काठमाडौ स्थित हनुमानढोकाको दसैँघरमा राखियो जमरा 

वसन्तपुरमा रहेको दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी राखियो जमरा

 

काठमाडौ स्थित हनुमानढोकाको दसैँघरमा राखियो जमरा 

काठमाडौँ, असोज १७ गते । नेपालीहरूको महान् चाड बडा दसैँ  आजबाट सुरु भएको छ । यस अवसरमा बिहीबार वसन्तपुरमा रहेको दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको छ ।  बिहान ९ः१६ मिनेटको शुभ साइतमा दसैँ घरमा जमरा राखिएको हो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाई गरेको थियो भने दसैँ घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो ।

दसैँको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको, मकै, धानको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुप दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दुर्गा भगवतीको प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ ।

 

प्रतिकृया दिनुहोस

गोरखा दरबारमा राखियो जमरा

गोरखा दरबारमा राखियो जमरा     गोरखा — नवरात्रको पहिलो दिन बिहीबार गोरखा दरबारमा तीन पाथी जौको जमरा राखिएको छ । बिहान ९ बजेर १६ मिनेटको उत्तम

सुदूरपश्चिममा भारतबाट फर्किने अधिकांश नेपालीहरुमा काेरना संक्रमण, अस्पतालमा भर्ना हुनेकाे संख्या बढ्दै

धनगढी  -भारतबाट  नेपाल फर्किने अधिकांश मानिसमा काेरना संक्रमण देखिन थालेपछि प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको प्रादेशिक अस्पताल अन्तर्गतको

तीन प्रदेशका आठ प्रमुख सचिवको सरुवा

काठमाडौँ — सरकारले    हालै बढुवा भएका एक सचिवको पदस्थापन  र अन्य आठ जनाको सरुवा सरुवा तथा पदस्थापन गरेको छ।  विभिन्न तीन प्रदेशका तीन जना