भारतको त्रिपुरा पुगिन् बंगलादेशी प्रधानमन्त्री

आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरबाट भारत पुगीन

काठमाडौँ — बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरमा उडेकी थिइन् । केहीबेर अघि उनी भारतको त्रिपुरा राज्य पुगेकी छन् ।

 

 

 

इतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले मुलुक छोडेकी हुन् । यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् । बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भीड जम्मा भएको जानकारी दिएको छ ।उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ । बंगलादेशमा केही समय मत्थर बनेको सरकारविरोधी आन्दोलन आइतबारदेखि पुन: चर्किएको थियो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको थियो ।

 

 

 

'विभेदविरोधी विद्यार्थी आन्दोलन' को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ-ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ढाकामा सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ । राजधानी ढाकामा गाउँगाउँबाट समेत प्रदर्शनका लागि मानिसहरू आएको समाचारमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन, प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा महारानीको निधनमा गहिरो दुःख व्यक्त

काठमाडौं, २३ भदौ -बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको आज ९६ वर्षको उमेरमा निधन भएको हो । उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन्

रुसी यानबाट फर्कंदै अमेरिकी अन्तरिक्षयात्री

काठमाडाैं-झण्डै एक वर्ष अन्तरिक्षमा रहेका अमेरिकी अन्तरिक्षयात्री मार्क भान्डे हेई रुसी यानबाट पृथ्वीमा फर्कने तयारीमा छन्। रुसले युक्रेनमा

पोल्यान्डकी क्यारोलिनालाई विश्व सुन्दरीको उपाधि

काठमाडौँ,चैत्र - पोल्यान्डकी क्यारोलिना बिलावस्काले विश्व सुन्दरीको उपाधि जितेकी छन् । अमेरिकाको पोर्तेओमा सम्पन्न ७० औं संस्करणको विश्व