अन्तत : सातामा दुई दिने बिदाको ‘च्याप्टर क्लोज’ , सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट व्याक भयो

काठमाडौ,बैशाख,६-अन्तत सातामा दुई दिन सरकारी कार्यालय बिदा दिने प्रस्तावको च्याप्टर क्लोज भएको छ । सरकारले बढ्दो इन्धन खर्च कटौती गर्न भन्दै साताका दुई दिन शनिवार र आइतबार विदा दिने तयारी गरेको थियो । सो च्याप्टर अन्तत क्लोज भएको हो ।
सातामा दुई दिन सार्वजनिक बिदा दिँदा सरकारी कार्यालय पूर्णत बन्द गर्नुपर्ने र सरकारी राजश्व उठ्तीमा सोझै असर पर्नेुका साथैं जनताले सास्ती भोग्नुपर्ने सरकारी अधिकारीहरुको निष्कर्ष पछि सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट व्याक भएको हो । यस अघि नै सातामा दुई दिन सार्वजनिक बिदा गरिएको र सो असफल सिद्ध भइसकेको नजिरलाई समेत आधार मान्दै सरकारी अधिकारीहरु पछि हटेको बताइन्छ ।
मन्त्रिपरिषद्को बैठकले गत चैत्र ३० गते गरेको निर्णय बमोजिम सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । आज अर्थ मन्त्रालयले जारी गरेको सूचनामा उक्त निर्णय उल्लेख गरिएको हो ।

अर्थद्धारा जारी सूचनामा भनिएको छ,मुलुकको बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको सञ्चितिमा परेको चापका कारण थप इन्धन कटौती गर्ने निर्णय गरिएको हो । सरकारको यो निर्णय विकास आयोजना,शान्ति सुरक्षा,अत्यावश्यक सेवा र आसन्न स्थानीय तहको निर्वाचन प्रायोजनमा लागू नहुने जनाइएको छ ।
यस्तै छुट्टै ऐनबाट इन्धन सुविधा पाउने पदाधिकारीहरुको हकमा इन्धन सुविधा २० प्रतिशतले कटौती गर्न अनुरोध गर्ने सूचनामा जनाइएको छ ।
यो निर्णय सबै सरकारी तथा सार्वजनिक संस्थानमा लागु हुने सूचनामा जनाइएको छ ।
यस्को अनुगमन भने केन्द्रिय निकाय,सबै संवैद्यानिक निकाय,प्रदेशको हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा संघीय मामिाला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने सूचनामा उल्लेख छ ।

सातामा दुई दिन बिदा दिँदा पेट्रोलियम पदार्थको खपतमा ३५ प्रतिशतले कमी आउने आँकलन गरिएपनि अनुगमनले भने त्यसो नदेखाएको कार्की बताउनुहुन्छ । नेपाल आयल निगमले दुई दिन सार्वजनिक विदा दिँदा पेट्रोलियम पदार्थको खपतमा कमी हुने भन्दै सरकार समक्ष विदाको प्रस्ताव पठाएको  थियो । 

‘निगमको प्रारम्भिक अध्यय्नले दुई दिन बिदा दिँदा सार्वजनिक सवारी कम गुड्ने सोच भएकाले पेट्रोलियम पदार्थको खपतमा ३५ प्रतिशतले कमी आउने प्रक्षेपण गरेका थियौँ । तर, शनिबार गरिएको अनुगमनका क्रममा धेरै सार्वजनिक सवारीहरु गुडेकाले अपेक्षा अनुसारको कमी हुन नसक्ने देखियो,’कार्कीले भन्नुभयो ।

यसरी आइतबार पनि बिदा दिँदा सार्वजनिक सवारीहरु गुडिरहने हो भने पेट्रोलियम पदार्थको खपतमा धेरै कमी नआउने कार्कीको भनाइ छ । ‘हाल शनिवार मात्र सार्वजनिक विदा हुँदा विदाको दिन सवारीहरु धेरै गुड्ने गरेका छन् । यसरी बिदाको दिन पनि सार्वजनिक सवारीहरु गुड्न दिने हो भने त धेरै प्रतिशतले खपत कम गर्न सकिन्न,’उहाँले भन्नुभयो । 

प्रतिकृया दिनुहोस

सरकारद्वारा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक, आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमार्फत समृद्धि हासिल गर्ने लक्ष्य निर्धारण

काठमाडौँ, जेठ १६-आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रको निर्माणमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट

प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना हुने, सबै तहको स्वामित्व स्थापित हुनेगरी पुनर्संरचना गरिने

काठमाडौँ, १६ जेठ- आगामी आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने भएको छ । आन्तरिक रोजगारीको रूपमा विगत चार वर्षदेखि सञ्चालन

‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ आजदेखि राष्ट्रिय कृषि गणना सुरु

काठमाडौँ, वैशाख ६ - ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ केन्द्रीय तथ्याङ्क विभागले मङ्गलबारदेखि सातौँ राष्ट्रिय कृषि गणना