स्वास्थ्य क्षेत्रमा GESI र Social Audit सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

GESI मैत्री स्वास्थ्य सेवा प्रवाह तथा Social Audit को अवधारणा

स्वास्थ्य क्षेत्रमा GESI र Social Audit सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

त्रिवेणी- त्रिवेणी नगरपालिकामा स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) र सामाजिक परीक्षण (Social Audit) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। भदौ ३१ गते त्रिवेणी नगरपालिकामा तथा वडा नं. ८ ढडालीमा असोज १३ गते एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।कार्यक्रममा नगर तथा वडा तहका जनप्रतिनिधि, सम्बन्धित शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका इन्चार्ज, महिला स्वास्थ्य स्वयंसेविका (FCHV), स्वास्थ्य व्यवस्थापन समिति पदाधिकारी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

अभिमुखीकरणमा स्वास्थ्य सेवामा सबै वर्ग, समुदाय, महिला, पुरुष, अपाङ्गता भएका व्यक्ति, दलित, विपन्न तथा सीमान्तकृत समुदायको समान पहुँच र सहभागिता सुनिश्चित गर्ने उपायहरू, स्वास्थ्य क्षेत्रमा विद्यमान लैङ्गिक तथा सामाजिक विभेद पहिचान, GESI मैत्री स्वास्थ्य सेवा प्रवाह तथा Social Audit को अवधारणा, प्रक्रिया र यसको महत्वका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमले स्वास्थ्य संस्थाबाट प्रदान भइरहेका सेवाहरू समुदायको आवश्यकता, पहुँच र समावेशिताको दृष्टिले कत्तिको प्रभावकारी छन् भन्ने विषयमा सरोकारवालाबीच खुला छलफल र आत्मसमीक्षा गर्ने वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन्। सामाजिक परीक्षणमार्फत स्वास्थ्य सेवाका कमजोरी तथा समुदायका अपेक्षा पहिचान गरी आगामी दिनमा सेवा प्रवाहलाई थप जवाफदेही, पारदर्शी, समावेशी र सेवाग्राहीमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, कार्यक्रमबाट जनप्रतिनिधि, स्वास्थ्यकर्मी, FCHV तथा स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारीबीच स्वास्थ्य क्षेत्रमा GESI लाई व्यवहारमा लागू गर्ने र समुदायको आवाजलाई स्वास्थ्य योजना तथा निर्णय प्रक्रियामा समेट्ने विषयमा साझा बुझाइ विकास भएको छ। कार्यक्रमले “सबैका लागि समान, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा” सुनिश्चित गर्न स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको समन्वयलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आगामी दिनमा अभिमुखीकरणबाट प्राप्त ज्ञान तथा सुझावलाई स्वास्थ्य योजना, बजेट, सेवा प्रवाह र सामाजिक परीक्षणमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।कार्यक्रम सामुदायिक बिकास केन्द्र CDC डोटीको आयोजना र त्रिवेणी नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

त्रिवेणी नगरपालिका बाजुरामा GESI मार्फत सामाजिक रूपान्तरणको नयाँ लहर: कसरी बदलिँदैछ समुदायको आवाज र स्थानीय सरकारको प्राथमिकता?

  त्रिवेणी नगरपालिका बाजुरामा GESI मार्फत सामाजिक रूपान्तरणको नयाँ लहर: कसरी बदलिँदैछ समुदायको आवाज र स्थानीय सरकारको प्राथमिकता? -रेडियो बडीमालिका

नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य खडकबहादुर अयडीको अवस्था अझै गंम्भिर, अयडीकाे उपचारमा आर्थिक सहयोगको अपिल

बाजुरा- नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य खडकबहादुर अयडीको अवस्था अझै गंम्भिर, अयडीको उपचारमा आर्थिक सहयोगको अनुरोध गरिएको छ । बाजुरा

संकट मोचन हनुमान चालीसा: आध्यात्मिक शक्ति र आत्मिक शान्तिको मार्ग

संकट मोचन हनुमान चालीसा: आध्यात्मिक शक्ति र आत्मिक शान्तिको मार्ग कैलाशमाडौ,बाजुरा-सनातन धर्ममा श्री हनुमानजीलाई 'कलियुगको जागृत देवता' मानिन्छ।

↑