बिशेष पूजा सहित यस वर्षको बडीमालिका मेला सम्पन्न : तिर्थालुहरु बडीमालिकाबाट नाटेश्वरी मन्दिर क्षेत्र पुगे , नाटेश्वरी क्षेत्रमा तीर्थालुहरु खचाखच भरिए

रेडियो बडीमालिका ९५.२ मेगाहर्जद्वारा संचालित बडीमालिका बिशेष कार्यक्रम जनै पूर्णिमाका दिन सम्पन्न हुने

ॐ भूभुर्वः स्वः मालिका देव्यै विद्महे सर्वशक्त्यै च धीमहि तन्नो मालिकाः प्रचोदयात् ।
दिव्य तिर्थ बडीमालिका: नेपालको धार्मिक, जैविक  र पर्यटकीय सुन्दर गन्तव्य


     
 
रेडियो बडीमालिका,कैलाशमाण्डौ,बाजुरा- यस वर्षको बडीमालिका मेला  आज भदौ १३ गते चतुर्दशीका दिन बिशेष पूजा सहित सम्पन्न  भएको छ । डोटी र जुम्लाको सरकारी टोली , बाजुरा र कालिकोट जिल्लाको सरकारी टोली र बडीमालिका मेला भर्न गएका तीर्थालुहरुले  पुजा, हवन कार्य सकेसङ्गै यस वर्षको बडीमालिका पूजा सम्पन्न भएको हो । आजै तीर्थालुभक्तजनहरु बडीमालिका तिर्थाटन गरेर आआफ्नो गन्तव्य तर्फ  लागेका छन । बडीमालिका पुजारीहरुको टाेली पनि बडीमालिका माताका गरगहना र पूजा सामाग्री सहित त्रिवेणी नगरपालिका वडा नं ९ , पैमा, बाजुरामा भदाै १४ गते पुग्ने गरी फूलचढाउना तर्फ  हिडीसकेकाे छ । बडीमालिकाका अधिकांश दर्शनार्थीहरु भने त्रिवेणी नगरपालिका वडा नं ७,बाजुरामा अवस्थित नाटेश्वरी मन्दिर पुग्ने गरी ‍ओरालो झर्दै गरीरहेका छन । डोटी गौडाको सरकारी पूजा टोली लगायतका बडीमालिका माताका  दर्शनार्थीले  अनिवार्यरुपमा नाटेश्वरी  माताको  दर्शन गर्ने धार्मिक परम्परा रहेको छ । समग्र सूदूरपश्चिम लगायत नेपाल र भारतका बडीमालिका मेला भर्न गएका  तिर्थालुको कठीन यात्रा पछी नाटेश्वरी माइको दर्शन गर्नाले मनले चिताएको पुरा हुन्छ भनिन्छ । नाटेश्वरी त्रिवेणी नगरपालिकाले संघीय सरकारको सहयोगमा  नाटेश्वरीमा विकास कार्यक्रम संचालन गरीरहेकाे छ ।  नाटेश्वरीमा त्रिवेणी नगरपालिका ७ न‌ं वडा कार्यालयले बर्षेनी खानेपानी, सरसफाई र पूजा व्यवस्थापन गर्दै आएको छ । नाटेश्वरी मन्दिरमा सबैले सहजरुपमा दर्शन गर्ने गर्दै आएकोमा यस पटक पनि जनैपूर्णिमा मेला व्यवस्थापन गरीएको आयोजकहरुले बताएका छन .

बडीमालिका देखि नाटेश्वरी पैदल मार्ग निर्माण गर्न माग

बडीमालिका देखि नाटेश्वरी झर्ने पैदल मार्ग भने सुरक्षित रुपमा हिड्नसक्ने गरी निर्माण गर्न अझै सकेको छैन ।  बिहान बडीमालिका पुजा सम्पन्न गरेर साँझ नाटेश्वरी मन्दिर पुग्नै पर्ने विधान अनुसार सजिलै हिडन सक्ने गरी पैदल मार्ग निर्माण गर्नु पर्ने अधिकांश यात्रीहरुले माग गरेका छन । बडीमालिका पछी नाटेश्वरी दोस्रो ठूलाे धार्मिक क्षेत्र हो । समतल भूभाग र बन क्षेत्र भित्र रहेको खुला चाैरमा एक रात्री बास बस्दा बडीमालिका यात्राको सबै दुख बिर्साउछ भन्न भनाई छ । बडीमालिकामा खाना बस्न खानेपानी र सरसफाईको व्यवस्थापन हुन नसकेकोमा अधिकांश तीर्थयात्रीहरुले दुख व्यक्त गरे । तीर्थालु भक्तजनहरुकोलाई सुविधा हुने गरी नाटेश्वरीमा बसाई खाना खानेपानी सरफाई र पूजा  व्यवस्थापन गरीएको नाटेश्वरीका छत्याल ठकुरी पुजारी पर्वतबहादुर शाहीले बताए । बडीमालिका मेलाका अबसरमा त्रिवेणी नगरपालिकाका  बाटोमा पर्ने बस्तीहरुमा समेत  तीर्थयात्रीले निशुल्क बास बस्न सक्दछन । पुजारी शाहीले अतिथि देवाे भव भन्ने भावनाका साथ बडीमालिका तीर्थालुलाई सबैले उच्च श्रद्धाका साथ लिने र उनीहरुको सेवा गर्न पाए गाउँवस्तीका मानिसहरु पनि खुसी हुने परम्परा रहेका बताए । नाटेश्वरीमा पुगेका तीर्थालुहरुलाई सबै प्रकारले सुविधा पुगाेस भनेर ७ नं वडाबाट व्यवस्था गरीएकाे त्रिवेणी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष राेहणी प्रसाद पाध्यायले बताए । ७ नं वडाका वडा अध्यक्ष गाेपाल चदाराले जनै पूर्णिमा दिन सदाझै यस वर्ष पनि सबैका लागि सहजरुपले पुजा गर्ने गरी व्यवस्थापन गरीएकाेले साेही अनुसार सबैले पूजाअर्चना गर्न अनुराेध गरेका छन । 

श्री बडिमालिका माताको पवित्र मन्दिर प्राकृतिक सुन्दरताको बेजोड नमुना बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा पर्दछ ।  बडिमालिका क्षेत्रले  बाजुरा,अछाम र कालिकोट जिल्लाको  भौगोलिक सिमानालाई छुन्छ ।
     समुन्द्र सतहदेखि लगभग १४ हजार फिट  उचाईमा अवस्थित बडिमालिका माताको मन्दिरलाई हिन्दू धार्मिक ग्रन्थहरूमा मल्लिकागिरी पर्वतले पुकारीएकोछ । हिन्दू धार्मिक ग्रन्थका अनुसार मल्लिकागिरी पर्वतमा अवस्थित बडिमालिका माताको दर्शन मात्रले मानवलाई मुक्ति प्राप्त हुने र ईश्वर प्राप्ती हुने उल्लेख गरिएको छ ।
     देवभूमी नेपालमा थोरैले मात्र बडिमालिका माताको दर्शन गर्ने दुर्लभ अवसर पाउने गरेका छन  । मानिसलाई उसले इच्छा गरे बमोजिम इच्छित बरदान दिनसक्ने शक्तिस्वरूपा, सिद्धिदातृ जगतजननी, विश्वपालनकर्ता श्री बडिमालिका देवी साक्षत देवीका रूपमा मल्लिकागिरी पर्वतमा बिरामजमान हुनुहुन्छ ।
यी जगतजननीको व्यास लगायतका सूत शौनकादी ऋषिमुनीहरूले वर्णन गरेको पाइन्छ । विशेष गरी स्कन्धपुराणमा बडिमालिका माताको प्राथमिकताका साथ वर्णन गरेको भेटिन्छ । नेपालका प्राचिन धार्मिक धरोहरका रूपमा रहेको बडिमालिका देव एवं प्रकति सृजित र हाम्रा पूर्खाद्धारा संरक्षित धार्मिक      सम्पदा हो ।  बडिमालिका धार्मिक पर्यटकीय सुन्दर ठाउँ मात्र होइन यो जैविक विविधताको पनि अनुपम नमूना स्थल हो  


      धार्मिक रूपमा सकेसम्म बडिमालिका  माताकै देव र प्रकृति सृजीत मन्दिरमा पूजाअर्चना र  दर्शन गर्दा बास्तविक लाभ प्राप्त हुन्छ । तर  बडिमालिका दर्शन गर्न चाहने तर समय अभाव, शारिरीक अस्वस्थता एवं असक्तता, आर्थिक र भौगोलिक कठिनाई लगायतका विभिन्न समस्याले मल्लिकागिरीमा पुग्न नसक्ने बडिमालिकाका अनुयायीहरूले आ–आफ्नो लागि नेपाल र भारतका विभिन्न भू्–भागमा बडिमालिकाकै स्मरणमा पूजाअर्चना र दर्शन गर्ने गरी मालिका मन्दिरहरू स्थापना गरेको पाइन्छ ।

  त्रिवेणी नगरपालिकामा अवस्थित मल्लिकागिरी पर्वतमा बडीकालिका मन्दिरमा गुग्न नसक्नेले त्रिवेणी नगरपालिका वडा नंं ९ पैमामा रहेको माताको भण्डार गृहमा रहके अखण्डदीप सहितको मन्दिरमा पूजा अर्चना गर्न सकिन्छ ।  त्यहाँ पनि पुग्न नसक्ने मानिसले मालिका माताको नामले  स्थापना गरी  मालिकाको स्वरुपलाई छोटी (सानो ) मालिकाका रूपमा पुकार गरीने गरेका ठूला साना मन्दिर र शक्ति केन्द्रमा पूजा गर्दा पनि फाइदा हुन्छ ।  मल्लिकागिरी पर्वतमा रहेको बडिमालिका मातालाई बडि(ठूलो) मालिकाका रूपमा पुजा गरीन्छ ।
त्यस्तै स्कन्धपुराणको केदारखण्ड माघमाहत्म्यमा बडिमालिका देवी सबै रूपहरू मध्ये जेष्ठ रूप भएको र  शिवशक्ति स्वरूप उमेश्वर महादेव उत्पत्ती भएर उहाँकै स्वरूपले मलिल्कागिरीमा रहेका प्रसंग बर्णित छ ।


 पौराणीक कथा र शास्त्रहरूका अनुसार बडिमालिकाको दर्शनपूजाअर्चना गरेर देवता, मानव,दानव,ऋषिमुनी–महर्षि,सिद्धयोगी,योगी–ध्यानी, जातजाति,राजा, सेनापति,यक्ष, गन्धर्व,किन्नर,विद्याधर,नाग राक्षसहरूले सिद्धी प्राप्त गरेको कुरा व्याख्या गरिएकोछ । 
 
बडिमालिका मन्दिर उच्च पहाडमा अवस्थित भएकोले हिमपातका कारण नित्यपूजाअर्चन गर्न कठिन हुन्छ । त्यसका कारण  बडिमालिका मन्दिरका महत्वपूर्ण मूर्ति लगायतका गरगहनाहरू साबिकको कैलाशमाडौं हालको त्रिवेणी नगरपालिका वडा नं.९, पैमामा अवस्थित बडिमालिका माताको भण्डारगृह रल भण्डारगृहको माथिल्लो तलामा मन्दिर रहेको छ ।उक्त मन्दिरमा अखण्डदिप निरन्तर प्रज्ज्वलित छ र बडिमालिकाका पुजारीद्धारा दैनिक नित्यपूजाअर्चना गरिन्छ । मौद्गल्यल गोत्रका तिमिल्सेना  ब्रह्रामण  पुजारीहरूले विभिन्न पर्वहरूको बेला धार्मिक कर्मकाण्ड अनुसार पूजाअर्चना सम्पन्न गर्ने व्यवस्था छ । 


बडिमालिका देवीको गुठी स्थापित छ । यस भण्डारगृह तथा बडिमालिकाको मन्दिरमा किराँतकाल, लिच्छविकाल, मल्लकाल,राणाकाल, शाहकाल र हालको गणतन्त्रकालमा विभिन्न धर्मभिरू मानिसहरूले स्वर्ण,चाँदि,काठ र विभिन्न धातुका मूर्तिहरू चढाएका छन् ।
    मल्लिकागिरी पर्वतका् बडिमालिका मूख्य मन्दिरमा पुग्न नसकिने अवस्थामा  भण्डारगृहकै मन्दिरमा दर्शनपूजन गर्न सकिन्छ । तर शास्त्र अनसुार सक्नेले सबै ऋतु र समयमा बडिमालिकाको दर्शन र पूजाअर्चना गर्न सक्छन् ।
    तर बर्षेनी वर्षमा एक पटक श्रावण शुक्ल पक्ष त्रयोदशी र चर्तुदशीका दिन मुख्य मेला लाग्ने गर्छ । बिषेषगरी मालिका माहात्म्यका अनुसार  श्रावण शुक्ल पक्ष नै बडिमालिका दशर्नभ्रमणको उपयुक्त समय भएको उल्लेख छ । श्रावण शुक्लपक्ष त्रयोदशी र चर्तुदशीलाई बडिमालिका दर्शनपूजाअर्चनाका लागि उपयुक्त समय मान्नुको कारण उच्चलेकमा  अक्सीजनको कमी, चिसो, हिउँ र बर्षा आदिलाई मानवअनुकुल समय भएकोले नै सुझाव दिइएको हो । श्रावणमा लाग्ने बडिमालिका पर्वमा भक्तजनहरू ७ नंबर प्रदेशको सेती र महाकाली, ६ नंबर प्रदेशको कर्णाली र भेरीबाट हजारौंको संख्यामा मेला भर्न आउँछन् । त्यस्तै नेपालका अन्य प्रदेशबाट  र भारतबाट पनि भक्तजनहरू  मेला भर्न आउँछन् ।
बडिमालिकाको सो मेलामा र नेपाल एकिकरण भएपछि र्पथ्वीनारायण शाहको पालादेखि डोटी र  जुम्लाबाट सरकारी पुजा टोली बडीमालिका पुग्ने गर्दछ । बाजुरा र कालिकोट जिल्लाबाट नेपाल सरकारको तर्फबाट  सरकारी विशेष पूजाअर्चना गर्ने गरिन्छ ।  पूजामा बाजुरा र  कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी लागयत सरकारी कर्मचारी उपस्थिति रहन्छन् । नेपाल, प्रहरी, सशस्त्र प्रहरीले सुरक्षा सेवा प्रदान गर्ने गरेको छ ।  मेलामा  नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटीले पनि पूजाअर्चना सहित दर्शनार्थीहरूको  सेवा गर्ने गर्छन् ।
   बडिमालिका मन्दिरमा श्रावण त्रयोदशी र चर्तुदशमिा गरिने पूजाआजामा  पृथ्वीनारायण शाहको पालादेखि  गरिएको व्यवस्था अनुसार डोटी जिल्लाबाट प्रतिनिधित्व गर्ने अफिसर फौजलाई गोरखकाली(गोरखनाथ) र कालिकोटबाट प्रतिनिधित्व गर्ने अफिसर र फौजलाई चन्दननाथको तर्फबाट आ–आप्mनो लिङ्गो सहित पूजाआजा गर्ने सरकारी व्यवस्था हालसम्म निरन्तर चलिरहेको छ ।
    बडिमालिका क्षेत्रको प्राकृतिक सुन्तरता शब्दमा वर्णन गर्न कहिलै सकिन्न । बडिमालिका क्षेत्र अन्र्तगत रहेको त्रिवेणी, खेतीवेती,पञ्चपुरी पाटन,धर्मघर(धर्मद्धारा) अजम्मगढ, खलाटुप्पा,गुराउसेगढ लगायत बाइस पाटन क्षेत्र रहेको छ ।
सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट सरकारी पूजा सामग्री ९पेटारो०सहितको टोली प्रस्थान गरेको छ।  डोटीको शैलेश्वरी माताको मन्दिरमा  बिशेष पूजाआजा गरी टोलीलाई बिदाई गरिन्छ । सरकारी पूजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिन्छ ।
पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालयबाट निस्केको सरकारी पूजा सामग्रीसहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी बडीमालिकातिर पठाइन्छ। राणाकालदेखि डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ ।
जनैपूणिर्माको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । औपचारिक रुपमा पूजाआजा गर्नुपर्ने परम्पराअनुसार अछाम, डोटी, जुम्ला र कालीकोटको सरकारी पूजा टोली बडिमालिका जाने गर्दछ । यसअघि अनौपचारिक रुपमा बाजुराबाट पनि पूजा जाने भएको पनि २०७२ सालदेखि औपचारिक रुपमै जिल्लाबाट सरकारी पूजा जाने चलन चलाइएको छ ।
पूजा सामग्रीमा डोटी दिपायलको भुरुरी ९धानको पात० र बैद्यनाथको अक्षता र सिराउला समावेश गर्नु पर्ने हुन्छ । बडीमालिकाको सुदूर क्षेत्रकै सबैभन्दा सुन्दर पर्यटकीय क्षेत्रसमेत हो । १४ हजार फिट उचाइमा रहेको भूमिमा २२ वटा समथर फाँटहरु, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूलहरु, त्रिवेणी, बिष्णुपानी, खेतीवेती, लौरी बिनायक, धर्मद्धार बडीमालिका क्षेत्रका मुख्य मनमोहक स्थलहरु हुन ।
खेतीबेतीमा परापूर्वकालदेखि खेत रोपिएको, धान रोप्नका तयार गरिएका गह्राहरु, त्यस बीचमा फालिएका बीउँका मुठाहरु जस्ताका तस्तै रहेको अनौठो दृष्य छन् ।
हिउँपर्ने बेला त्रिवेणी पाटनमा हिउचिप्लेटी ९आइस स्केटिङ०को सम्भावना छ । यो क्षेत्र जैविक विविधतामा समेत अत्यधिक धनी मानिन्छ ।
सयौं प्रजातिका जडीबुटी यहाँ पाइने बन प्राविधिकहरु बताउँछन् । दूर्लभ बन्यजन्तुको बासस्थलसमेत बडीमालिका क्षेत्र हो ।

सुदुर पश्चिमकै धार्मिक तथा पर्यटकीय आस्थाको धरोहर धर्तिकै स्वर्ग बडिमालिकामा श्रावण चतुर्दशिका दिन गरिने  पूजामा भाग लिन विशेष पुजा सहितको सरकारि टोली जिल्ला प्रशासन कार्यालय डोटी प्रशिद्ध शैलेश्वरि मन्दिर बाट पेटारो  सधै जसो पुजाको सामान बाधेर डोटीबडीमालिका लागि प्रस्थान गर्ने गर्दछ । सो टोली हिडेर डोटी गौडाको  सिलगढि बजार देखि पैदल मार्ग भई १४ दिनमा बडिमालिका मन्दिर पुग्ने गरि कर्मचारी प्रतिनिधि सहित जिल्ला प्रशासन कार्यालय, डोटीवाट पुजामा सामेल हुने चलन छ । श्रावण शुक्ल प्रतिवदाबाट दिल्पेश्वर मठ बाट धानको फुड्डि सहित डोटीका  प्रमुख जिल्ला अधिकारिलाई बुझाईन्छ । 
जिल्ला प्रशासन कार्यालय सिलगढीमा पुजा आजा गरी बिधिबत रुपमा सरकारी कर्मचारीहरुले डोल लैजाने चलन अनुसार रहेको छ । सिलगढिमा रहेको भैरवदल गणको सैनिक टोली तथा जिल्ला प्रहरी कार्यालय डोटी र ससस्त्र प्रहरि गण दिपायको टोलीले शैलेस्वरी मन्दिरमा सलामी दिएपछि सरकारी कर्मचारी सहितको सरकारी डोल बाजुरमा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गर्ने गर्छ। 
मेलामा  कालिकोट जुम्लाको टोली चन्दननाथको प्रतिनिधीमण्डल मानिन्छ भने सेती महाकाली लगायत समग्र नेपालको अन्य सबै क्षेत्रको प्रतिनीधी मण्डल डोटी अर्थात गोर्खाली प्रतिनिधीलाइ गोरखनाथको प्रतिनिधी मानिन्छ । जुम्ला र डोटीको  पठाएको सरकारी प्रतिनिधी मण्डलले बडिमालिकामा सरकारी टोलीको पुजा चढाईपछि सर्वसाधारणले परम्परा अनुसार पुजाअर्चना गर्ने चलन हो । हाल त्रिवेणी नगरपालिकाग  बडीमालिका नगरपालिका बुढीगगा नगरपालिका लगायत बाजुराको सदरमुकाम मार्तडीबाट पनि सरकारी तवरमा पुजा गर्ने थप प्रचलन शुरु गरीएको छ । भारतको पहिला कुमाउ गढवाल देखि पनि पुजामा सहभिगता जनाइन्छ । 
बडीमालिकाका २२ पाटन, त्यसमा फुलेका कैयौं प्रजातिका रङ्गीचङ्गी फूल र सेताम्य भेडाका बथानले त्यहाँको आकर्षण बढाउने गरेको छ। हिउँदका ३ महिना हिउँले ढाक्ने गर्दछ । 
डोटी गौडालाइ गोररखनाथका तर्फबाट यसरि बडिमालिका पुजामा जाने चलन छ ।
पहिलो दिनमा जिल्ला प्रशासन कार्यालय बाट शैलेश्वरि नाचन्थलि हुदै बडिमालिकाका लागि प्रस्थान र पुर्बिचौकि खिरसैनमा पुजाआजा धुपबत्ति गरि खिरसैनमा बास बस्ने गर्दछ ।
दोश्रो दिनमा पुर्बिचौकि गाउपालिकाकै काडामाण्डौ ( मन्दिरमा पुजाआजा गर्ने 
तेस्रो दिनमा अछाम बैधनाथ मन्दिरमा पुजाआजा गर्ने र बैधनाथ क्षेत्रमा फलेको धानको सिरुला सहितको कोसेली बडीमालिका मातालाइ चढाउन लग्ने गरिन्छ ।


चौथो दिनमा अछामकै भराणि गाउँको मन्दिरमा पुजाआजा गर्ने गरिन्छ ।
पाचौं दिनमा  अछाममै बिहान बिमकोटे राजालाई हसाउने रु ५२ नगद, नरिवल र जनै दिने र हसायर मात्रै जाने र जाब्लामा बासबस्ने गरिन्छ ।
छैटौ दिनमा धेरै हिड्नु पर्ने भयकाले बिहानै हिड्ने खाना बाटोमा  खाना खाएरु  बाजुरा त्रिवेणी नगरपालिका स्थित  छतरामाइ भगवतीको पवित्र धार्मिक क्षेत्र छतारामा  बास बस्ने गरिन्छ ।
सातौ दिनमा  देखि नवौ दिन सम्म छतरामा बास बस्ने धामि बसाल्ने र सबैलाई पोकामा रहेको सामान दिई हसायर मात्रै बडीमालिका प्रस्थान गर्ने चलन छ । सो टेलीका साथमा २ जना लिङ्गो बोक्ने मानिस छताराबाट लगेर जाने परम्परागत चलन हो ।
दशौ दिनमा खलाटुप्पा बाट लिङ्गो काट्ने सोहि ठाउँमा बास बस्ने गरिन्छ। 
एघारौं दिनमा भित्ति भन्ने ठाउँमा बास बस्ने पर्ने धार्मिक नियम रहेको छ ।
बारौ दिनमा  त्रिबेणिमा पुगेक जुम्लाको चन्दननाथको प्रतिनिधी मण्डलसगका मान्छे हरु सित सहमति गर्ने नरिवल निगाललोको लठ्ठी दिने र जुम्लाको टोलले बिच मिठाइँ दिने चलन छ । 
तेर्हौ दिनको  कालिकाटका पुजारीका साथ रहने बडीमालिका माताको बिशेषा छत्रले बिहान संयुक्तरूपमा नुहायर दुबै टोली बडिमालिका तर्फ प्रस्थान गर्ने  पर्ने चलन पृथ्वीनारायण शाहको पालदेखि चलिआएको छ ।
चौधौ दिनमा  श चतुरदशिका दिन बडिमालिकामा पुजा गरि विष्णु पानी बुढीमाइ र ब्रम सरोवर अर्थात धौलपुरी दहको दर्शन गर्दै साँझ नाटेश्वरिमा पुगेर १ रात्री पडेस्नु गर्ने गरीन्छ ।
पन्ध्रौं दिन जनै पूर्णिमाका दिन हातमा कलवा धारण गर्ने जनै फेर्ने लगायतका कर्म गरेर नाटेश्वरि मन्दिरको बाहिर पट्टी रहेको कालिका देवीलाइ बोका नरिवल  हाँस लगायतले बलिदिने चलन छ ।
सत्रौ दिनमा डोटीको गोरखनाथ अर्थात गोर्खाली प्रतिनिधी मण्डल नाटेश्वरि बाट फिर्ता भयर सिलगढिमा पुगेर शैलेश्वरी माताको दर्शन पुजा गरेर वर्षमा एक पटक विशेष महत्वका साथ गरीने बडीमालिका पुजा पुरा हुने गर्दछ ।

बाजुरा जिल्लास्थित बडीमालिका भगवती पूजाका लागि वैदिक विधिअनुरूपका पूजाको डोलीसहित जुम्लाबाट सरकारी टोली त्यसतर्फ पैदलै प्रस्थान गर्ने गर्छ। 
जनैपूर्णिमाको दिन लाग्ने मेलाका लागि फूलप्रसादसहितको सरकारी डोली पठाइन्छ। सो डोली बडीमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ता समय लाग्ने गर्छ। सो डोली लैजाँदा पैदलै जानुपर्ने परम्परा रहेको छ।  बडीमालिका पूजा गर्न जाने टोलीलाई  धुमधामसाथ बिदाइ गर्ने चलन रहेको छ। 
तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा हरेक साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन बडीमालिकाको पूजा गर्न जाने प्रचलन रहिआएको छ। 
जुम्लामा नेपाली सेनाको एक टुकुटीले वटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण, पाँचवटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोलीसहित बडीमालिका हिँडेको टोलीलाई भव्य बिदाइ गर्ने गर्छ। परम्परा अनुसार नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडीमालिका जाने चलन रहेको छ। डोटी बाजुराको टोली बडीमालिका आउने जुम्लाको टोली बडीमालिका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ। बडीमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट बर्सेनि डोल धजा सहितका टागो चढाउने  चलन रहेको छ।


नेपाली सेनाको सलामीसहित टोलीलाई जुम्लाका भक्तजन, सरकारी प्रतिनिधिले फूलमाला अबिरसहित बिदाइ गर्दछन।  जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी पाँचवटा पूजाका सामान ‘पेटारो’ नामक झोलीमा राखेर बडीमालिका मन्दिरमा पूजाका लागि पठाउने गरीन्छ।
बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ। सोहीअनुसार बडीमालिकाबाट टोली हिँडेको १७ दिनपछि जुम्ला फर्किने परम्परा छ। श्री ५ पृथ्वीनारायण शाहकै पालादेखि जनैपूर्णिमाका दिन बडीमालिकामा लाग्ने विशेष मेलामा सरकारीस्तरबाट पूजा पठाउन थालिएको बताइन्छ।   

रेडियो बडीमालिका ९५.२ मेगाहर्ज

त्रिवेणी सञ्चार बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित  रेडियो बडीमालिका ९५.२ मेगाहर्ज बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ७कैलाशमाडौं डाँडाबाट नियमित प्रसारण भैरहेको सामुदायिक रेडियो हो । सुदूरपश्चिम प्रदेशबाजुरा जिल्लात्रिवेणी नगरपालिकामा अवस्थित  नेपालकै पवित्र धार्मिक स्थल बडीमालिका क्षेत्रमा  श्री त्रिवेणी संचार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो बडीमालिका ९५.२ मेगाहर्जको फ्रिक्वाइन्सी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयफ्रिक्वाइन्सी व्यवस्थापन तथा वितरण शाखाबाट  मिति २०७६ साल असार ३१ गते प्राप्त भएको जानकारी  त्रिवेणी नगरपालिकातोलीबाजुरा मार्फत प्राप्त भएको हो  
त्यस पछि मिति २०७६ साल मंसिर २४ गते त्रिवेणी नगरपालिका तोलीबाजुरामा रेडियो बडीमालिका ९५.२ मेगाहर्ज दर्ता भई  १०० वाटको ९५.२ मेगाहर्ज फ्रिक्वाइन्सी सहीत  रेडियो बडीमालिका ९५.२ मेगाहर्जले सोही नगरपालिकाबाट मिति २०७७ साल साउन २९ गतेबाट नियमित प्रसारण अनुमती प्राप्त गरेकाे हाे । बाजुरा जिल्ला  दक्षिण पश्चिम क्षेत्रका ३ वटा नगरपालिका,  २ वटा गाउँपालिकाअछामका साँफेबगर नगरपालिकारामारोशन गाउँपालिकामेल्लेख गाउँपालिका,चौरपाटी गाउँपालिका लगायतका क्षेत्रहरुका बासिन्दाहरु साथै बाजुराअछामबझाङ जिल्लाका सञ्चारको  पहुँचबाट बाहिर  रहेका  क्षेत्रहरुका बासिन्दाहरुलाई सञ्चारको प्रभावकारी माध्यमका रुपमा रेडियो बडीमालिका ९५.२ मेगाहर्जले जोड्ने काम गरी रेडियो नियमित रुपमा सञ्चालन भैरहेको छ । यस रेडियोले समाचार, वैदिक सनातन धर्म अन्तरगत श्रीमद्भागवत, रामायण, पुराण, गिता, बुद्द धर्मदर्शन,     ओम शान्ति लगायतको क्रिश्चियतन धर्मकाे सुसमाचार लगायत समाचारमूलकसचेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु नियमित प्रसारण गर्दै आइरहेको छ ।
  त्रिवेणी नगरपालिका तोलीबाजुराको सहयोगमा  सञ्चार मन्त्रालयबाट मिति २०७६ साल असार ३१ गते रेडियो फ्रिक्वाइन्सी प्राप्त भएपछि त्रिवेणी सञ्चार बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित   रेडियो बडीमालिका ९५.२ मेगाहर्जले त्रिवेणी नगरपालिकामा मिति २०७६ साल मंसिर २४गते   दर्ता प्रक्रिया पुरा गरेको हो । बाजुरा र अछाममा हाल नियमित रुपमा रेडियो  बडीमालिका ९५.२ मेगाहर्ज अन्य  रेडियो भन्दा लोकप्रिय रहेको छ । रेडियो बडीमालिका ९५.२ मेगाहर्ज बाजुराका ५ वटा पालिकाहरुअछाम,डोटी र बझाङ्गका   केही पालिकाहरुका बासिन्दाहरु यस रेडियोबाट प्रत्यक्ष लाभान्वित भएका छन ।
त्यस पछि मिति २०७६ साल मंसिर २४ गते त्रिवेणी नगरपालिका तोलीबाजुरामा रेडियो बडीमालिका ९५.२ मेगाहर्ज दर्ता भई  १०० वाटको ९५.२ मेगाहर्ज फ्रिक्वाइन्सी सहीत  रेडियो बडीमालिका ९५.२ मेगाहर्जले सोही नगरपालिकाबाट मिति २०७७ साल साउन २९ गतेबाट नियमित प्रसारण अनुमती प्राप्त गरेकाे हाे । बाजुरा जिल्ला  दक्षिण पश्चिम क्षेत्रका ३ वटा नगरपालिका,  २ वटा गाउँपालिकाअछामका साँफेबगर नगरपालिकारामारोशन गाउँपालिकामेल्लेख गाउँपालिका,चौरपाटी गाउँपालिका लगायतका क्षेत्रहरुका बासिन्दाहरु साथै बाजुराअछामबझाङ जिल्लाका सञ्चारको  पहुँचबाट बाहिर  रहेका  क्षेत्रहरुका बासिन्दाहरुलाई सञ्चारको प्रभावकारी माध्यमका रुपमा रेडियो बडीमालिका ९५.२ मेगाहर्जले जोड्ने काम गरी रेडियो नियमित रुपमा सञ्चालन भैरहेको छ । यस रेडियोले समाचारसचेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु नियमित प्रसारण गर्दै आइरहेको छ ।
 समुदायको सुचनामा पहुँच पुर्याउनेसुचनाको माध्यमवाट सचेतशुसूचित र सक्रिय समाजको निर्माण गर्नेसंघप्रदेश सुशासन प्रति समुदायलाई आवद्ध गरी एकअर्का बिच समन्वयका लागि सहयोग गर्ने,स्थानिय समुदायमा संचालित कार्यक्रम तथा परियोजना कार्यहरुको प्रचारप्रसार गरी  पारदर्शि वनाउन सहयोग गर्नेलोकतन्त्रसुशासन र मानवअधिकारको पैरवी  गर्नेशिक्षास्वास्थ्य कृषिपर्यटनसहकारी र आर्थिक क्षेत्रको विकासका लागि सहयोग पुर्याउनेवातावरणीय परीवर्तन र उत्थानशीलता सम्बन्धी ज्ञानको प्रचारप्रसार गर्नेविपदजोखिम न्युनीकरण सम्बन्धी सचेतना फैलाउने ,धर्म,संस्कृती जीवनजगतका बारेमा ज्ञान र जानकारी दिई व्यक्तीमा सद्चरीत्रको नि,  स्थानिय सरकार,शैक्षिक गुणस्तर अभिबृद्दी गर्नेसरोकारवाला तथा विकास साझेदार निकाय बिच विकास र र्माण  गर्ने खालका कार्यक्रमबाट स्रोताहरु लाभान्वित भएका छन 
बाजुराका कुडा बेल्टमा र आसपासका जिल्लामा  रेडियो सिङ्गनल कमजोर रहेकोले त्यस क्षेत्र लगायत अन्य थप क्षेत्रमा सेवा दिनका लागि १०० वाट बाट १००० वाट क्षमता विकास गर्न आवश्यक रहेको छ ।   रेडियो बडीमालिका ९५.२ मेगाहर्जले बाजुरालाई सेवा क्षेत्र बनाएको भए पनि  बाजुराका आसपासका क्षेत्रमा समेत सेवा दिइरहेका छ  । साथै यस क्षेत्रको भाषासंस्कृतिलाई सुदूरपश्चिम प्रदेश लगायत देशका अन्य क्षेत्रहरु लगायत बिश्वभरी बिस्तार एवं प्रचारप्रसार गर्नका लागि यसको क्षमता बढाउन आवश्यक रहेको छ । हाल ०७८।७९देखि ०८९।८०को मंसीरसम्म रेडियोको क्षमता अझ बढी प्रभावकारी रुपमा बढाई सेवा दिने लक्ष्यका योजना बनाएकाे भए पनि आर्थिक अभावका कारण हाल क्षमता बिस्तार कार्य संभव भएकाे छैन  रेडियोलाई व्यवस्थीत रुपमा सञ्चालन गर्ने सम्पूर्ण कार्यका लागि छुट्टै रेडियो संचालन उपसमिति समेत गठन गरि वैङ्क खाता समेत संचालनमा ल्याउने व्यवस्था गर्न लागीएको छ । 

  रेडियो बडीमालिका ९५.२ मेगाहर्ज (सामुदायिक)को पृष्ठभूमी :–
नेपालका ७७ जिल्लाहरुमध्ये बाजुरा जिल्ला पनि एक हो । सुदुरपश्चिमाञ्चलको हिमाली जिल्ला वाजुरा भौगोलिक रुपमा विकट र दुर्गम रहेको भए  पनि प्राकृतिक स्रोतसाधन,  सौन्दर्यजैविक विविधताधार्मिक स्थलका कारण धेरै धनी जिल्ला हो  हालसम्म स‌ंघप्रदेश लगायत देशका निती निर्माता र देश तथा बिदेशका विकास साझेदार संस्थाको सहयाेग बाजुरामा अति न्यून मात्रमा उपलब्ध भैरहेकाे छ । केन्द्र र प्रदेशबाट वितरण हुने  योजनाकार्यक्रमहरु  बाजुरामा थाेरै मात्र उपलब्ध हुने भएकाले यहाँकाे  विकास हुन अझै धेरै समय लाग्ने देखिन्छ    राजनैतिक रुपमा एउटै निर्वाचन क्षेत्र रहेको भएपनि स्थानिय स्तरमा ४ वटा नगरपालिका र ५वटा गाउँपालिकामा विभाजित बाजुरा भौगोलिक रुपमा पुर्वि उत्तरी र पश्चिम दक्षिणी क्षेत्रमा विभाजित रहेको देखिन्छ । यस जिल्लाको कुल क्षेत्रफल २०२७६ हेक्टर छ ।
यहाँको जनसंख्या गरीबी,अशिक्षा र अन्धविश्वासबाट ग्रसीत  रहेको छ । हालसम्म सार्वजनिक यातायातको साधनहरु सञ्चालन गर्ने माध्यमहरु मोटर बाटोले जिल्लाको सदरमुकाम मार्तडी जोडिएको भए पनि वर्षामा यातायात सञ्चालन हुन सकिरहेको छैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा जिल्लाको अवस्था अत्यन्त दयनिय रहेको छ ।

   अन्य जिल्लाको अनुपातमा वाल तथा मातृ मृत्युदर अधिक रहेको छ । २२ औं शताव्दीमा पनि जिल्लामा सामाजिक तथा लैङ्गिग विभेद कायम छ । दलितहरुसंग छोईयो भने छिटा  हाल्ने चलन भने हटेकाे देिखिन्छ तर दलितहरुलाई  अछुत मान्ने कुचलन यथावत नै छ र महिलाहरु महिनावारी हुदा अलग राख्ने छाउपडी प्रथा कायमै छ  । महिलाहरुलाई सामाजिक कार्यमा सहभागि हुन सक्ने सामाजिक वातावरण अझै पनि बनिसकेकाे छैन । विकास र पुर्वाधारका कामहरु न्युन हुनु र भएका कार्यहरु पनि गुणस्तरीय नहुनु  बाजुराकाे विकासको मुख्य समस्या हो । सडक संजालले जिल्लालाई छोएपनि हालसम्म सदरमुकामसम्म सार्वजनिक यातायातको साधनका रुपमा वससेवा पनि अनियमित छ । यस्तो अवस्थामा जिल्लाको यातायातको एकमात्र माध्यम वनिरहेको कोल्टी एर्पोटले समुदायलाई थोरै भए पनि राहत दिने गरेको छ । बाजुराकाे पुरानो सदरमुकाम वरपर उपयुक्त स्थानमा हवाई यातायात सुविधा बिस्तार गर्न  बिमानस्थलकाे आवश्यकता रहेको छ ।
     विश्व २२ औं शताव्दीको आधुनिक युगमा प्रवेसगरि सक्दा पनि संचार र प्रविधिको विकासले यस क्षेत्रलाइ वाहिरी संसारसंग जोडन सकिरहेको छैन । स्थानिय समुदायले संचारको माध्यमको रुपमा रेडियो वाहेक केही अनलाईनकाे थाेरै भए पनि विकास भएको ति सञ्चार माध्यमहरुकाे सेवा प्राप्त गरेका छन   संचार माध्यमको उपलब्धताले समुदायको चेतना स्तर सकारात्मक परीवर्तन आउन थालेको छ । नागरिक अधिकार र कर्तव्यको वारेमा समुदाय सुशुचित नहुनाले स्थानिय सरकारको उपस्थितीविकास र सामाजिक गतिविधीमा समुदायको सक्रियतामा कमी छ ।   सञ्चारकाे बिकासका कारण   बाजुरा र यसकाे वरपरको क्षेत्रमा  रुढीवादी मान्यता र संस्कारले वालविवाहछाउपडी प्रथाधामीझाँक्री प्रथाछोईछिटो हाल्नेलैंङ्गिक विभेदजातिय विभेद जस्ता गलत परम्पराहरुमा सुधार भैरहेको छ । यस्ता प्रथाहरुबाट समाजलाई उन्मुक्ती दिन रेडियो बडीमालिका कोषे ढुङ्गाको काम गरीरहेको छ ।

रेडियो बडीमालिका ९५.२ मेगाहर्ज (सामुदायिक)को भौतिक अवस्था :–
त्रिवेणी सञ्चार बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो बडीमालिका ९५.२ मेगाहर्जको आफ्नै भवन र १०० फिट उचाईको रेडियो टावर रहेको छ । भवनमा ८ ओटा कोठाहरु रहेका छन । १ कोठा प्राबिधिक कक्षका रुपमा प्रयोग भैरहेको  छ । भवनका ८ कोठाहरु मध्ये  कार्यक्रम प्रसारण र रेकडिङ्गका लागि दुई वटा स्टुडियो निर्माण गरिएको छ । भवनको   दोस्रो तला निर्माणा  भैसकेकाेछ ।  दोस्रो तलामा कार्यालय प्रयोजन लगायत पत्रकारकर्मचारी र पाहुनाका लागि प्रयोग हुने गरी तीनवटा कोठा निर्माण भैरहेका छन 
रेडियो बडीमालिका ९५.२ मेगाहर्ज (सामुदायिक)को उपकरणको अवस्था :

उपकरण ,सरसमान तथा भवन

ट्रान्समिटर

हेडफोन एडप्टर

प्रिन्टर  १ थान

कार्यक्रम संचालन स्टुडियो १

डीभाइडर

न्युटेक्स

ल्याबटप  १ थान

कार्यक्रम रेकर्डिङ्ग स्टुडियो १

मिक्चर २ थान

ब्याट्री २०० एएच ४ वटा

टेलीफोन सेट दुई थान

प्राबिधिक कक्ष १

सेन्सर माइक ३ थान

एन्टेना ४ वे र टावर ‍(१०० फिट)

साउन्ड बक्स   थान २

हल १

डिभाइडर वायर

वायर

अउडियो केबल

वाथ तथा फ्रेस रुम ३(अट्याच-)

माइक स्टान्ड     ४ थान

कार्पेट

कनेक्टर

अन्य कोठा ३

हेडफोन   थान ५

कम्प्युटर २ थान

रेर्कडर

दुई तले पक्की भवन

आउटर हार्ड डिस्क

पेन ड्राइभ ३ थान

डिसटीभी र राउटर

वालएटेच टेबुल ३ थान प्राबिधिक कक्ष

ग्यास चूलो

खाना पकाउने भाडा १ सेट

विजुलीका सरसमानहरु

आधुनिक किचन १

ग्यास शिलिन्डर

खाना खाने भाँडाकुडा १ सेट

रिबल्विङ्ग चियर ४ थान

बाल्कोनि १

केलबहरु

खानेपानी पाइप

कुर्चि पलाष्टिक १० थान

 रेष्ट रुम   (अट्याचफ्रेस रुम सहित)

केमिकल अर्थिङ्ग १ सेट

तामाको पाता अर्थिङ्ग १ सेट

ब्याट्री १०० एएच ४ वटा

खानेभाँडाकुडाहरु कुकर सहि

 कनेक्टर तारहरु

इन्भरटर २ थान

कलशटेबुलप्रसारण स्टुडियो १ थान

 

 रेडियो बडीमालिका ९५.२ मेगाहर्ज (सामुदायिक)को प्रसारण क्षेत्र :–
रेडियो बडीमालिकाको बाजुराको ५ वटा पालिका र अछामका ४ वटा पालिका लगायत अछामबाजुराबझाङ्गडोटीको उच्च भागहरु प्रसारण क्षेत्र रहेको छ । रेडियो बडीमालिका १०० वाटको रेडियो भए पनि बाजुरा र अछाममा धेरै राम्रो सुनीने गरेको छ । 
यस पछि रेडियो बडीमालिकाको क्षमता विकास गरेर १००० वाट  पुर्याउने उद्धेश्य सहित भावी दिनमा यसको प्रसारण कुनै दिनमा नेपालभरी गर्ने लक्ष्य रहेको छ ।

सामुदायिक रेडियो बडीमालिका ९५.२ मेगाहर्जको जनशक्तीको अवस्था :–
रेडियो बडीमालिकामा ४ जना पूर्णकालीन जनशक्ती र ३ जना पार्टटाइम जनशक्ती रहेको छ । बिशेष गरी थोरै जनशक्तीबाट धेरै उपलब्धी हासील गरेको रेडियोको रुपमा रेडियो बडीमालिकाले आफनो पहिचान बनाउन सफल भएको छ । आगामी दिनमा जनशक्ती थप गर्ने कार्ययोजना छ  । हाल रेडियोको सञ्चालक समितिका ७ जना सदस्य समेत ले समयदान गरी रहेकाछन ।

नेपाल सरकार बिज्ञापन बोर्डले देशभरीका ६३८ सामुदायिक रेडियोलाई लाेककल्याणकारी बिज्ञापनका लागि छनोट गरेकाेमा  बिज्ञापन बोर्डले रेडियो बडीमालिका २७७ स्थानमा सूचीकरण गरेकाे छ । बाजुरा लगायत यस वरपरका सबैमा रेडियो बडीमालिका गुणस्तरीय कार्यक्रम प्रसारण गर्ने प्रतिवद्दता व्यक्त गर्दै सबैमा सहयोग,समर्थनरेडियो सुनेर सल्लाहसुझाव र प्रतिक्रिया दिन अनुरोध गर्दछ ।

त्रिवेणी नगरपालिका,बाजुरा स्थित बडीमालिका माताको सान्निध्ता प्राप्त रेडियो बडीमालिका यहाँसम्म पुग्न सहयोग गर्ने त्रिवेणी नगरपालिका र सबै सहयोगी हातहरुलाई नमन छ ।

                                                                                    जय बडीमालिका

                                                            बडीमालिका माताले हामी सबैकाे कल्याण गरुन  !

[email protected]       wwww.radiobadimalika.com.np  Contect No: 9858487900

 

 

प्रतिकृया दिनुहोस

बडीमालिकाबाट तीर्थालुहरु नाटेश्वरी मन्दिर पुगे, जनै पूर्णिमा र रक्षा बन्धनका अवसरमा बाजुराको नाटेश्वरी मन्दिरमा भदौ १४ विहानैदेखि पूजा गर्न सकिने

बडीमालिका मन्दिरबाट तीर्थालु नाटेश्वरी मा पुगे,    जनै पूर्णिमा र रक्षा बन्धनका अवसरमा बाजुराको नाटेश्वरी मन्दिरमा भदौ १४ विहानैदेखि पूजा गर्न

नेपालको दिव्य तिर्थ बडीमालिका : धरतीको स्वर्ग

दिव्ब तिर्थ बडीमालिका : धरतीको स्वर्ग बडीमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो । बडीमालिका  सुदूरपश्चिम

राष्ट्रपति भण्डारीद्वारा त्रिवेणी नगरपालिका बाजुरा स्थित माता बडीमालिका लगायत खप्तडमा पुजा, बाजुरा लगायतका क्षेत्रमा खुसीयाली

बाजुरा १८,जेठ-  राष्ट्रपति विद्यादेवी भण्डारीले  त्रिवेणी नगरपालिका बाजुरामा अवस्थित   माता बडीमालिकाकाे  बुधबार बिहान पूजा आराधना गर्नुभएको छ ।