रुसको आक्रमणपछि १० लाख सर्वसाधारणले युक्रेन छोडे

जेनेभा, फागुन १९ -युक्रेनमा रुसको सैन्य कारबाही सुरु भएदेखि सात दिनमा करिब १० लाख सर्वसाधारण युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले बिहीबार जनाएको छ ।

आफ्नो ट्विटर ह्यान्डलमा यूएनएचसीआर उच्चायुक्त फिलिपो ग्रान्डीले लेख्नुभएकाे छ, 'केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख सर्वसाधारण पलायन भएको देख्यौं ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ। उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू– डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाव युद्धमा परिणत भएको छ ।

यसैबीच, संयुक्त राष्ट्र संघको महासभामा बुधबार भएको मतदानमा १४१ राष्ट्रले युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् भने पाँच राष्ट्रले समर्थन गरेका छन् ।

प्रतिकृया दिनुहोस

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन, प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा महारानीको निधनमा गहिरो दुःख व्यक्त

काठमाडौं, २३ भदौ -बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको आज ९६ वर्षको उमेरमा निधन भएको हो । उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन्

रुसी यानबाट फर्कंदै अमेरिकी अन्तरिक्षयात्री

काठमाडाैं-झण्डै एक वर्ष अन्तरिक्षमा रहेका अमेरिकी अन्तरिक्षयात्री मार्क भान्डे हेई रुसी यानबाट पृथ्वीमा फर्कने तयारीमा छन्। रुसले युक्रेनमा

पोल्यान्डकी क्यारोलिनालाई विश्व सुन्दरीको उपाधि

काठमाडौँ,चैत्र - पोल्यान्डकी क्यारोलिना बिलावस्काले विश्व सुन्दरीको उपाधि जितेकी छन् । अमेरिकाको पोर्तेओमा सम्पन्न ७० औं संस्करणको विश्व