तीन प्रदेशका आठ प्रमुख सचिवको सरुवा

काठमाडौँ — सरकारले    हालै बढुवा भएका एक सचिवको पदस्थापन  र अन्य आठ जनाको सरुवा सरुवा तथा पदस्थापन गरेको छ।  विभिन्न तीन प्रदेशका तीन जना प्रमुख सचिव सिंहदरबार तानिएका छन् ।एक साता अघि नै मन्त्रिपरिषदको बैठकले निर्णय गरेको 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । त्यस्तै, रिक्त रहेको प्रदेश २ सरकारको प्रमुख सचिवमा भर्खरै सचिव बढुवा भएका कृष्णवहादुर राउतलाई खटाइएको छ ।

यसअघि महिला मन्त्रलायको सचिव रहेकी यामकुमारी खतिवडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहने गरि स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको सचिवमा सरुवा गरिएको छ ।

त्यस्तै, यसअघि स्वास्थ्यको प्रशासन सचिव रहेका खगेन्द्र प्रसाद नेपाललाई प्रधानमन्त्री कार्यालयमा विशेष दरबन्दी सृजना गरेर राखिएको छ । प्रधानमन्त्री कार्यालयमा जस्तै दरबन्दी सिर्जना गरेर शहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंहलाई पनि सरुवा गरिएको छ ।

स्रोतका अनुसार वागमती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई रक्षा मन्त्रलायमा सरुवा गरिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा तानिएको छ । सुदूरपश्चिम प्रदेशमा प्रमुख सचिव रिक्त रहेको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकारका सचिव सुशीलचन्द्र तिवारीको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको स्रोतले जनाएको छ । यसअघि सतर्कतामा रहेका दिनेश घिमिरेलाई उर्जा आयोगको सचिवमा सरुवा गरेको छ 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा भारतबाट फर्किने अधिकांश नेपालीहरुमा काेरना संक्रमण, अस्पतालमा भर्ना हुनेकाे संख्या बढ्दै

धनगढी  -भारतबाट  नेपाल फर्किने अधिकांश मानिसमा काेरना संक्रमण देखिन थालेपछि प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको प्रादेशिक अस्पताल अन्तर्गतको

२६ जना एसएसपीहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले २६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सुरुवा गरेको छ । बिहीबारको मन्त्रिस्तरीय निर्णयबाट एसएसपीहरूको सरुवा भएको हो