चुनावमा विभाजित भएर जाने छुट छैन : डा.शेखर कोइराला

‘केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन

काठमाडौँ ,बैशाख,१- पार्टीले चुनावमा तालमेल गर्ने निर्णय लिएपछि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको निर्णयबमोजिम एकजुट भएर चुनावमा केन्द्रीत हुन आग्रह गरेका छन् । कोइरालाले चुनावमा तालमेल गर्न नहुने भन्दै आएका थिए । नयाँ वर्षलाई चुनावी वर्षको रुपमा स्वागत र शुभकामना व्यक्त गर्दै नेता कोइरालाले अब विभाजित भएर चुनावमा जाने छुट कसैलाई पनि नभएको बताएका छन् ।

‘केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन । हाम्रा विरोधीहरू बलिया छन् र संगठित पनि । तसर्थ हामी एक हौँ भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ । म तपाईँहरूबाट यही अपेक्षा गर्दछु,’ उनले भनेका छन् ।

उनले पार्टीभित्रको मतभेद र मनभेदहरू पार्टीको आन्तरिक जीवनमा मात्रै सीमित राख्नुपर्ने बताएका छन् । ‘हामी बिचका मतभेद र मनभेदहरु पार्टीको आन्तरिक जीवनको विषय हो । र त्यस विरुद्ध हामी पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै गरौँला । पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध पनि हामी संघर्ष गरिरहने छौँ,’ कोइरालाले भनेका छन् ।

उनले उम्मेद्वार तय गर्दा पार्टीभित्र निष्पक्षताको लागि समेत आफू लड्न तयार रहेको बताएका छन् । ‘हरेक अनुकूल र प्रतिकुल परिस्थितिमा पनि हामी व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग लड्ने छौँ भनी प्रण गर्नु आजको आवश्यकता हो,’ उनले भनेका छन्, ‘तपाईँ हामीलाई इतिहासले फेरी एक पटक कांग्रेसलाई नवजीवन सञ्चार गर्ने गहन जिम्मेवारी सुम्पिएको छ । तसर्थ, स्थानीय निर्वाचनबाटै कांग्रेसको विजयी अभियानको हामी सबै सारथी बनौँ ।’

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: नीति, नेतृत्व र मनोवैज्ञानिक विभाजनको ऐतिहासिक मोड, नीतिगत रूपान्तरण र नयाँ नेतृत्व चयनको ऐतिहासिक अभ्यास

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: नीति, नेतृत्व र मनोवैज्ञानिक विभाजनको ऐतिहासिक मोड, नीतिगत रूपान्तरण र नयाँ नेतृत्व चयनको ऐतिहासिक

नेकपा एमालेभित्र पुनर्गठनको बहस : एमालेका नेता कर्णबहादुर थापाको प्रतिवेदनले दलको सर्बोत्तम हितका लागि उठान गरेको यक्ष प्रश्न ( प्रतिवेदन सहित)

एमालेभित्र पुनर्गठनको बहस : एमालेका नेता कर्णबहादुर थापाको प्रतिवेदनले  दलको सर्बोत्तम हितका लागि उठाएको यक्ष प्रश्न -रेडियो

उहिले र अहिलेको नेपाल–भारत सीमा विवाद: सत्य, यथार्थता र कूटनीतिक समाधान

नेपाल–भारत सीमा विवाद: सत्य, यथार्थता र कूटनीतिक समाधान बाजुरा- नेपाल र भारतबीच भौगोलिक, सांस्कृतिक र ऐतिहासिक रूपमा अत्यन्तै निकट र विशिष्ट

↑