवार देखि तालको गहिराइ, लम्बाई र चौडाइको क्षेत्रफल सम्बन्धी अध्ययन गर्ने कार्य थालनी गरिने श्रेष्ठले बताउनुभयो

प्रतिकृया दिनुहोस

नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौ, असोज ८ - नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र उहाँका चिनियाँ समकक्षी लि

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता: द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रुपमा छलफल

  काठमाडौ, असोज ६ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीन फिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ।  चीनको

राजनेता सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि: दुई छोराले दिए दागबत्ती

काठमाडौं, भदौ २८- राजनेता सुवासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।  नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका