बाजुराकाे कलासंस्कृति झल्किएकाे देउडा गीत, बाजुरा बैकुण्ठ रैछ सार्वजनिक

कैलाशमाण्डाै,बाजुरा- बाजुरा जिल्लाकाे संस्कृति झझल्काउने  देउडा गीत बाजुुरा बैकुण्ठ रैछकाे  भिडियो सहित सार्वजनिक भएको छ । बाजुरा जिल्लाको भुव, चाली, गौरा, देउडा, जिउनापुरी, अनन्ते जस्ता संस्कृति गीतसंगै भिडियाे क्लीपहरु समेटिएका छन् ।
गीतकाे लेखक तथा साहित्यकार राजेन्द्र शाह वि.पी.  र गायक एवं शिक्षक  प्रकास थापाको संयुक्त शब्द संयाेजन रहेकाे छ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा छायाङ्गन गरिएको उक्त गीत शुक्रबार मात्र सार्वजनिक भएको छ ।  प्रकाश थापा, राजेन्द्र बाजुरेली र पुर्णकला बि.सीले गीतमा आवाज दिएका छन् ।  नेपालका बहुचर्चित म्यूजिक एरेञ्जर बिनोद बाजुरेलीले गीतकाे  एरेञ्ज गरेका छन् । 
म्यूजिक भिडियाेकाे  राजेन्द्र शाह बि.पी. ले पहिलो पटक निर्देशन गरेका छन् ।  डि.वी रौलेले  छायाङ्कन गरेकाे गितमा  अनुप चन्दले ड्रोनबाट बाजुराको सदरमुकाम र आसपासका क्षेत्रकाे  दृष्य कैद गरेका छन् ।  गीतको पविन्द्र रस्मी मगरले सम्पादन गरेका  छन्  । कृष्ण बाजुरेली, राजेश पायल र निसान्त रोकायाले कोडियोग्राफ गरेको बाजुरा बैकुण्ठ रैछ गीतमा बाजुरा जिल्लाकै नृत्य कलाकारहरुको समुहमा बिभिन्न नृत्य प्रदर्शन गरेका छन् । जिल्लाको भोटेसेलो लगायतका बिभिन्न चाँडपर्वहरुको नामाङ्कन गरी शब्द सृजना गरिएको गीत शुक्रबार मात्र खप्तड म्युजिकको अफिसियल युटसवबाट सार्वजनिक भएको छ । गीतका शब्द सर्जक तथा संगीत संयोजक राजेन्द्र शाह वि.पी.ले  आफुले धेरै गीतहरुको सृजना गरेकाे  भए पनि बाजुरा बैकुण्ड रैछ गित आफ्नो जीवनमा अहिलेसम्मकै उत्कृष्ठ गित रहेकाे राय व्यक्त गरे । शाहले भने- संस्कृतिको संरक्षणमा टेवा पुग्ने गीत बनेकोमा खुसी छु, बाजुरा बैकुण्ठ रैछ सबैले माया गरि दिनुहुने छ ।

प्रतिकृया दिनुहोस

नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौ, असोज ८ - नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र उहाँका चिनियाँ समकक्षी लि

 प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने होली पर्व अथवा फागु पूर्णिमा, हिन्दूहरूको प्रमुख चाड, उपत्यका लगायत पहाडमा मनाइँदै

रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली