क्रोध सर्वनाशी छ, क्रोध आउदा अति संवेदनशील र संयमित बनौं ।
क्रोधको आवेग आउदा मूर्खता पैदा हुन्छ, मूखर्ताबाट स्मृति भ्रान्त हुनजान्छ । स्मृति भ्रान्ति हुनाले बुद्धिको नाश हुन जान्छ र बुद्धिहिन मनुष्य स्वयं नष्ट हुनजान्छ ।
ॐ भूर्भुव स्वः तत्सवितुर्वरेण्यं, भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् ॥
क्रोध सर्वनाशी छ, क्रोध आउदा अति संवेदनशील र संयमित बनौं ।
-वेदमूर्ति, तपोनिष्ठ, पं.श्रीराम शर्माआचार्य (संस्थापक अखिल विश्व गायत्री परिवार )
गीताकारले क्रोधलाई सर्वनाशी नकारात्मक शक्ति हो भन्दै बताएका छन-
क्रोधाद्भवति सम्मोह: सम्मोहात्स्मृतिविभ्रम: ।
स्मर्तिभ्रंशाद्बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।
-गीता २/६३
क्रोधको आवेग आउदा मूर्खता पैदा हुन्छ, मूखर्ताबाट स्मृति भ्रान्त हुनजान्छ । स्मृति भ्रान्ति हुनाले बुद्धिको नाश हुन जान्छ र बुद्धिहिन मनुष्य स्वयं नष्ट हुनजान्छ ।
क्रोधको आवेगमा जे सुकै हुन जावोस कम नै हो । यो व्यक्तिलाई सर्वनाशको संकेत हो, किनकि यसको आवेग आउनाले मानिसको सोच्नेविचार गर्ने शक्ति क्षीण हुनजान्छ । आवेगमा उसले जे पनि गर्न सक्छ । मारपीट, हत्या,आत्महत्या जस्ता नृशंस घटनाहरु क्रोधको आवेगमा नै घट्दछन । संत तिरुवल्लरुको शब्दमा “आगो उसैलाई जलाउँछ जो आगोका नजिक जान्छ किनकि क्रोध त संम्पूर्ण परिवार, समाजलाई समाप्त गरिदिन्छ । क्रोध एक प्रकारको आँधी हो,जब त्यो आउँछ त विवेक नै नष्ट गरि दिन्छ र अविवेकी व्यक्ति समाजमा अपराध तथा खराबीको कारण बन्दछन ।
क्रोधको कारण बताउँदै गीतामा भनिएको छ-‘कामात् क्रोधोSभि जायते’अर्थात कामनाबाट क्रोधको जन्म हुन्छ । अकसर मनुष्यलाई आफ्नो सुख,आराम, आनन्दको त्यो लाभ आदिको कामना हुन्छ । जब यी कामनाहरुमा कुनै विक्षेपनका कारण उपस्थित हुन जान्छन भने मनुष्यमा क्रोधको उदय हुन्छ । दोस्रो शब्दमा आफ्नो हानी या दु:खको कुनै कारण उपस्थित हुदा साथ क्रोधको आवेग पैदा हुन्छ । स्मरण रहोस जुन समयमा कामना जति प्रगाढ हुन्छ क्रोधको स्वरुप पनि त्यति नै प्रबल र वेगवान हुन्छ । आफ्नो मनोरथलाई बिफल गर्ने अभीष्ट अर्थात चाहेको कुरा प्राप्त गर्ने मार्गमा बाधक बन्ने मानिस तिनै हुन भनेर क्रोधको उदय हुन्छ । कैयौ पटक आफ्नो असफलताको प्रयोग पनि कुनै मानसिक उद्विग्नताको कारणले पनि सम्पर्कमा आउने मानिससंग क्रुद्ध व्यवहार हुन जान्छ । आफ्नो मनको जटिलताहरुका कारण पनि मनुष्यको स्वाभाव क्रोधी बन्नजान्छ । यी सबैको मूलमा एउटै तथ्य छ, त्यो हो आफ्नो कामनाहरुको विक्षेपन पर्नु, तिनीहरुलाई सफल भएको नदेख्नु ।
जब क्रोधको आवेग आउँदछ भने त्यसको एउटै तथ्य हुन्छ,जो आफ्नो कामनाहरुमा बाधक बन्दछ त्यसलाई नोक्सान पुर्याउनु, मारपिट गरेर, सामानलाई नष्ट गरेर, काममा ढुङ्गा अड्याएर जे सुकै होस क्रोधको लक्ष्य अर्काको हानी पर्याउने नै हुन्छ । हानी जे जसरी पर्याइए ता पनि क्रोधले हानी नै गर्दछ । कहिले काहि व्यक्तिले क्रोधका कारण आफ्नै टाउको फोर्न थाल्दछ । अंङ्गभंङ्ग, आत्महत्यासम्म गर्नका लागि यस्ता व्यक्ति उद्यत हुनजान्छन । किनकि यसको आधार पनि आफ्नो नाताकुटुम्भ, स्नेहसम्बन्धी बन्धुवान्धवहरुको वर्तमान र भविष्यलाई हानि पर्याउने हुन्छ । स्मरण रहोस कि यस्ता गतिविधी बाहिरका मानिसहरुसंग भन्दा आफ्नै वंशजभित्र गर्ने गरिन्छ ।
कैयौ पटक जब मानिस आफ्नो प्रतिकारको भावनालाई पूर्ण गर्न सक्दैन,दोस्रो व्यक्ति शक्तिशाली र समर्थ भएमा क्रोधी व्यक्ति जब आफ्नो गन्तब्यमा सफल हुन नसकेमा अर्काको हानी पुर्याउने कार्य गर्दछ र आफ्नो पनि नोक्सान गर्दछ । उ आफ्नो टाउको फुटाउने देखि कपाल उखेल्ने देखि अंङ्गभंङ्ग गर्नेसम्मका कार्य गर्दछ । यस किसिमले क्रोधको कार्य पद्धती एउटै हो कि त्यो हो नाश गर्नु , तोडफोड गर्नु तथा नोक्सान पुर्याउनु ।
क्रोध अन्धो हुन्छ । त्यो केबल त्यस तर्फ देख्दछ जसबाट उ दु:खको कारण सम्झन्छ या आफ्नो कामनाहरुको बाधक मान्दछ र क्राधीको यहि लक्ष्य हुन्छ कि अर्काको नाश होस् र अर्कालाई असाध्य धेरै हानीनोक्सानी पुगोस ।
क्रोध अन्धो हुन्छ । क्रोधी व्यक्ति कहिलै आफ्नो बारेमा सोच्दैन । मेरो पनि केहि गल्ती छ ? केहि मैले पनि गरेको थिए या जो म गर्न गैरहेको छु, त्यसको परिणाम के होला ? यसका बारेमा केहि पनि सोच्दैन । यसका कारणले धेरै ठुल्ठुला अनर्थ हुनजान्छन ।
क्रोधको यस अंन्धोपनका कारण नै कहिलेकाहि निर्दोष व्यक्तिहरुलाई हानी ब्यहोर्नु पर्दछ । कार्यालयमा क्रोधी भएर आएको प्रमुख घरमा श्रीमती र छोराछोरीलाई मारपिट गर्न पुग्छ । कहिले काहि नोकरहरु माथि रिस पोख्दछ । चाणक्यको क्रोध प्रसिद्ध छ । चाणक्य विवाह गर्न लागेका थिए । बाटोमा कुश उनको खुट्टामा अल्झिएछ । चाणक्यले दही र केदाली लिएर कुशलाई उखेल्न शुरु गरे । कुशका जरामा समेत दही र कोदालीले खन्दै सखाप पारे । कैयौ मानिसहरु चूलो जलाउदा जलाउदा थाक्दछन । अझै चुलो नजलेमा चुलोलाई फुटाइदिन्छन या त चुलोमा पानी हालेर आफ्नो रिस कम गर्ने गर्दछन । कैयो व्यक्तिलाई आफ्नो असावधानीवश जब बाटोमा हिडीरहेको बेला ढुङ्गा या इटमा ठेस लाग्न पुग्छ, त्यो व्यक्तिले त्यस ढुङ्गालाई उखालेर टुक्रा टुक्रा पारिरहेको हुन्छन ।
क्रोधको धेरै अभ्यास हुन जादा मनुष्यको प्रकृति ‘क्षण रुष्ट’ क्षण क्षणमा कुरा कुरामा चाहे त्यो राम्रै किन नहोस,क्रुद्ध हुने बानी पर्न थाल्छ । क्रोधको लामो अभ्यास हुन जादा मनुष्यको मानसिक स्थिति केहि यस्तो हुन्छ कि त्यससंग लडाईझगडा नगरी उ बस्नै सक्दैन । जुन प्रकारले नशेडीलाई नशाको लतले आक्रान्त पारेको हुन्छ त्यसै किसिमले लामो अभ्यास पछि पनि क्रोधी व्यक्तिको मानसिक स्थिति यस्तो बन्दजान्छ कि उसलाई कुरा कुरामा क्रोध आउन थाल्दछ । लडाईझगडा गर्नु, मारपिट गर्नु, मुद्धाममला गर्नु, अर्कालाई गाली बेइजती गर्नु, यस्ता व्यक्तिको स्वभावको स्थायी अंग बन्नजान्छ ।
क्रोध यति फूर्तिलो मनोविकार हो कि यसबाट सोचविचार गर्ने, सम्झने सम्झाउने अवसर नै मिल्दैन । कुरै कुरामा क्रोधको उदय हुन जान्छ । कहिलेकाही हामी त्यसको कारण सोचिविचार गर्न सक्दैनौ कि क्रोध आफ्नो प्रचंड रुप लिएर हामी सबै सर्बनाश गरिरहेको छ ।
क्रोधले सामाजिक शान्ति भंग गर्दछ । यो संक्रामक हुन्छ । एक व्यक्तिबाट दोस्रो व्यक्तिसम्म फैलिन्छ । एक व्यक्तिको क्रोध दोस्रो व्यक्तिमा पनि क्रोधको संचार गरिदिन्छ र यसै किसिमले पुरै समाजमा अशान्तिको आगो सल्किन्छ । यस कारणवश क्रोध तत्काल प्रकट हुन पाउदैन या धेरै दिनसम्म मानिसमा बास गरिरहेमा भने वैरको रुप धारण गर्दछ । यसबाट क्रोधको उग्रता र त्यसको वेग क्षिण हुन थाल्छ तर लक्ष्यलाई हानी पुर्याउने भाव दिन दिनै दृढ हुदैजान्छ र आफ्नो बचावका लागि सोचविचार तर्फ ध्यान नै जादैन । अर्को सर्बनास गर्ने दाउमा साथसाथै आफु पनि सर्बनाशकै मार्गमा जान्छ । उ कुअबसरको खाजीमा हुन्छ । मौका पाउना साथ दोस्रो व्यक्तिमाथि युद्ध गर्न शुरु गरिहाल्छ । त्यो पनि क्रोधकै परिवर्तित रुप हो ।
उक्त विभिन्न रुपमा क्रोध हाम्रो जीवनका लागि भयंकर विष सिद्ध हुन्छ । यसैले सबै धर्म, सबै समाजव्यवस्थामा क्रोध त्यागको उपदेश दिएइएका छन । हामी पनि जीवनको यस भयंकर शत्रु क्रोधबाट आफु पनि सावधान बनौं,बचौं र अरुलाई पनि सावधान गरौं र अरुलाई पनि बचाऔं ।
नेपाली सेनाको गौरवमय इतिहास
नेपाली सेनाको गौरवमय इतिहास डा. प्रेमसिंह बस्न्यात मलाउ किल्ला । यहाँ डेभिड अक्टरलोनीको नेतृत्वमा युद्ध भएको थियो । यही किल्ला नजिक सरदार भक्ति
महालय-सोह्र श्राद्ध: भ्रम र यथार्थ
महालय-सोह्र श्राद्ध: भ्रम र यथार्थ प्रेमनारायण भुसाल सनातन पद्धतिमा मातापिता र गुरुलाई निकै आदर गरिन्छ। पितृको सेवा गर्नु, सन्तानको परम् कर्तव्य
योगी नरहरिनाथ, वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् योगी आजीवन अन्वेषक
योगी नरहरिनाथ योगी नरहरिनाथ (१९७१-२०५९) नेपालका एक अध्यात्मिक व्यक्ति थिए। उनी नेपालका उद्भट आध्यात्मिक व्यक्तित्वका रूपमा परिचित छन्। वेद,
प्रतिकृया दिनुहोस