नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मतरुपमा दोस्रो कार्यकालका लागि पुन: निर्बाचित :
नेपाल क्रिकेट सङ्घ (क्यान)को सचिवमा पारस खडका विजयी
काठमाडौं, असोज ६- नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टिमलाई भारत र पाकिस्तानको उचाइमा पुर्याउने चुनौती रहेको बताउनुभएको छ। क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बन्नुभएका चन्दले आज सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले क्रिकेटको विकासका लागि सरकारले भौतिक संरचनामा ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको हो।
“आगामी तीन महिनाभित्र घरेलु संरचनालाई नयाँ किसीमले बदल्नुपर्छ”, उहाँले भन्नुभयो। अध्यक्ष चन्दले पद पाएसँगै जिम्मेवारी पाएको उल्लेख गर्दै क्रिकेटलाई नयाँ ढङ्गले अगाडि बढाउने बताउनुभयो।
अघिल्लो कार्यकालभन्दा यसपटक केही नयाँ किसिमबाट राम्रो काम गर्ने उहाँको भनाइ छ। यस्तै क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित हुनुभएको छ।
क्यानको सचिव पदमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का विजयी हुनुभएको छ। क्यानको आज भएको केन्द्रीय निर्वाचनमा पूर्व कप्तान खड्का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पछि पार्दै निर्वाचित हुनुभएको हो। उहाँ क्यानको बागमती प्रदेशका अध्यक्षसमेत हुनुहुन्छ। कुल ८५ मतदाता रहेकामा खड्काले ४८ पत प्राप्त गर्नुभयो। उहाँको प्रतिद्वन्द्वीले ३७ मत प्राप्त गर्नुभयो।
निर्वाचित सचिव पारसले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने विचार व्यक्त गर्नुभयो। क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहनेसमेत उहाँको भनाइ छ।
त्यस्तै क्यानको अध्यक्षमा चन्द पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो। उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष खड्का निर्विरोध निर्वाचित हुनुभएको थियो।
महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित हुनुभयो। सदस्यमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी पनि सर्वसम्मत चयन हुनुभयो।
अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक–एक जना सदस्य र खुला पाँच सदस्यका लागि पनि चुनाव भएको थियो। त्यसमा कोशीबाट अर्जुन पौडेल ४७ मत प्राप्त गर्दै विजयी हुनुभयो। मधेस प्रदेशबाट माधवकुमार कर्मचार्य र मोहम्मद दाउद अन्सारीको भोट ४२ बराबर हुँदा गोलाप्रथाबाट माधवकुमार कर्माचार्य विजयी हुनुभयो।
त्यस्तै गण्डकीबाट सुदीप शर्मा ५२ मतसहित विजयी हुनुभयो भने बागमतीमा दिवाकर घले ४६ मत ल्याएर विजयी हुनुभयो। सुदुरपश्चिमबाट विक्रम विष्ट ४९ भोट प्राप्त गर्दै विजयी हुनुभयो। खुला सदस्यमा धीरेन्द्र साउद ५९ र दुर्गाराज पाठक ५४ ल्याएर निर्वाचित हुनुभयो।त्यस्तै आयुष श्रेष्ठले ५१ मत प्राप्त गर्नुभयो भने वीरेन्द्र चन्द ३४ मत ल्याएर विजयी हुनुभयो। करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत प्राप्त गर्नुभयो र गोलाप्रथा गर्दा महतरा विजयी हुनुभयो।पाँच प्रदेशबाट चयन हुने एक–एक सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको थियो। खुलातर्फका पाँच जनाका लागि १३ को उम्मेदवारी परेको थियो। क्यानको निर्वाचनमा कुल ८५ जनाले मतदान गर्नुभएको थियो। रासस
कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा क्यानका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाइ ज्ञापन
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित अध्यक्ष र पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, सचिवमा निर्वाचित पारस खड्कासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो ।
कार्यवाहक प्रधानमन्त्री खड्का शुक्रबार सुरु भएको नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।
एसियाली खेल महाकुम्भ : १९औं एसियाडको चीनको हाङझाउस्थित हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भब्य सुभारम्भ
उद्घाटनमा मार्चपास गर्दै नेपालका खेलाडी । तस्बिर : सौजन्य राजेन्द्र चित्रका हाङझाउ, असोज ६ -एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद
थ्री नेसन्स कपको उपाधि नेपाललाई
काठमाडौं,चैत १७ - नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु
युएईलाई हराउँदै नेपाल विश्वकपका लागि छनोट
काठमाडौं, चैत २- ईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल एकदिवसीय
प्रतिकृया दिनुहोस