पूर्वसभामुख सुवास नेम्वाङको निधन: प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त (फोटो फिचर)

प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली (फोटो फिचर)

ललितपुर, भदौ २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जानु भई पूर्वसभामुख नेम्वाङलाई श्रद्धाञ्जली दिनुभएको छ ।यसैगरी, नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगर, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महतसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत नेम्वाङलाई श्रद्धाञ्जली दिन च्यासल पुग्नुभयो । यसैगरी, सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै मन्त्री शर्माले पूर्वसभामुख नेम्वाङले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा खेल्नुभएको भूमिकाको उच्च सम्मान गर्नुहुँदै   सरकारले राजकीय सम्मान प्रदान गरी अन्त्येष्टि गर्ने र त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो ।

यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेलगायत नेताहरूले पूर्वसभामुख नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको ठुलो उपस्थिति छ ।सोमबार राति हृदयाघातका कारण नेम्वाङको उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लैजाने क्रममा बाटोमा निधन भएको थियो । यसैबीच राष्ट्रिय जनमोर्चाले पनि विज्ञप्तिमार्फत उहाँको निधनमा दुःख व्यक्त गर्दै शोक प्रकट गरेको छ । 

https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/1_52.jpg

https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/27.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/32.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/30.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/29.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/28.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/26.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/25.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/21.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/20.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/19.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/18.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/17.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/13_2.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/9_11.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/8_15.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/7_18.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/6_19.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/4_33.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/3_43.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/2_50.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/16_1.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/12_7.jpg https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/11_3.jpg

साभार : गोरखपत्र 

प्रतिकृया दिनुहोस

नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौ, असोज ८ - नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र उहाँका चिनियाँ समकक्षी लि

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता: द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रुपमा छलफल

  काठमाडौ, असोज ६ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीन फिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ।  चीनको

राजनेता सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि: दुई छोराले दिए दागबत्ती

काठमाडौं, भदौ २८- राजनेता सुवासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।  नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका