बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १५ औं संस्करण भानोदय माध्यमिक विद्यालय नौबिस बाजुरामा आजबाट विधिवतरुपमा शुरु
बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १५ औं संस्करण बाजुरा जिल्लाका ९ वटै स्थानीय तहका खेलाडीहरुको सहभागिता रहेको

बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १५ औं संस्करण भानोदय माध्यमिक विद्यालय नौबिसबाजुरामा आजबाट विधिवतरुपमा शुरु
-नविन अयडी
नौबिस,बाजुरा, फागुन १२ गते - बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १५ औं संस्करण भानोदय माध्यमिक विद्यालय नौबिसबाजुरामा आजबाट विधिवतरुपमा शुरु भएको छ । सो प्रतियोगितको भानोदय माध्यमिक विद्यालयका पूर्व शिक्षक,पूर्व साँसद, नेपाली काग्रेसका नेतासु, दूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभएपछि भानोदय माध्यमिक विदद्यालयको खेलमैदानमा प्रतियिगताको विधिवत शुरुवात भयो । बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १५ औं संस्करणको जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा सम्पन्न हुन लागेको हो ।