गोरखा दरबारमा राखियो जमरा
बिहान ९ बजेर १६ मिनेटको उत्तम साइतमा जमरा राखियो
गोरखा दरबारमा राखियो जमरा
गोरखा — नवरात्रको पहिलो दिन बिहीबार गोरखा दरबारमा तीन पाथी जौको जमरा राखिएको छ । बिहान ९ बजेर १६ मिनेटको उत्तम साइतमा जमरा राखिएको गोरखा कालिका मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ‘८ घडी १५ पलाको उत्तम साइतमा जमरा राख्यौँ,’ उनले भने,‘आजदेखि दसैँ सुरु भयो, पहिलो दिन शैलपुत्री भगवतीको पूजा हुन्छ ।’ कालिका मन्दिरको गर्भगृह कोठामा ६ माना, जमरा कोठामा १ पाथी, गोरखनाथ मन्दिरमा ४ माना, उपल्लो कोट र तल्लो कोटमा १/१ माना जौको जमरा राखिएको उनले बताए ।जमरा राख्नुपूर्व बिहान कैलाश कोठाबाट गर्भगृह(दसैँ घर)मा भगवतीको सवारी गराइएको थियो । झिसमिसे उज्यालोमा भगवतीको सवारी गर्ने प्रचलन छ । नवरात्रभर गोरखा दरबारमा विशेष पूजा हुने गर्छ ।
काठमाडौ स्थित हनुमानढोकाको दसैँघरमा राखियो जमरा
काठमाडौ स्थित हनुमानढोकाको दसैँघरमा राखियो जमरा काठमाडौँ, असोज १७ गते । नेपालीहरूको महान् चाड बडा दसैँ आजबाट सुरु भएको छ । यस अवसरमा
सुदूरपश्चिममा भारतबाट फर्किने अधिकांश नेपालीहरुमा काेरना संक्रमण, अस्पतालमा भर्ना हुनेकाे संख्या बढ्दै
धनगढी -भारतबाट नेपाल फर्किने अधिकांश मानिसमा काेरना संक्रमण देखिन थालेपछि प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको प्रादेशिक अस्पताल अन्तर्गतको
तीन प्रदेशका आठ प्रमुख सचिवको सरुवा
काठमाडौँ — सरकारले हालै बढुवा भएका एक सचिवको पदस्थापन र अन्य आठ जनाको सरुवा सरुवा तथा पदस्थापन गरेको छ। विभिन्न तीन प्रदेशका तीन जना
प्रतिकृया दिनुहोस