जर्मनीको बर्लिनमा वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्डबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे सम्मानित
मन्त्री पाण्डेद्वारा सम्मेलनमा ‘लगानी वृद्धि, शान्ति सुनिश्चितताः विकासको उपयोग, भविष्य निमार्ण’ कार्यपत्र प्रस्तुत

-रेडियो बडीमालिका समाचारदाता
काठमाडौ,फागुन २१ गते- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे हिमालयन क्षेत्रका मुलुकहरुबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्डबाट सम्मानित हुनुभएको छ । उहाँलाई जर्मनीको बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) ले आयोजना गरेको ‘वर्ल्ड टुरिजम् एण्ड एभिएसिन समिट-२०२५’ को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रियस्तर अवार्ड प्राप्ति नेपालकै पर्यटन क्षेत्रका लागि गौरवको विषय भएको र नेपालको पर्यटन प्रबर्द्धनका लागि सहयोग पुगेको पर्यटन व्यवसाहीको भनाई छ । यो अवार्ड प्राप्तिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे कुशल नेतृत्व तथा नेपाल सरकारको पर्यटन प्रबर्द्धनका लागि अवलम्बन गरिएका नीति तथा योजनाहरुको अन्तर्राष्ट्रिय मान्यता भएको बर्लिनमा सहभागी पर्यटन व्यवसायीहरुले प्रतिक्रिया दिए ।
अवार्ड ग्रहण गरेपछि प मन्त्री पाण्डेले भन्नुभयो - यस उपलब्धिलाई व्यक्तिगतभन्दा पनि नेपालकै पर्यटन क्षेत्रका लागि ठूलो सम्मानका रूपमा लिनुपर्ने हुन्छ। पाटवाबाट यो प्रतिष्ठित अवार्ड ग्रहण गर्नपाउनु खुसीको कुरा हो। यो अवार्ड मेरो मात्र होइन, नेपालको पर्यटन क्षेत्र र यसलाई विश्वस्तरमा स्थापित गर्न अहोरात्र मेहनत गरिरहेका सम्पूर्ण सरोकारवाला निकायलाई गरिएको सम्मान हो। नेपालको पर्यटन सधैं नवप्रवर्तन, सामुदायिक सहभागिता र दृढताका आधारमा अघि बढ्दै आएको छ। यो अवार्डले हामीलाई अझ दिगो र समावेशी पर्यटनका क्षेत्रमा थप काम गर्न प्रेरित गरेको छ।’
वर्ल्ड टुरिजम् एण्ड एभिएसिन समिट-२०२५’ मन्त्री पाण्डेले प्रविधिको विकाससँगै आएको आर्टिफिसियल इन्टेलिजेन्सले पर्यटन क्षेत्रमा ठूलो योगदान गरिरहेकोसमेत बताउदै प्रविधिलाई समुदाय-सञ्चालित पर्यटनसँग सन्तुलनमा राख्दै नेपालको मौलिकता जोगाउनु सरकारको मुख्य लक्ष्य रहेको कुरा बताउनुभयो । उहाँले पर्यटनलाई समुदायमैत्री बनाउन, वातावरणमैत्री आतिथ्य अभ्यासलाई प्रबर्द्धन गर्न र हरित पूर्वाधारमा लगानी बढाउनका लागि काम भइरहेकोसमेत जानकारी गराउनुभयो ।
नेपाल सरकारको उत्तरदायी ट्रेकिङ, प्रमुख पर्यटन क्षेत्रमा फोहर व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षण र कम चिनिएका गन्तव्यहरूसम्म सहज पहुँच सुनिश्चित गर्दै पर्यटनबाट हुने लाभलाई समान रूपमा वितरण गर्ने तर्फ केन्द्रित रहेको कुरा उल्लेख गर्नुभयो । अवार्डबाट सम्मानित हुनपूर्व मन्त्री पाण्डेले आईटीबी मिनिस्टर्स समिट-२०२५ सम्मेलनमामा सहभागिता जनाउदै ‘लगानी वृद्धि, शान्ति सुनिश्चितताः विकासको उपयोग, भविष्य निमार्ण’ विषयक नेपालमा पर्यटन क्षेत्रलाई दिगो रूपमा अघि बढाउने रणनीति प्रस्तुत गर्नुभएको थियो।
पर्यटन क्षेत्रका अन्तराष्ट्रियरुपमा उत्कृष्ट कार्य गर्ने मन्त्रीलाई प्रदान गरिने यो मिनिस्टर अफ दी एयर अवार्ड सन् १९९९ देखि आईटीबी बर्लिनको वार्षिक समारोहमा प्रदान गर्न शुरु भएको हो । त्यसपछि यो अवार्ड हरेक बर्ष यो अवार्ड पर्यटन हिमालयन क्षेत्रका मुलुकहरुबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्रीद्वारा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्री प्रदान गर्ने गरिन्छ। हालको सयुक्त सरकारमा थोरै समयमा नेपालमा पर्यटन क्षेत्रमा नीतिगत सुधार ल्याई कुशल नेतृत्वको रूपमा स्थापित भई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुनु भएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे बधाईका पात्र, सफल र अब्बल मन्त्री बन्न सफल बन्दै जानुभएकोमा अनुमान गरिएको छ ।

चिनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुने
काठमाडौँ, फागुन १२ गते - संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन
बडीमालिकाबाट तीर्थालुहरु नाटेश्वरी मन्दिर पुगे, जनै पूर्णिमा र रक्षा बन्धनका अवसरमा बाजुराको नाटेश्वरी मन्दिरमा भदौ १४ विहानैदेखि पूजा गर्न सकिने
बडीमालिका मन्दिरबाट तीर्थालु नाटेश्वरी मा पुगे, जनै पूर्णिमा र रक्षा बन्धनका अवसरमा बाजुराको नाटेश्वरी मन्दिरमा भदौ १४ विहानैदेखि पूजा गर्न

बिशेष पूजा सहित यस वर्षको बडीमालिका मेला सम्पन्न : तिर्थालुहरु बडीमालिकाबाट नाटेश्वरी मन्दिर क्षेत्र पुगे , नाटेश्वरी क्षेत्रमा तीर्थालुहरु खचाखच भरिए
ॐ भूभुर्वः स्वः मालिका देव्यै विद्महे सर्वशक्त्यै च धीमहि तन्नो मालिकाः प्रचोदयात् । दिव्य तिर्थ बडीमालिका: नेपालको धार्मिक, जैविक र पर्यटकीय
प्रतिकृया दिनुहोस