बडीमालिकाबाट तीर्थालुहरु नाटेश्वरी मन्दिर पुगे, जनै पूर्णिमा र रक्षा बन्धनका अवसरमा बाजुराको नाटेश्वरी मन्दिरमा भदौ १४ विहानैदेखि पूजा गर्न सकिने

जनै पूर्णिमा , रक्षा बन्धन, गाई जात्रा , क्वाटी खाने दिन  र  संस्कृत दिवस पनि भदौ १४ गते नै मनाइने

बडीमालिका मन्दिरबाट तीर्थालु नाटेश्वरी मा पुगे,    जनै पूर्णिमा र रक्षा बन्धनका अवसरमा बाजुराको नाटेश्वरी मन्दिरमा भदौ १४ विहानैदेखि पूजा गर्न सकिने

भदौ  १४ गते जनै पूर्णिमा | रक्षा बन्धन | क्वाटी खाने दिन   संस्कृत दिवस 
बाजुरा -बडीमालिका मन्दिरमा पूजा सम्पन्न गरेर अधिकांश तीर्थालुहरु त्रिवेणी नगरपालिका वडा नं ७,स्थित नाटेश्वरी मन्दिर परीसरमा पुगेका छन।  नाटेश्वरीमा  रहेका चाैरहरुअहिले तीर्थालु भक्तजनका पालहरुले खचाखच भरिएकाे छ । अहिले अप्ठयारो पैदल मार्ग र करिब  १० घण्टा भन्दा बडी पैदल  हिडन समय लाग्ने बडीमालिका नाटेश्वरीको  यात्रा राेचक र कठिन यात्रा पछि तीर्थालुहरु नाटेश्वरीमा रमाइरहेका देखिन्छ ।  नाटेश्वरीमा खाना बस्नको राम्रो प्रबन्ध गरीएकाे छ । बडीमालिकादेखि नाटेश्वरीसम्म ठाउँ ठाउँमा अस्थायी हाेटल व्यवस्थापन गरी तीर्थालुहरुका लागि
  बाटाेमा खाना चिया नास्ताकाे अधिकांश स्थानमा राम्रो व्यवस्थापन गरीएकाे  थियो। नाटेश्वरी मन्दिर क्षेत्रमा पनि राम्राे व्यवस्थापन गरीएकाे छ । नाटेश्नावरी पवित्र क्षेत्रमा  चाैरको आध्यात्मिक शक्तिले नाटेश्वरी मन्दिर परीसरमा पाउ पर्दासाथ बडीमालिका यात्राको सबै कठिनाई सबै बिर्साइदिन्छ । 

बाजुराको त्रिवेणी नगरपालिका वडा नं ७मा  पर्ने नाटेश्वरी मन्दिरमा जनैपूर्णिमा मेलाका भव्यरुपमा सम्पन्न हुने गरी तयारी गरीएको जानकारी गरीएको छ । बडीमालिका तिर्थयात्रार र पूजा गर्न गएका तिर्थालुले चतुर्दशीका रात नाटेश्वरी मन्दिरमा पुगेर  एक रात्री नाटेश्वरी भगवतीको जाग्रायम अर्थात पडेस्नु गर्ने धार्मिक विधा परापूर्वकाल देखि चल्दै आएको छ ।

 तत्कालिन डोटी गौडा अर्थात हालको जिल्ला प्रशासन कार्यालय डोटीको संयोजनमा शैलेश्वरी मन्दिरका पुजारी लगायत डोटी जिल्लाका बडीमालिका माताका भक्तजनहरु पेटारो सहित हरेक वर्ष गोरखनाथको पूजा प्रतिनिधी मण्डलका रुपमा बडीमालिकामा चतुर्दशीमा पुजा सम्पन्न गरेर सोहि दिन रात्री नाटेश्वरी मन्दिरमा पुगेर जनै पूर्णिमाका दिन नाटेश्वरी मन्दिरमा पुजा गर्नु पर्ने धार्मिक नियम रहेको छ । सो टोली जनैपूर्णीमाका दिन नाटेश्वरीमा पूजा गरी डोटीको शैलेश्वरी पुगेर बडीमालिकाको यात्रा पुरा भएको मानिन्छ । बडीमालिका पूजा गर्न गएका भक्तजनले नाटेश्वरीमा एक रात्री पडेस्नु गरेर जनै पूर्णीमाका दिन पूजा गरे भक्तजनहरुको मनले चिताएको पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहीआएको छ । नाटेश्वरीमा छत्याल ठकुरी पुजारी र बेलकाटीयाका मौद्गल्य गोत्रीय ब्रह्राण पुजारीबाट पुजा गर्ने चलन छ । मेलाका लागि सबै तयारी गरीएको त्रिवेणी नगरपालिका वडा न ७ का का वा वडा अध्यक्ष गोपाल चदाराले बताएका छन । बडीमालिका क्षेत्र जस्तै नाटेश्वरी क्षेत्र पनि पावन पवित्र र अति रमणीय धार्मिक क्षेत्र हो । बडीमालिका क्षेत्रको कठिन यात्रालाई नाटेश्वरी पुगेपछी सबैले सबै कठिनाइ भुलेर अति प्रशन्न र धन्य भएको महशुस गर्दै आआफ्नो गन्तव्य तर्फ लाग्ने शुभस्थानका रुपमा नाटेश्वरीलाई लिइन्छ । बडीमालिका माताको दर्शन गरी फर्केको गोरखनाथको प्रतिनिधी अर्थात शिलगडीडोटीबाट बडीमालिका मेला भर्न आएको बिशेष टोली लगायत देशैभरबाट नाटेश्वरी पुगेका बडीमालिका र नाटेश्वरी माताका अनुयायीले जनैपूर्णिमा दिन पुजा गर्ने अवसर प्राप्त गर्ने अति शुभ र पवित्र मानिन्छ ।

 जनैपूर्णिमा हातमा बाँधिने धागो कलवा रक्षा र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । वैदिक सनातन धर्ममा मानिसहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू-पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।


यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

जनैपूर्णिमाको दिन रक्षा सूत्र बाँध्दा वाचन गर्नु पर्ने मन्त्र:

"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"

अर्थात्:

"जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।" आजको दिनलाई नेपालभाषामा गुंपुन्हि पनि भनिन्छ। नेवार समुदायले आजको दिनलाई "गुंला महिनाको पुन्हि" अर्थात "गुंपुन्हि" भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।

रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारकादिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएकोछ । कतिपयले आफै गुरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।

यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजू-भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराइक्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ ।
आजको दिन ज्वाँइ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।

विशेषतः ब्राह्मण, क्षत्रीय या अन्यकुनै बैदिक धर्म पालनगर्ने समूदायमा ब्राह्मण पुरोहितसंग हातको नारिमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरीएको छ । सनातन् हिन्दू वैदिकग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्नकालागि ग्रहण गर्न मन्त्रिएर तयार पारीएको ६ सूते धागोको समूह हो जसलाई तयार पार्दा ३-३ वटा डोराको दुर्इवटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।

परिवर्तित परिपेक्ष्यमा चूँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षत्रीयमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जोकोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात जनै अरुलाई लगाईदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस मन्त्रिएका यज्ञोपवितहरुको धारण गर्नाले सभिथा अर्थात सूर्य भगवानको प्रत्यक्ष उर्जा प्राप्तगर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरीक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने बिश्वास छ ।

साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरुको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहर्याउँदछ । आजभोली वैदिक सनातन धर्मलाई केवल जातिय आधार र छुवाछुतका रुपमा लिइने चलन छ, जुन अत्यन्त सकुंचीत कुण्ठा मात्र हो ।
यज्ञोपवितले ब्राह्मणपथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशिलताको पथनै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रुपमा मात्र हैर्न हुँदैन । जुनसुकै धर्म या जातिय पृष्ठभूमिको भएपनि अध्यनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्दछन् ।
क्वाटी खाने दिन 
यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको "क्वाँटी" हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ 'क्वाः' भनेको तातो परिकार 'ति' भनेको झोल त्यसैले "क्वाति" भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजाई राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।
क्वाँटी पकाउने आ-आफ्नै तरिका हुन्छ, भूटेर, झोल पारेर साकाहारी स्वाद अथवा खसी वा कुखुराको मासु मिसाएर समेत स्वादिष्ट परिकार क्वाँटि तयार पारिन्छ । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासंग सम्बन्धित बिभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँटीलाई "न्वाँगी" भनिन्छ ।

देशमा हुनुहुन्छ या विदेशमा हुनुन्छ, परिवारसंग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ, तपाई जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न ? तपाई-हामी जहाँ छौं जे गर्दैछौं आजको यो सांस्कारीक काँचो धागो वा दाजू-भाई, दिदी-बहिनीहरूबिचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालिन परम्पराको निरन्तरतालाई यूगौं यूगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस र सबैको रक्षा होस्, जनै पूर्णिमा, रक्षा बन्धनको शुभकामना ।

संस्कृत दिवस
संस्कृत भाषाको वस्तुगत महत्वलाई जन समक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, वौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको छ। ५००० वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको दिन नै श्रावण पुर्णिमाको दिन मै वेद पाठनको शुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो।

संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रचार प्रसारमा सहयोग पुर्याउने हेतुका साथ आजको दिन यो विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संस्कृत भाषाको सम्वर्धन तथा प्रवर्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको हो। अहिलेको युवा समुदायमा संस्कृत भाषाप्रतिको मोह त्यति नरहेको हुदापनि आजको दिनले संस्कृत भाषाको मोह युवा पुस्तामाझ स्थापित गराउने सोचमा आजको यस दिन मनाउन थालिएको हो। आजको दिन देशभर संस्कृत जागरणका लािग विभिन्न कार्यक्रमको आयोजना गरिने गरिन्छ।

बडीमालिका माताका पूजा सामाग्री भण्डार गृह प्रबेश

जनै पूर्णिमकै दिन मौदगल्य गोत्रीय टिमेल्सिना ब्रह्रामण पुजारीको टोली बडीमालिका पूजा सम्पन्न गरेर जनै पूर्णिमाकै दिन बडीमालिका माताका पवित्र मूर्ती र पूजा सामाग्रीहरु त्रिवेणी नगरपालिका वडा नं ९ पैमामा रहेको बडीमालिका माताको भण्डारगृहमा रहेको मन्दिरमा प्रबेश  गराइन्छ । सो भण्डार गृहमा बाजागाजा सहित बडीमालिका माताको मंगलगायन र विशेष पुजाआजा सहित माताका मूर्ति लगायतका पूजा सामाग्रीलाई भण्डार र मन्दिरमा आगामि वर्षसम्मका लागि यथास्थानमा स्थापित गरिन्छ ।

 

रेडियो बडीमालिका ९५.२ मेगाहर्ज

त्रिवेणी सञ्चार बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित  रेडियो बडीमालिका ९५.२ मेगाहर्ज बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ७, कैलाशमाडौं डाँडाबाट नियमित प्रसारण भैरहेको सामुदायिक रेडियो हो । सुदूरपश्चिम प्रदेश, बाजुरा जिल्ला, त्रिवेणी नगरपालिकामा अवस्थित  नेपालकै पवित्र धार्मिक स्थल बडीमालिका क्षेत्रमा  श्री त्रिवेणी संचार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो बडीमालिका ९५.२ मेगाहर्जको फ्रिक्वाइन्सी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, फ्रिक्वाइन्सी व्यवस्थापन तथा वितरण शाखाबाट  मिति २०७६ साल असार ३१ गते प्राप्त भएको जानकारी  त्रिवेणी नगरपालिका, तोली, बाजुरा मार्फत प्राप्त भएको हो । 
त्यस पछि मिति २०७६ साल मंसिर २४ गते त्रिवेणी नगरपालिका तोली, बाजुरामा रेडियो बडीमालिका ९५.२ मेगाहर्ज दर्ता भई  १०० वाटको ९५.२ मेगाहर्ज फ्रिक्वाइन्सी सहीत  रेडियो बडीमालिका ९५.२ मेगाहर्जले सोही नगरपालिकाबाट मिति २०७७ साल साउन २९ गतेबाट नियमित प्रसारण अनुमती प्राप्त गरेकाे हाे । बाजुरा जिल्ला  दक्षिण पश्चिम क्षेत्रका ३ वटा नगरपालिका,  २ वटा गाउँपालिका, अछामका साँफेबगर नगरपालिका, रामारोशन गाउँपालिका, मेल्लेख गाउँपालिका,चौरपाटी गाउँपालिका लगायतका क्षेत्रहरुका बासिन्दाहरु साथै बाजुरा, अछाम, बझाङ जिल्लाका सञ्चारको  पहुँचबाट बाहिर  रहेका  क्षेत्रहरुका बासिन्दाहरुलाई सञ्चारको प्रभावकारी माध्यमका रुपमा रेडियो बडीमालिका ९५.२ मेगाहर्जले जोड्ने काम गरी रेडियो नियमित रुपमा सञ्चालन भैरहेको छ । यस रेडियोले समाचार, वैदिक सनातन धर्म अन्तरगत श्रीमद्भागवत, रामायण, पुराण, गिता, बुद्द धर्मदर्शन,     ओम शान्ति लगायतको क्रिश्चियतन धर्मकाे सुसमाचार लगायत समाचारमूलक, सचेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु नियमित प्रसारण गर्दै आइरहेको छ ।
  त्रिवेणी नगरपालिका तोली, बाजुराको सहयोगमा  सञ्चार मन्त्रालयबाट मिति २०७६ साल असार ३१ गते रेडियो फ्रिक्वाइन्सी प्राप्त भएपछि त्रिवेणी सञ्चार बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित   रेडियो बडीमालिका ९५.२ मेगाहर्जले त्रिवेणी नगरपालिकामा मिति २०७६ साल मंसिर २४गते   दर्ता प्रक्रिया पुरा गरेको हो । बाजुरा र अछाममा हाल नियमित रुपमा रेडियो  बडीमालिका ९५.२ मेगाहर्ज अन्य  रेडियो भन्दा लोकप्रिय रहेको छ । रेडियो बडीमालिका ९५.२ मेगाहर्ज बाजुराका ५ वटा पालिकाहरु, अछाम,डोटी र बझाङ्गका   केही पालिकाहरुका बासिन्दाहरु यस रेडियोबाट प्रत्यक्ष लाभान्वित भएका छन ।
त्यस पछि मिति २०७६ साल मंसिर २४ गते त्रिवेणी नगरपालिका तोली, बाजुरामा रेडियो बडीमालिका ९५.२ मेगाहर्ज दर्ता भई  १०० वाटको ९५.२ मेगाहर्ज फ्रिक्वाइन्सी सहीत  रेडियो बडीमालिका ९५.२ मेगाहर्जले सोही नगरपालिकाबाट मिति २०७७ साल साउन २९ गतेबाट नियमित प्रसारण अनुमती प्राप्त गरेकाे हाे । बाजुरा जिल्ला  दक्षिण पश्चिम क्षेत्रका ३ वटा नगरपालिका,  २ वटा गाउँपालिका, अछामका साँफेबगर नगरपालिका, रामारोशन गाउँपालिका, मेल्लेख गाउँपालिका,चौरपाटी गाउँपालिका लगायतका क्षेत्रहरुका बासिन्दाहरु साथै बाजुरा, अछाम, बझाङ जिल्लाका सञ्चारको  पहुँचबाट बाहिर  रहेका  क्षेत्रहरुका बासिन्दाहरुलाई सञ्चारको प्रभावकारी माध्यमका रुपमा रेडियो बडीमालिका ९५.२ मेगाहर्जले जोड्ने काम गरी रेडियो नियमित रुपमा सञ्चालन भैरहेको छ । यस रेडियोले समाचार, सचेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु नियमित प्रसारण गर्दै आइरहेको छ ।
 समुदायको सुचनामा पहुँच पुर्याउने, सुचनाको माध्यमवाट सचेत, शुसूचित र सक्रिय समाजको निर्माण गर्ने, संघ, प्रदेश सुशासन प्रति समुदायलाई आवद्ध गरी एकअर्का बिच समन्वयका लागि सहयोग गर्ने,स्थानिय समुदायमा संचालित कार्यक्रम तथा परियोजना कार्यहरुको प्रचारप्रसार गरी  पारदर्शि वनाउन सहयोग गर्ने, लोकतन्त्र, सुशासन र मानवअधिकारको पैरवी  गर्ने, शिक्षा, स्वास्थ्य कृषि, पर्यटन, सहकारी र आर्थिक क्षेत्रको विकासका लागि सहयोग पुर्याउने, वातावरणीय परीवर्तन र उत्थानशीलता सम्बन्धी ज्ञानको प्रचारप्रसार गर्ने, विपदजोखिम न्युनीकरण सम्बन्धी सचेतना फैलाउने ,धर्म,संस्कृती जीवनजगतका बारेमा ज्ञान र जानकारी दिई व्यक्तीमा सद्चरीत्रको नि,  स्थानिय सरकार,शैक्षिक गुणस्तर अभिबृद्दी गर्ने, सरोकारवाला तथा विकास साझेदार निकाय बिच विकास र र्माण  गर्ने खालका कार्यक्रमबाट स्रोताहरु लाभान्वित भएका छन ।
बाजुराका कुडा बेल्टमा र आसपासका जिल्लामा  रेडियो सिङ्गनल कमजोर रहेकोले त्यस क्षेत्र लगायत अन्य थप क्षेत्रमा सेवा दिनका लागि १०० वाट बाट १००० वाट क्षमता विकास गर्न आवश्यक रहेको छ ।   रेडियो बडीमालिका ९५.२ मेगाहर्जले बाजुरालाई सेवा क्षेत्र बनाएको भए पनि  बाजुराका आसपासका क्षेत्रमा समेत सेवा दिइरहेका छ  । साथै यस क्षेत्रको भाषा, संस्कृतिलाई सुदूरपश्चिम प्रदेश लगायत देशका अन्य क्षेत्रहरु लगायत बिश्वभरी बिस्तार एवं प्रचारप्रसार गर्नका लागि यसको क्षमता बढाउन आवश्यक रहेको छ । हाल ०७८।७९देखि ०८९।८०को मंसीरसम्म रेडियोको क्षमता अझ बढी प्रभावकारी रुपमा बढाई सेवा दिने लक्ष्यका योजना बनाएकाे भए पनि आर्थिक अभावका कारण हाल क्षमता बिस्तार कार्य संभव भएकाे छैन । रेडियोलाई व्यवस्थीत रुपमा सञ्चालन गर्ने सम्पूर्ण कार्यका लागि छुट्टै रेडियो संचालन उपसमिति समेत गठन गरि वैङ्क खाता समेत संचालनमा ल्याउने व्यवस्था गर्न लागीएको छ । 

  रेडियो बडीमालिका ९५.२ मेगाहर्ज (सामुदायिक)को पृष्ठभूमी :–
नेपालका ७७ जिल्लाहरुमध्ये बाजुरा जिल्ला पनि एक हो । सुदुरपश्चिमाञ्चलको हिमाली जिल्ला वाजुरा भौगोलिक रुपमा विकट र दुर्गम रहेको भए  पनि प्राकृतिक स्रोतसाधन,  सौन्दर्य, जैविक विविधता, धार्मिक स्थलका कारण धेरै धनी जिल्ला हो । हालसम्म स‌ंघ, प्रदेश लगायत देशका निती निर्माता र देश तथा बिदेशका विकास साझेदार संस्थाको सहयाेग बाजुरामा अति न्यून मात्रमा उपलब्ध भैरहेकाे छ । केन्द्र र प्रदेशबाट वितरण हुने  योजना, कार्यक्रमहरु  बाजुरामा थाेरै मात्र उपलब्ध हुने भएकाले यहाँकाे  विकास हुन अझै धेरै समय लाग्ने देखिन्छ  ।  राजनैतिक रुपमा एउटै निर्वाचन क्षेत्र रहेको भएपनि स्थानिय स्तरमा ४ वटा नगरपालिका र ५वटा गाउँपालिकामा विभाजित बाजुरा भौगोलिक रुपमा पुर्वि उत्तरी र पश्चिम दक्षिणी क्षेत्रमा विभाजित रहेको देखिन्छ । यस जिल्लाको कुल क्षेत्रफल २०२७६ हेक्टर छ ।
यहाँको जनसंख्या गरीबी,अशिक्षा र अन्धविश्वासबाट ग्रसीत  रहेको छ । हालसम्म सार्वजनिक यातायातको साधनहरु सञ्चालन गर्ने माध्यमहरु मोटर बाटोले जिल्लाको सदरमुकाम मार्तडी जोडिएको भए पनि वर्षामा यातायात सञ्चालन हुन सकिरहेको छैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा जिल्लाको अवस्था अत्यन्त दयनिय रहेको छ ।

   अन्य जिल्लाको अनुपातमा वाल तथा मातृ मृत्युदर अधिक रहेको छ । २२ औं शताव्दीमा पनि जिल्लामा सामाजिक तथा लैङ्गिग विभेद कायम छ । दलितहरुसंग छोईयो भने छिटा  हाल्ने चलन भने हटेकाे देिखिन्छ तर दलितहरुलाई  अछुत मान्ने कुचलन यथावत नै छ र महिलाहरु महिनावारी हुदा अलग राख्ने छाउपडी प्रथा कायमै छ  । महिलाहरुलाई सामाजिक कार्यमा सहभागि हुन सक्ने सामाजिक वातावरण अझै पनि बनिसकेकाे छैन । विकास र पुर्वाधारका कामहरु न्युन हुनु र भएका कार्यहरु पनि गुणस्तरीय नहुनु  बाजुराकाे विकासको मुख्य समस्या हो । सडक संजालले जिल्लालाई छोएपनि हालसम्म सदरमुकामसम्म सार्वजनिक यातायातको साधनका रुपमा वससेवा पनि अनियमित छ । यस्तो अवस्थामा जिल्लाको यातायातको एकमात्र माध्यम वनिरहेको कोल्टी एर्पोटले समुदायलाई थोरै भए पनि राहत दिने गरेको छ । बाजुराकाे पुरानो सदरमुकाम वरपर उपयुक्त स्थानमा हवाई यातायात सुविधा बिस्तार गर्न  बिमानस्थलकाे आवश्यकता रहेको छ ।
     विश्व २२ औं शताव्दीको आधुनिक युगमा प्रवेसगरि सक्दा पनि संचार र प्रविधिको विकासले यस क्षेत्रलाइ वाहिरी संसारसंग जोडन सकिरहेको छैन । स्थानिय समुदायले संचारको माध्यमको रुपमा रेडियो वाहेक केही अनलाईनकाे थाेरै भए पनि विकास भएको ति सञ्चार माध्यमहरुकाे सेवा प्राप्त गरेका छन ।  संचार माध्यमको उपलब्धताले समुदायको चेतना स्तर सकारात्मक परीवर्तन आउन थालेको छ । नागरिक अधिकार र कर्तव्यको वारेमा समुदाय सुशुचित नहुनाले स्थानिय सरकारको उपस्थिती, विकास र सामाजिक गतिविधीमा समुदायको सक्रियतामा कमी छ ।   सञ्चारकाे बिकासका कारण   बाजुरा र यसकाे वरपरको क्षेत्रमा  रुढीवादी मान्यता र संस्कारले वालविवाह, छाउपडी प्रथा, धामीझाँक्री प्रथा, छोईछिटो हाल्ने, लैंङ्गिक विभेद, जातिय विभेद जस्ता गलत परम्पराहरुमा सुधार भैरहेको छ । यस्ता प्रथाहरुबाट समाजलाई उन्मुक्ती दिन रेडियो बडीमालिका कोषे ढुङ्गाको काम गरीरहेको छ ।

रेडियो बडीमालिका ९५.२ मेगाहर्ज (सामुदायिक)को भौतिक अवस्था :–
त्रिवेणी सञ्चार बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो बडीमालिका ९५.२ मेगाहर्जको आफ्नै भवन र १०० फिट उचाईको रेडियो टावर रहेको छ । भवनमा ८ ओटा कोठाहरु रहेका छन । १ कोठा प्राबिधिक कक्षका रुपमा प्रयोग भैरहेको  छ । भवनका ८ कोठाहरु मध्ये  कार्यक्रम प्रसारण र रेकडिङ्गका लागि दुई वटा स्टुडियो निर्माण गरिएको छ । भवनको   दोस्रो तला निर्माणा  भैसकेकाेछ ।  दोस्रो तलामा कार्यालय प्रयोजन लगायत पत्रकार, कर्मचारी र पाहुनाका लागि प्रयोग हुने गरी तीनवटा कोठा निर्माण भैरहेका छन ।
रेडियो बडीमालिका ९५.२ मेगाहर्ज (सामुदायिक)को उपकरणको अवस्था :

उपकरण ,सरसमान तथा भवन

ट्रान्समिटर

हेडफोन एडप्टर

प्रिन्टर  १ थान

कार्यक्रम संचालन स्टुडियो १

डीभाइडर

न्युटेक्स

ल्याबटप  १ थान

कार्यक्रम रेकर्डिङ्ग स्टुडियो १

मिक्चर २ थान

ब्याट्री २०० एएच ४ वटा

टेलीफोन सेट दुई थान

प्राबिधिक कक्ष १

सेन्सर माइक ३ थान

एन्टेना ४ वे र टावर ‍(१०० फिट)

साउन्ड बक्स   थान २

हल १

डिभाइडर वायर

वायर

अउडियो केबल

वाथ तथा फ्रेस रुम ३(अट्याच-)

माइक स्टान्ड     ४ थान

कार्पेट

कनेक्टर

अन्य कोठा ३

हेडफोन   थान ५

कम्प्युटर २ थान

रेर्कडर

दुई तले पक्की भवन

आउटर हार्ड डिस्क

पेन ड्राइभ ३ थान

डिसटीभी र राउटर

वालएटेच टेबुल ३ थान प्राबिधिक कक्ष

ग्यास चूलो

खाना पकाउने भाडा १ सेट

विजुलीका सरसमानहरु

आधुनिक किचन १

ग्यास शिलिन्डर

खाना खाने भाँडाकुडा १ सेट

रिबल्विङ्ग चियर ४ थान

बाल्कोनि १

केलबहरु

खानेपानी पाइप

कुर्चि पलाष्टिक १० थान

 रेष्ट रुम   (अट्याचफ्रेस रुम सहित)

केमिकल अर्थिङ्ग १ सेट

तामाको पाता अर्थिङ्ग १ सेट

ब्याट्री १०० एएच ४ वटा

खानेभाँडाकुडाहरु कुकर सहि

 कनेक्टर तारहरु

इन्भरटर २ थान

कलशटेबुलप्रसारण स्टुडियो १ थान

 

 रेडियो बडीमालिका ९५.२ मेगाहर्ज (सामुदायिक)को प्रसारण क्षेत्र :–
रेडियो बडीमालिकाको बाजुराको ५ वटा पालिका र अछामका ४ वटा पालिका लगायत अछाम, बाजुरा, बझाङ्ग, डोटीको उच्च भागहरु प्रसारण क्षेत्र रहेको छ । रेडियो बडीमालिका १०० वाटको रेडियो भए पनि बाजुरा र अछाममा धेरै राम्रो सुनीने गरेको छ । 
यस पछि रेडियो बडीमालिकाको क्षमता विकास गरेर १००० वाट  पुर्याउने उद्धेश्य सहित भावी दिनमा यसको प्रसारण कुनै दिनमा नेपालभरी गर्ने लक्ष्य रहेको छ ।

सामुदायिक रेडियो बडीमालिका ९५.२ मेगाहर्जको जनशक्तीको अवस्था :–
रेडियो बडीमालिकामा ४ जना पूर्णकालीन जनशक्ती र ३ जना पार्टटाइम जनशक्ती रहेको छ । बिशेष गरी थोरै जनशक्तीबाट धेरै उपलब्धी हासील गरेको रेडियोको रुपमा रेडियो बडीमालिकाले आफनो पहिचान बनाउन सफल भएको छ । आगामी दिनमा जनशक्ती थप गर्ने कार्ययोजना छ  । हाल रेडियोको सञ्चालक समितिका ७ जना सदस्य समेत ले समयदान गरी रहेकाछन ।

नेपाल सरकार बिज्ञापन बोर्डले देशभरीका ६३८ सामुदायिक रेडियोलाई लाेककल्याणकारी बिज्ञापनका लागि छनोट गरेकाेमा  बिज्ञापन बोर्डले रेडियो बडीमालिका २७७ स्थानमा सूचीकरण गरेकाे छ । बाजुरा लगायत यस वरपरका सबैमा रेडियो बडीमालिका गुणस्तरीय कार्यक्रम प्रसारण गर्ने प्रतिवद्दता व्यक्त गर्दै सबैमा सहयोग,समर्थन, रेडियो सुनेर सल्लाह, सुझाव र प्रतिक्रिया दिन अनुरोध गर्दछ ।

त्रिवेणी नगरपालिका,बाजुरा स्थित बडीमालिका माताको सान्निध्ता प्राप्त रेडियो बडीमालिका यहाँसम्म पुग्न सहयोग गर्ने त्रिवेणी नगरपालिका र सबै सहयोगी हातहरुलाई नमन छ ।

                                                                                    जय बडीमालिका

                                                            बडीमालिका माताले हामी सबैकाे कल्याण गरुन  !

[email protected]       wwww.radiobadimalika.com.np  Contect No: 9858487900

 

प्रतिकृया दिनुहोस

बिशेष पूजा सहित यस वर्षको बडीमालिका मेला सम्पन्न : तिर्थालुहरु बडीमालिकाबाट नाटेश्वरी मन्दिर क्षेत्र पुगे , नाटेश्वरी क्षेत्रमा तीर्थालुहरु खचाखच भरिए

ॐ भूभुर्वः स्वः मालिका देव्यै विद्महे सर्वशक्त्यै च धीमहि तन्नो मालिकाः प्रचोदयात् । दिव्य तिर्थ बडीमालिका: नेपालको धार्मिक, जैविक  र पर्यटकीय

नेपालको दिव्य तिर्थ बडीमालिका : धरतीको स्वर्ग

दिव्ब तिर्थ बडीमालिका : धरतीको स्वर्ग बडीमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो । बडीमालिका  सुदूरपश्चिम

राष्ट्रपति भण्डारीद्वारा त्रिवेणी नगरपालिका बाजुरा स्थित माता बडीमालिका लगायत खप्तडमा पुजा, बाजुरा लगायतका क्षेत्रमा खुसीयाली

बाजुरा १८,जेठ-  राष्ट्रपति विद्यादेवी भण्डारीले  त्रिवेणी नगरपालिका बाजुरामा अवस्थित   माता बडीमालिकाकाे  बुधबार बिहान पूजा आराधना गर्नुभएको छ ।