बडीमालिकामा खेलकुदको रौनक: भलिबल र फुटबल प्रतियोगिताले ततायो बाजुरा

खेलकुदले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्ने :पूर्वप्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापा

                                           बडीमालिकामा खेलकुदको रौनक: भलिबल र फुटबल प्रतियोगिताले ततायो बाजुरा

बाजुरा, २७ असोज-प्राकृतिक सौन्दर्यले भरिपूर्ण बाजुरा जिल्लामा यतिबेला खेलकुदको भव्य रौनक छाएको छ। "प्रकृतिको सुरक्षा, मानव जीवनको रक्षा" भन्ने मूल नाराका साथ जिल्लाको सदरमुकाम मार्तडी र आसपासका क्षेत्रमा छुट्टाछुट्टै खेलकुद प्रतियोगिताहरूको तयारी र सुरुवातले स्थानीय युवा तथा खेलप्रेमीहरूमा नयाँ उत्साह थपेको छ। जिल्लामा एकातिर 'बडीमालिका कप-२०८३ खुला पुरुष भलिबल प्रतियोगिता'को भव्य तयारी भइरहेको छ भने अर्कोतिर 'बडीमालिका कप सेभेन ए साइड फुटबल प्रतियोगिता'को विधिवत् सुरुवात भइसकेको छ। यसैबीच, सदरमुकाम मार्तडीस्थित मालिका माध्यमिक विद्यालयको खेलमैदानमा 'बडीमालिका कप सेभेन ए साइड फुटबल प्रतियोगिता' भव्य सांस्कृतिक कार्यक्रमका बीच सुरु भएको छ।युवाहरूलाई खेलप्रति आकर्षित गर्ने र स्थानीयस्तरमा खेलकुद गतिविधि विस्तार गर्ने उद्देश्यले हिमालयन मक्स स्पोर्ट्स एकेडेमीले यसको आयोजना गरेको हो।

प्रतियोगिताको उद्घाटन पूर्वप्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले गर्नुभएको थियो। उद्घाटन समारोहमा उहाँले खेलकुदले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्ने कुरामा जोड दिदै  खेलकुद गतिविधिले स्थानीय खेलाडीहरूको प्रतिभा पहिचान गर्न र ओझेलमा परेको स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्न कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । 

  बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्का लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।  प्रतियोगिताको उद्घाटन खेल कर्मचारी र राजनीतिक दलका नेताहरूबीच मैत्रीपूर्ण रूपमा खेलाइएको थियो। उक्त रोचक प्रतिस्पर्धामा कर्मचारीको टोलीले राजनीतिक दलका नेताको टोलीलाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्‍यो। यस फुटबल प्रतियोगितामा कुल ३२ टोलीले सहभागिता जनाएका छन्।

प्रत्येक टोलीमा १० जना खेलाडी, १ जना व्यवस्थापक र १ जना प्रशिक्षक गरी जम्मा १२ जना रहने व्यवस्था गरिएको छ। खेलाडीहरू जिल्ला बाहिरका भए पनि सहभागी टोली भने बाजुरा जिल्लाभित्रकै हुनुपर्ने नियम बनाइएको छ। टिम दर्ता शुल्क सात हजार तोकिएको यस प्रतियोगिताको विजेता टोली: रु. १,११,१११/- नगद , उपविजेता टोली: रु. ५५,५५५/- नगद र अन्य विधा: उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था छ।

बडीमालिका नेचर प्रा.लि.को आयोजनामा आगामी कार्तिक ७ गतेदेखि १० गतेसम्म 'बडीमालिका कप-२०८३ खुला पुरुष भलिबल प्रतियोगिता' सञ्चालन हुँदैछ। बडीमालिका नगरपालिका-८, मार्तडीस्थित खुला मञ्चमा आयोजना हुने यस प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदको विकास, पर्यटन प्रवर्द्धन र प्रकृति संरक्षणको अभियानमा हातेमालो गर्नु रहेको छ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूका लागि दर्ता शुल्क रु. ८,०००/- तोकिएको छ भने टोली दर्ता गर्ने अन्तिम मिति कार्तिक ६ गते साँझ ५ बजेसम्म रहेको छ। प्रतियोगिताका विजेताहरूका लागि आकर्षक नगद प्रथम पुरस्कार: रु. १,५५,५५५/द्वितीय पुरस्कार: रु. ९९,९९९/-  तृतीय तथा व्यक्तिगत पुरस्कार पुरस्कारको व्यवस्था गरिएको  बताइएको छ ।

प्रतिकृया दिनुहोस

डडेल्धुरामा १६ औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न, कैलाली प्रथम, कञ्चनपुर द्वितीय र डडेल्धुरा तृतिय : बाजुरा, डोटी र अछाम जिल्ला स्वर्णपदकबिहिन 

डडेल्धुरामा १६ औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड सम्पन्न डडेलधुरा,जेठ १६ गते-  १६ औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ

थ्री नेसन्स कपको उपाधि नेपाललाई

काठमाडौं,चैत १७ - नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु

युएईलाई हराउँदै नेपाल विश्वकपका लागि छनोट

काठमाडौं, चैत २- ईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल एकदिवसीय

↑