मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न मिल्दैन: प्रधानमन्त्री ओली
मुलुक अध्याँरो युगबाट भर्खरै उज्ज्यालो युगमा प्रवेश गरेकाले युवाहरु निराश हुन नहुने

मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न मिल्दैन: प्रधानमन्त्री ओली
काठमाडौं, फागुन १३ गते - प्रधानमन्त्री ओलीले मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताउनुभएको छ। काठमाडौको पाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अध्याँरो युगबाट भर्खरै उज्ज्यालो युगमा प्रवेश गरेकाले युवाहरु निराश हुन नहुने बताउनुभएको छ ।
उहाँले सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिनुभयो ।
“खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ । तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन । आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन । शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । एसइईमा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ ।’’ त्यसैगरि प्रधानमन्त्री ओलीले एसइइमा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताउनुभयो ।
बाजुराको मालाकोटमा क्यान्सर पिडित आमाको मृत्युपछि टुहुरा बनेका तीन भाइलाई सहयोगका लागि अनुरोध
-खेम मिजार बाजुरा- बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७, मालाकोट गाउँमा आमाको मृत्यु भएपछि टुहुरा बनेका तीन दाजुभाइलाई सहयोग गरि दिन

बाजुरामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा संचालन
स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा संचालन -भावना बुढा त्रिवेणी,कैलाशमाडौ,बाजुरा,फागुन,११ गते- बाजुरा जिल्ला त्रिवेणी

बाजुराका नौ स्थानीय तह मध्ये संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा बुढिगंगा नगरपालिका प्रथम
बाजुरा जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा बुढिगंगा नगरपालिका प्रथम -नविन अयडी त्रिवेणी,कैलाशमाडौ,बाजुरा,
प्रतिकृया दिनुहोस