नेपाली कांग्रेसको पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी हुने निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप

काठमाडौँ,  चैत, ५- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सो जानकारी दिनुभएको हो । उहाँले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिई मुलुकको चौतर्फी विकास र समुन्नतिका लागि पार्टी सरकारमा जाने निर्णय भएको बताउनुभयो ।  नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनका लागि प्रतिनिधिसभा सदस्यहरूका लागि ह्वीप लगाएको छ । कांग्रेस संसदीय दलको आइतबार बसेको निर्णयअनुसार सांसदहरूलाई दाहाललाई विश्वासको मत दिनका लागि ह्वीप लगाएको हो ।  संघीय संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले सांसदहरूलाई प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन ह्वीप लगाउने र सरकारमा सहभागी हुने निर्णय गरेको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपालको संविधानको धारा १०० को (२) बमोजिम नेपाली कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा उभिने निर्णय भएको जानकारी दिए ।

पार्टीकातर्फबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा कांग्रेसले योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता तथा प्रादेशिक सन्तुलनलाई आधार बनाउने निर्णय गरेको छ । गठबन्धन दलबीचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघि बढ्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको वर्तमान सरकारलाई समर्थन गर्ने र भोलि चैत ६ गतेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राख्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न पार्टी संसदीय दललाई निर्देश गर्ने निर्णय भएको प्रवक्ता डा.महतले जानकारी दिनुभयो ।  

यसैगरी पार्टी सरकारमा सहभागी हुने निर्णय भएसँगै आज बस्ने प्रतिनिधि सभाको बैठकमा कांग्रेस सत्तापक्षको लाइनमा रहने उहाँले जानकारी दिनुभयो । बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय यादवलाई बधाईसहित कार्यकाल सफलताको कामना दिने निर्णय गरेको छ । 

यसैगरी काठमाडौँमा सम्पन्न आइसिसी क्रिकेट विश्वकप प्रतियोगिताका विजयी नेपाली खेलाडीलाई बधाई दिँदै आगामी खेलमा विजयका लागि शुभकामना दिने निर्णय पनि गरेको कांग्रेस प्रवक्ता डा. महतले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता: द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रुपमा छलफल

  काठमाडौ, असोज ६ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीन फिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ।  चीनको

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, २५ ,फागुन  -राष्ट्रपतिमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ। राष्ट्रपति निर्वाचन

सङ्क्रमणकालीन न्याय :सङ्क्रमणकालीन न्याय निरूपणको मुद्दा कुनै एक दलसँग सम्बद्ध दलीय मुद्दा नभई मुलुककै साझा मुद्दा

  माओवादी जनयुद्धकालीन मुद्दा र सङ्क्रमणकालीन न्याय शान्ति सम्झौतामार्फत एक दशक लामो सशस्त्र द्वन्द्वको अवतरणसँगै तत्कालीन नेपाल