नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख क्रितिमानधारी खेलाडी दीपेन्द्रसिंह ऐरी सम्मानित
सम्मानपत्रसहित रु ५१ हजार पुरस्कार

महेन्द्रनगर,फागुन,१३ गते- नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रितिमानधारी खेलाडी दीपेन्द्रसिंह ऐरी सम्मानित भएका छन । उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले दोसल्ला र सम्मानपत्रसहित रु ५१ हजार पुरस्कार सहित एरीलाई सम्मानित गरेको हो । सोहि अवसरमा ऐरीलाई रथमा महेन्द्रनगर बजार परिक्रममा गराइएको थियो ।
ऐरीले सन् २०२३ सेप्टेम्बर २७ मा चीनको हाङ्गजाउमा एसियन गेमअन्तर्गत मङ्गोलियाविरुद्ध टी-२० आई खेलमा सर्वाधिक छिटो नौ बलमा अर्धशतक प्रहार गरेर भारतीय पूर्वक्रिकेटर युवराज सिंहले सन् २००७ को टी-२० विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक बनाएको कीर्तिमान ताेडका थिए । अन्तरराष्ट्रिय क्रिकेटमा एक ओभरमा छ छक्का हान्ने खेलाडीको सूचीमासमेत ऐरीको नाम दर्ता भएको छ । दीपेन्द्रले १३ अप्रिल २०२४ मा एसिसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा छ छक्का हानेर अर्को ‘रेकर्ड’ बनाएका थिए ।
ऐरी ब्याटिङमा मात्रै नभई बलिङ र फिल्डिङमा पनि अब्बल मानिन्छन् । ऐरी आइसिसीको टी-२० आई वरियता अलराउण्डरतर्फ शीर्ष छ मा पर्ने पहिलो नेपाली खेलाडी हुन् ।

बाजुराको त्रिवेणी नगरपालिकाद्वारा बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा त्रिवेणी नगरपालिकाबाट सहभागि प्रशिक्षकहरु, व्यवस्थापकहरु र विभिन्न पदक जित्ने खेलाडीहरूको सम्मान र बिदाई कार्यक्रमको आयोजना
१५ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा त्रिवेणी नगरपालिकाबाट सभागित विभिन्न पदक जित्ने खेलाडीहरू, प्रशिक्षकहरु र व्यवस्थापकहको सम्मान र बिदाई

बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १५ औं संस्करण भानोदय माध्यमिक विद्यालय नौबिस बाजुरामा आजबाट विधिवतरुपमा शुरु
बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १५ औं संस्करण भानोदय माध्यमिक विद्यालय नौबिसबाजुरामा आजबाट विधिवतरुपमा शुरु -नविन

एसियाली खेल महाकुम्भ : १९औं एसियाडको चीनको हाङझाउस्थित हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भब्य सुभारम्भ
उद्घाटनमा मार्चपास गर्दै नेपालका खेलाडी । तस्बिर : सौजन्य राजेन्द्र चित्रका हाङझाउ, असोज ६ -एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद
प्रतिकृया दिनुहोस