समुदायमा आधारित बालसंरक्षणका संयन्त्रहरु, संरक्षणका सवालहरु र बाल अधिकार समितिको भुमिका सम्बन्धी तालिम तीन दिने तालिम सम्पन्न
बालसंरक्षणका संयन्त्रहरू, संरक्षणका सवालहरू र बाल अधिकार समितिको भूमिकामा तालिम केन्द्रित
समुदायमा आधारित बालसंरक्षणका संयन्त्रहरु, संरक्षणका सवालहरु र बाल अधिकार समितिको भुमिका सम्बन्धी तालिम तीन दिने तालिम सम्पन्न
बाजुरा — आभा: किशोरीहरूको अधिकार र उत्थानशीलताको लागि परियोजना Girls Get Equal 2.0 परियोजना अन्तर्गत समुदायमा आधारित बालसंरक्षणका संयन्त्रहरू, संरक्षणका सवालहरू र बाल अधिकार समितिको भूमिका सम्बन्धी तीन दिने तालिम बुढीगंगा नगरपालिकाको फालासैनमा आज सम्पन्न भएको छ।
तालिममा बुढीगंगा र त्रिवेणी नगरपालिकाका बालसंरक्षण समितिका पदाधिकारीहरु, सरोकारवाला निकायका पदाधिकारीहरु, सरोकारवालहरु,बालक्लवका पदाधिकारीहरु, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, अभिभावक र युवायुवतीहरुको सहभागिता रहेको थियो ।
चैत १३ गतेदेखि १५ गतेसम्म बुढीगंगा नगरपालिका–६, फलासैनमा सञ्चालन गरिएको उक्त तालिममा बुढीगंगा र त्रिवेणी नगरपालिकाको बालसंरक्षण समितिले अभ्यासस्वरुप कार्ययोजना समेत निर्माण गरेका थिए ।
चैत्र १३ गते बुढीगंगा नगरपालिकाका उपप्रमुख माया खड्काले उदघाटन पछि पीसविन नेपालका अध्यक्ष बिमला थापाले तालिमको उदेश्य समुदायमा बाल संरक्षण सम्बन्धी विद्यमान संयन्त्रहरूको सुदृढीकरण, बाल अधिकारका विषयमा सचेतना अभिवृद्धि गर्नुका साथै बाल अधिकार समितिको प्रभावकारी भूमिका सुनिश्चित गर्नु रहेको बताउदै सहभागीहरूलाई बाल अधिकार, बाल संरक्षणका चुनौतीहरू, जोखिम न्यूनीकरण तथा बालमैत्री वातावरण निर्माण सम्बन्धी विभिन्न विषयमा प्राप्तहुने ज्ञानले बालसंरक्षणका संयन्त्रहरु, संरक्षणका सवालहरु र बाल अधिकार समितिको भुमिका अझ सशक्त हुने विश्वास व्यक्त गर्नुभएको थियी ।
चैत्र १५ गते पीसविन नेपालका महासचिव पार्वती जोशीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा बोल्दै बुढीगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पेम जैसीले समुदायस्तरमै बाल संरक्षण प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक सहकार्य, समन्वय र जिम्मेवारीबोधका विषयमा महत्वपूर्ण सिकाइ हासिल भएको बताउदै बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार तथा विभेद अन्त्य गर्न सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो। समापन कार्यक्रम बोल्दै त्रिवेणी नगरपालिका, नगरकार्यपालिकाका सदस्य मनोज बिकले तालिम अत्यन्त प्रभावकारी रहेको कुरा व्यक्त गर्नभयो ।
उक्त तालिम पिसबिन को सहकार्य तथा Plan International को सहयोग/समर्थनमा सञ्चालन गरिएको हो। आयोजकका अनुसार यस प्रकारका कार्यक्रमहरूले समुदायमा बाल अधिकार संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
युरोपेली च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्यो
च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्यो फिफा विश्वकप २०२६ को फाइनल
त्रिवेणी बाजुरामा महायज्ञको जगमा अनाथको भविष्य: तोली देवलडाँडा माविले सुरु गर्यो देशकै नमुना आवासीय अभियान
त्रिवेणी बाजुरामा महायज्ञको जगमा अनाथको भविष्य: तोली देवलडाँडा माविले सुरु गर्यो देशकै नमुना आवासीय अभियान बाजुरा, ५ असार २०८३ -दुर्गम पहाडी जिल्ला
ने वि संघका केन्द्रिय सदस्य स्वर्गीय खडकअयडीको पार्थिव शरीरमा ६ बर्षिय छोरा रिदम अयडीले दागबत्ती दिए, बाजुराको सेराबगरमा अन्त्यष्टि कर्म सम्पन्न
कैलाशमाडौ,बाजुरा- नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य स्वर्गीय खडकबहादुर अयडीको पार्थिव शरीरमा बाजुराको शेराबगर स्थित बुढीगंगा








प्रतिकृया दिनुहोस