हाम्रो बारेमा

रेडियो बडीमालिका ९५.२ मेगाहर्ज

त्रिवेणी सञ्चार बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित  रेडियो बडीमालिका ९५.२ मेगाहर्ज बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ७, कैलाशमाडौं डाँडाबाट नियमित प्रसारण भैरहेको सामुदायिक रेडियो हो । सुदूरपश्चिम प्रदेश, बाजुरा जिल्ला, त्रिवेणी नगरपालिकामा अवस्थित  नेपालकै पवित्र धार्मिक स्थल बडीमालिका क्षेत्रमा  श्री त्रिवेणी संचार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो बडीमालिका ९५.२ मेगाहर्जको फ्रिक्वाइन्सी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, फ्रिक्वाइन्सी व्यवस्थापन तथा वितरण शाखाबाट  मिति २०७६ साल असार ३१ गते प्राप्त भएको जानकारी  त्रिवेणी नगरपालिका, तोली, बाजुरा मार्फत प्राप्त भएको हो  
त्यस पछि मिति २०७६ साल मंसिर २४ गते त्रिवेणी नगरपालिका तोली, बाजुरामा रेडियो बडीमालिका ९५.२ मेगाहर्ज दर्ता भई  १०० वाटको ९५.२ मेगाहर्ज फ्रिक्वाइन्सी सहीत  रेडियो बडीमालिका ९५.२ मेगाहर्ज हाल नियमित प्रसारण भैरहेको छ  । बाजुरा जिल्ला  दक्षिण पश्चिम क्षेत्रका ३ वटा नगरपालिका,  २ वटा गाउँपालिका, अछामका साँफेबगर नगरपालिका, रामारोशन गाउँपालिका, मेल्लेख गाउँपालिका,चौरपाटी गाउँपालिका लगायतका क्षेत्रहरुका बासिन्दाहरु साथै बाजुरा, अछाम, बझाङ जिल्लाका सञ्चारको  पहुँचबाट बाहिर  रहेका  क्षेत्रहरुका बासिन्दाहरुलाई सञ्चारको प्रभावकारी माध्यमका रुपमा रेडियो बडीमालिका ९५.२ मेगाहर्जले जोड्ने काम गरी रेडियो नियमित रुपमा सञ्चालन भैरहेको छ । यस रेडियोले समाचार, वैदिक सनातन धर्म अन्तरगत श्रीमद्भागवत, रामायण, पुराण, गिता, बुद्द धर्मदर्शन,     ओम शान्ति लगायतको  नेपालगंज सुसमाचार मण्डलीद्वारा प्रायोजित कार्यक्रम सुसमाचार लगायत समाचारमूलक, सचेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु नियमित प्रसारण गर्दै आइरहेको छ ।
  त्रिवेणी नगरपालिका तोली, बाजुराको सहयोगमा  सञ्चार मन्त्रालयबाट मिति २०७६ साल असार ३१ गते रेडियो फ्रिक्वाइन्सी प्राप्त भएपछि त्रिवेणी सञ्चार बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित   रेडियो बडीमालिका ९५.२ मेगाहर्जले त्रिवेणी नगरपालिकामा मिति २०७६ साल मंसिर २४गते   दर्ता प्रक्रिया पुरा गरेको हो । बाजुरा र अछाममा हाल नियमित रुपमा रेडियो  बडीमालिका ९५.२ मेगाहर्ज अन्य  रेडियो भन्दा लोकप्रिय रहेको छ । रेडियो बडीमालिका ९५.२ मेगाहर्ज बाजुराका ५ वटा पालिकाहरु, अछाम,डोटी र बझाङ्गका   केही पालिकाहरुका बासिन्दाहरु यस रेडियोबाट प्रत्यक्ष लाभान्वित भएका छन ।

त्यस पछि मिति २०७६ साल मंसिर २४ गते त्रिवेणी नगरपालिका तोली, बाजुरामा रेडियो बडीमालिका ९५.२ मेगाहर्ज दर्ता भई  १०० वाटको ९५.२ मेगाहर्ज फ्रिक्वाइन्सी सहीत  रेडियो बडीमालिका ९५.२ मेगाहर्ज नियमित प्रसारण भैरहेको छ । बाजुरा जिल्ला  दक्षिण पश्चिम क्षेत्रका ३ वटा नगरपालिका,  २ वटा गाउँपालिका, अछामका साँफेबगर नगरपालिका, रामारोशन गाउँपालिका, मेल्लेख गाउँपालिका,चौरपाटी गाउँपालिका लगायतका क्षेत्रहरुका बासिन्दाहरु साथै बाजुरा, अछाम, बझाङ जिल्लाका सञ्चारको  पहुँचबाट बाहिर  रहेका  क्षेत्रहरुका बासिन्दाहरुलाई सञ्चारको प्रभावकारी माध्यमका रुपमा रेडियो बडीमालिका ९५.२ मेगाहर्जले जोड्ने काम गरी रेडियो नियमित रुपमा सञ्चालन भैरहेको छ । यस रेडियोले समाचार, सचेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु नियमित प्रसारण गर्दै आइरहेको छ ।
 स
मुदायको सुचनामा पहुँच पुर्याउने, सुचनाको माध्यमवाट सचेत, शुसूचित र सक्रिय समाजको निर्माण गर्ने, संघ, प्रदेश सुशासन प्रति समुदायलाई आवद्ध गरी एकअर्का बिच समन्वयका लागि सहयोग गर्ने,स्थानिय समुदायमा संचालित कार्यक्रम तथा परियोजना कार्यहरुको प्रचारप्रसार गरी  पारदर्शि वनाउन सहयोग गर्ने, लोकतन्त्र, सुशासन र मानवअधिकारको पैरवी  गर्ने, शिक्षा, स्वास्थ्य कृषि, पर्यटन, सहकारी र आर्थिक क्षेत्रको विकासका लागि सहयोग पुर्याउनेवातावरणीय परीवर्तन र उत्थानशीलता सम्बन्धी ज्ञानको प्रचारप्रसार गर्ने, विपदजोखिम न्युनीकरण सम्बन्धी सचेतना फैलाउने ,धर्म,संस्कृती जीवनजगतका बारेमा ज्ञान र जानकारी दिई व्यक्तीमा सद्चरीत्रको निर्माण  स्थानिय सरकार,शैक्षिक गुणस्तर अभिबृद्दी गर्ने, सरोकारवाला तथा विकास साझेदार निकाय बिच विकास र  निर्माण  गर्ने खालका कार्यक्रमबाट स्रोताहरु लाभान्वित भएका छन 
बाजुराका कुडा बेल्टमा र आसपासका जिल्लामा  रेडियो सिङ्गनल कमजोर रहेकोले त्यस क्षेत्र लगायत अन्य थप क्षेत्रमा सेवा दिनका लागि १०० वाट बाट १००० वाट क्षमता विकास गर्न आवश्यक रहेको छ ।   रेडियो बडीमालिका ९५.२ मेगाहर्जले बाजुरालाई सेवा क्षेत्र बनाएको भए पनि  बाजुराका आसपासका क्षेत्रमा समेत सेवा दिइरहेका छ  । साथै यस क्षेत्रको भाषा, संस्कृतिलाई सुदूरपश्चिम प्रदेश लगायत देशका अन्य क्षेत्रहरु लगायत बिश्वभरी बिस्तार एवं प्रचारप्रसार गर्नका लागि यसको क्षमता बढाउन आवश्यक रहेको छ ।  रेडियोको क्षमता अझ बढी प्रभावकारी रुपमा बढाई सेवा दिने लक्ष्यका योजना बनाएकाे भए पनि आर्थिक अभावका कारण हाल क्षमता बिस्तार कार्य संभव भएकाे छैन  रेडियोलाई व्यवस्थीत रुपमा सञ्चालन गर्ने सम्पूर्ण कार्यका लागि छुट्टै रेडियो संचालन उपसमिति समेत गठन गरि वैङ्क खाता समेत संचालनमा ल्याउने व्यवस्था गर्न लागीएको छ । 

  रेडियो बडीमालिका ९५.२ मेगाहर्ज (सामुदायिक)को पृष्ठभूमी :–
नेपालका ७७ जिल्लाहरुमध्ये बाजुरा जिल्ला पनि एक हो । सुदुरपश्चिमाञ्चलको हिमाली जिल्ला वाजुरा भौगोलिक रुपमा विकट र दुर्गम रहेको भए  पनि प्राकृतिक स्रोतसाधन,  सौन्दर्य, जैविक विविधता, धार्मिक स्थलका कारण धेरै धनी जिल्ला हो  हालसम्म स‌ंघ, प्रदेश लगायत देशका निती निर्माता र देश तथा बिदेशका विकास साझेदार संस्थाको सहयाेग बाजुरामा अति न्यून मात्रमा उपलब्ध भैरहेकाे छ । केन्द्र र प्रदेशबाट वितरण हुने  योजना, कार्यक्रमहरु  बाजुरामा थाेरै मात्र उपलब्ध हुने भएकाले यहाँकाे  विकास हुन अझै धेरै समय लाग्ने देखिन्छ    राजनैतिक रुपमा एउटै निर्वाचन क्षेत्र रहेको भएपनि स्थानिय स्तरमा ४ वटा नगरपालिका र ५वटा गाउँपालिकामा विभाजित बाजुरा भौगोलिक रुपमा पुर्वि उत्तरी र पश्चिम दक्षिणी क्षेत्रमा विभाजित रहेको देखिन्छ । यस जिल्लाको कुल क्षेत्रफल २०२७६ हेक्टर छ ।
यहाँको जनसंख्या गरीबी,अशिक्षा र अन्धविश्वासबाट ग्रसीत  रहेको छ । हालसम्म सार्वजनिक यातायातको साधनहरु सञ्चालन गर्ने माध्यमहरु मोटर बाटोले जिल्लाको सदरमुकाम मार्तडी जोडिएको भए पनि वर्षामा यातायात सञ्चालन हुन सकिरहेको छैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा जिल्लाको अवस्था अत्यन्त दयनिय रहेको छ ।

   अन्य जिल्लाको अनुपातमा वाल तथा मातृ मृत्युदर अधिक रहेको छ । २२ औं शताव्दीमा पनि जिल्लामा सामाजिक तथा लैङ्गिग विभेद कायम छ । दलितहरुसंग छोईयो भने छिटा  हाल्ने चलन भने हटेकाे देखिन्छ तर दलितहरुलाई  अछुत मान्ने कुचलन यथावत नै छ र महिलाहरु महिनावारी हुदा अलग राख्ने छाउपडी प्रथा कायमै छ  । महिलाहरुलाई सामाजिक कार्यमा सहभागि हुन सक्ने सामाजिक वातावरण अझै पनि बनिसकेकाे छैन । विकास र पुर्वाधारका कामहरु न्युन हुनु र भएका कार्यहरु पनि गुणस्तरीय नहुनु  बाजुराकाे विकासको मुख्य समस्या हो । सडक संजालले जिल्लालाई छोएपनि हालसम्म सदरमुकामसम्म सार्वजनिक यातायातको साधनका रुपमा वससेवा पनि अनियमित छ । यस्तो अवस्थामा जिल्लाको यातायातको एकमात्र माध्यम वनिरहेको कोल्टी एर्पोटले समुदायलाई थोरै भए पनि राहत दिने गरेको छ । बाजुराकाे पुरानो सदरमुकाम वरपर उपयुक्त स्थानमा हवाई यातायात सुविधा बिस्तार गर्न  बिमानस्थलकाे आवश्यकता रहेको छ ।
     विश्व २२ औं शताव्दीको आधुनिक युगमा प्रवेसगरि सक्दा पनि संचार र प्रविधिको विकासले यस क्षेत्रलाइ वाहिरी संसारसंग जोडन सकिरहेको छैन । स्थानिय समुदायले संचारको माध्यमको रुपमा रेडियो वाहेक केही अनलाईनकाे थाेरै भए पनि विकास भएको ति सञ्चार माध्यमहरुकाे सेवा प्राप्त गरेका छन   संचार माध्यमको उपलब्धताले समुदायको चेतना स्तर सकारात्मक परीवर्तन आउन थालेको छ । नागरिक अधिकार र कर्तव्यको वारेमा समुदाय सुशुचित नहुनाले स्थानिय सरकारको उपस्थिती, विकास र सामाजिक गतिविधीमा समुदायको सक्रियतामा कमी छ ।   सञ्चारकाे बिकासका कारण   बाजुरा र यसकाे वरपरको क्षेत्रमा  रुढीवादी मान्यता र संस्कारले वालविवाह, छाउपडी प्रथा, धामीझाँक्री प्रथा, छोईछिटो हाल्ने, लैंङ्गिक विभेद, जातिय विभेद जस्ता गलत परम्पराहरुमा सुधार भैरहेको छ । यस्ता प्रथाहरुबाट समाजलाई उन्मुक्ती दिन रेडियो बडीमालिका कोषे ढुङ्गाको काम गरीरहेको छ ।

रेडियो बडीमालिका ९५.२ मेगाहर्ज (सामुदायिक)को भौतिक अवस्था :–
त्रिवेणी सञ्चार बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो बडीमालिका ९५.२ मेगाहर्जको आफ्नै भवन र १०० फिट उचाईको रेडियो टावर रहेको छ । भवनमा ८ ओटा कोठाहरु रहेका छन । १ कोठा प्राबिधिक कक्षका रुपमा प्रयोग भैरहेको  छ । भवनका ८ कोठाहरु मध्ये  कार्यक्रम प्रसारण र रेकडिङ्गका लागि दुई वटा स्टुडियो निर्माण गरिएको छ । भवनको   दोस्रो तला निर्माणा  भैसकेकाेछ ।  दोस्रो तलामा कार्यालय प्रयोजन लगायत पत्रकार, कर्मचारी र पाहुनाका लागि प्रयोग हुने गरी तीनवटा कोठा निर्माण भैरहेका छन 
रेडियो बडीमालिका ९५.२ मेगाहर्ज (सामुदायिक)को उपकरणको अवस्था :

उपकरण ,सरसमान तथा भवन

ट्रान्समिटर

हेडफोन एडप्टर

प्रिन्टर  १ थान

कार्यक्रम संचालन स्टुडियो १

डीभाइडर

न्युटेक्स

ल्याबटप  १ थान

कार्यक्रम रेकर्डिङ्ग स्टुडियो १

मिक्चर २ थान

ब्याट्री २०० एएच ४ वटा

टेलीफोन सेट दुई थान

प्राबिधिक कक्ष १

सेन्सर माइक ३ थान

एन्टेना ४ वे र टावर ‍(१०० फिट)

साउन्ड बक्स   थान २

हल १

डिभाइडर वायर

वायर

अउडियो केबल

वाथ तथा फ्रेस रुम ३(अट्याच-)

माइक स्टान्ड     ४ थान

कार्पेट

कनेक्टर

अन्य कोठा ३

हेडफोन   थान ५

कम्प्युटर २ थान

रेर्कडर

दुई तले पक्की भवन

आउटर हार्ड डिस्क

पेन ड्राइभ ३ थान

डिसटीभी र राउटर

वालएटेच टेबुल ३ थान प्राबिधिक कक्ष

ग्यास चूलो

खाना पकाउने भाडा १ सेट

विजुलीका सरसमानहरु

आधुनिक किचन १

ग्यास शिलिन्डर

खाना खाने भाँडाकुडा १ सेट

रिबल्विङ्ग चियर ४ थान

बाल्कोनि १

केलबहरु

खानेपानी पाइप

कुर्चि पलाष्टिक १० थान

 रेष्ट रुम  १ (अट्याचफ्रेस रुम सहित)

केमिकल अर्थिङ्ग १ सेट

तामाको पाता अर्थिङ्ग १ सेट

ब्याट्री १०० एएच ४ वटा

खानेभाँडाकुडाहरु कुकर सहि

 कनेक्टर तारहरु

इन्भरटर २ थान

कलशटेबुलप्रसारण स्टुडियो १ थान

 

 रेडियो बडीमालिका ९५.२ मेगाहर्ज (सामुदायिक)को प्रसारण क्षेत्र :–
रेडियो बडीमालिकाको बाजुराको ५ वटा पालिका र अछामका ४ वटा पालिका लगायत अछाम, बाजुरा, बझाङ्ग, डोटीको उच्च भागहरु प्रसारण क्षेत्र रहेको छ । रेडियो बडीमालिका १०० वाटको रेडियो भए पनि बाजुरा र अछाममा धेरै राम्रो सुनीने गरेको छ । 
यस पछि रेडियो बडीमालिकाको क्षमता विकास गरेर १००० वाट  पुर्याउने उद्धेश्य सहित भावी दिनमा यसको प्रसारण कुनै दिनमा नेपालभरी गर्ने लक्ष्य रहेको छ ।

सामुदायिक रेडियो बडीमालिका ९५.२ मेगाहर्जको जनशक्तीको अवस्था :–
रेडियो बडीमालिकामा ४ जना पूर्णकालीन जनशक्ती र ३ जना पार्टटाइम जनशक्ती रहेको छ । बिशेष गरी थोरै जनशक्तीबाट धेरै उपलब्धी हासील गरेको रेडियोको रुपमा रेडियो बडीमालिकाले आफनो पहिचान बनाउन सफल भएको छ । आगामी दिनमा जनशक्ती थप गर्ने कार्ययोजना छ  । हाल रेडियोको सञ्चालक समितिका ७ जना सदस्य समेत ले समयदान गरी रहेकाछन ।

नेपाल सरकार बिज्ञापन बोर्डले देशभरीका ६३८ सामुदायिक रेडियोलाई लाेककल्याणकारी बिज्ञापनका लागि छनोट गरेकाेमा  बिज्ञापन बोर्डले रेडियो बडीमालिका २७७ स्थानमा सूचीकरण गरेकाे छ । बाजुरा लगायत यस वरपरका सबैमा रेडियो बडीमालिका गुणस्तरीय कार्यक्रम प्रसारण गर्ने प्रतिवद्दता व्यक्त गर्दै सबैमा सहयोग,समर्थन, रेडियो सुनेर सल्लाह, सुझाव र प्रतिक्रिया दिन अनुरोध गर्दछ ।

त्रिवेणी नगरपालिका,बाजुरा स्थित बडीमालिका माताको सान्निध्ता प्राप्त रेडियो बडीमालिका यहाँसम्म पुग्न सहयोग गर्ने त्रिवेणी नगरपालिका र सबै सहयोगी हातहरुलाई नमन छ ।

                                                                                    जय बडीमालिका

                                                            बडीमालिका माताले हामी सबैकाे कल्याण गरुन  !

[email protected]         wwww.radiobadimalika.com.np             Contect No: 9858487900