पूर्वसभामुख सुवास नेम्वाङको निधन: प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त (फोटो फिचर)
प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली (फोटो फिचर)
ललितपुर, भदौ २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जानु भई पूर्वसभामुख नेम्वाङलाई श्रद्धाञ्जली दिनुभएको छ ।यसैगरी, नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगर, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत नेम्वाङलाई श्रद्धाञ्जली दिन च्यासल पुग्नुभयो । यसैगरी, सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै मन्त्री शर्माले पूर्वसभामुख नेम्वाङले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा खेल्नुभएको भूमिकाको उच्च सम्मान गर्नुहुँदै सरकारले राजकीय सम्मान प्रदान गरी अन्त्येष्टि गर्ने र त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो ।
यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेलगायत नेताहरूले पूर्वसभामुख नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको ठुलो उपस्थिति छ ।सोमबार राति हृदयाघातका कारण नेम्वाङको उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लैजाने क्रममा बाटोमा निधन भएको थियो । यसैबीच राष्ट्रिय जनमोर्चाले पनि विज्ञप्तिमार्फत उहाँको निधनमा दुःख व्यक्त गर्दै शोक प्रकट गरेको छ ।
साभार : गोरखपत्र
नेपाली सेनालाई स्वर्ण पदक
नेपाली सेनालाई स्वर्ण पदक काठमाडौँ, असोज २७ गते । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली
प्रधानन्यायाधीशमा प्रस्तावित प्रकाशमानसिंह राउत संसदीय सुनुवाइबाट अनुमोदित
प्रधानन्यायाधीशमा प्रस्तावित प्रकाशमानसिंह राउत संसदीय सुनुवाइबाट अनुमोदित काठमाडौँ,आश्विन १७,२०८१-सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा
आज घटस्थापना, दसैँ सुरु, घटस्थापनाको साइत ९:१६बजे
आज घटस्थापना, दसैँ सुरु घटस्थापनाको साइत ९:१६बजे काठमाडौँ ,असोज,१७,२०८१ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको
प्रतिकृया दिनुहोस