बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १५ औं संस्करण भानोदय माध्यमिक विद्यालय नौबिस बाजुरामा आजबाट विधिवतरुपमा शुरु
बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १५ औं संस्करण बाजुरा जिल्लाका ९ वटै स्थानीय तहका खेलाडीहरुको सहभागिता रहेको

बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १५ औं संस्करण भानोदय माध्यमिक विद्यालय नौबिसबाजुरामा आजबाट विधिवतरुपमा शुरु
-नविन अयडी
नौबिस,बाजुरा, फागुन १२ गते - बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १५ औं संस्करण भानोदय माध्यमिक विद्यालय नौबिसबाजुरामा आजबाट विधिवतरुपमा शुरु भएको छ । सो प्रतियोगितको भानोदय माध्यमिक विद्यालयका पूर्व शिक्षक,पूर्व साँसद, नेपाली काग्रेसका नेतासु, दूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभएपछि भानोदय माध्यमिक विदद्यालयको खेलमैदानमा प्रतियिगताको विधिवत शुरुवात भयो । बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १५ औं संस्करणको जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा सम्पन्न हुन लागेको हो ।
३ दिनसम्म संचालन हुने बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १५ औं संस्करण बाजुरा जिल्लाका ९ वटै स्थानीय तहका खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति, बाजारका अध्यक्ष राकेश थापाले जानकारी गराउनुभएको छ । अध्यक्ष थापाका अनुसार बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १५ औं संस्करणमा लमजम्प, हाइजम्प, ट्रिपल जम्प, १ सय मिटर, २ सय मिटर, चार सय रिले, ८ सय मिटर, १५ सय र ३ हजार मिटर दौड,भलिवल छात्रछात्रा,कबड्डी, कराते बक्सीङ्ग , टाइकान्डो उसु लगायतका खेलहरु खेलाइने छ ।
जिल्ला खेलकुद समिति बाजुराका अध्यक्ष राकेश थापाको अध्यक्षतमा संचालन भएको उद्घाटन कार्यक्रममा पुर्व उद्योगमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा,पुर्व प्रतिनिधी सभाका सदस्य लालबहादुर थापा,संविधान सभाका पुर्व सदस्य बसुन्धरा रोकाया विशिष्ट अतिथी रहेनुभएको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया,९ वटै स्थानीय तहका प्रमुख उप प्रमुख, अध्यक्ष उपाध्यक्ष,प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय, जिल्लास्थित राजनितिक दलका प्रमुख पत्रकारहरु, सहित सुरक्षा निकायका प्रमुख लगायत शिक्षक, खेलाडी लगायत स्थानीय वासिन्दाको उपस्थिती रहेको थियो ।

बाजुराको त्रिवेणी नगरपालिकाद्वारा बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा त्रिवेणी नगरपालिकाबाट सहभागि प्रशिक्षकहरु, व्यवस्थापकहरु र विभिन्न पदक जित्ने खेलाडीहरूको सम्मान र बिदाई कार्यक्रमको आयोजना
१५ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा त्रिवेणी नगरपालिकाबाट सभागित विभिन्न पदक जित्ने खेलाडीहरू, प्रशिक्षकहरु र व्यवस्थापकहको सम्मान र बिदाई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख क्रितिमानधारी खेलाडी दीपेन्द्रसिंह ऐरी सम्मानित
महेन्द्रनगर,फागुन,१३ गते- नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रितिमानधारी खेलाडी दीपेन्द्रसिंह ऐरी सम्मानित भएका छन । उद्योग वाणिज्य सङ्घ

एसियाली खेल महाकुम्भ : १९औं एसियाडको चीनको हाङझाउस्थित हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भब्य सुभारम्भ
उद्घाटनमा मार्चपास गर्दै नेपालका खेलाडी । तस्बिर : सौजन्य राजेन्द्र चित्रका हाङझाउ, असोज ६ -एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद
प्रतिकृया दिनुहोस