नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य खडकबहादुर अयडीको अवस्था अझै गंम्भिर, अयडीकाे उपचारमा आर्थिक सहयोगको अपिल

खडक ब अयडी बाजुराको जनप्रिय युवा विद्यार्थी नेता,समाजसेवी र परोपकारी व्यक्तित्व

बाजुरा- नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य खडकबहादुर अयडीको अवस्था अझै गंम्भिर, अयडीको उपचारमा आर्थिक सहयोगको अनुरोध गरिएको छ ।

बाजुरा जिल्लाको सदरमुकाम नजिकै राष्ट्रपति रनिङ्ग शिल्ड सम्बन्धी त्रिवेणी नगरपालिकाका खेलाडीहरुको बिवरण बुझाउन र बसाइ व्यवस्थापन गर्ने कार्य गर्न सदरमुकाम मार्तडी पुगेर साँझ घर फर्कनेक्रममा मोटरसाइकल दुर्घटनामा सख्त घाइते भएका थिए । अयडीलाई जिल्ला  प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरीहरुले सडकमा सख्त घाइते अवस्थामा  भेटेपछि तुरन्त उद्दार गरेर जिल्ला अस्पताल मार्तडी पुर्याएर उपचार गराएका थिए । मार्तडीमा उपचार संभव नभए पछि एयर एब्बुलेन्स झिकाउने प्रयास गरिए पनि कतैबाट पनि एयर एब्बुलेन्स उपलब्ध हुन सकेन । त्यसपछि जिल्ला अस्पताल मार्तडीबाट राती १० बजे डडेल्धुरा अस्पतालमा  रिफर गरिएको थियो । गंभिर र घाइते तथा अचेत अवस्थाका अयडीको तुरुन्त थप  उपचार गर्न बाजुराको सदरमुकाम मार्तडीमा एब्बुलेन्स उपलब्ध नै नभए पछि राती ९ बजे खप्तडछेडेदह गाउँपालिकाको एब्बुलेन्स झिकाएको सो एब्बुलेन्सबाट राती डडेल्धुरा अस्पताल पुर्याइएको थियो । डडेल्धुरा अस्पतालमा पनि भेन्टीलेटर सहित सिटी स्क्यान र बिशेषज्ञ चिकित्सक उपलब्ध नभए पछि डडेल्धुरा अस्पतालले धनगढी लैजान सुझाव  दियर धनगढी लगियो । अयडीलाई  दुर्घटना भएको १५ घण्टा पछि ढिलो गरेर मात्र निसर्ग अस्पताल धनगढीमा भर्ना गरिएको थियो । टाउकोको  गंभिर चोटका कारण दिमाकमा रगत जम्न  नदिन लगभग ५ घण्टा भित्र शल्यक्रिया गरिसक्नु पर्नेमा गंभिर अवस्थाका अयडीको दिमागमा १५ घण्टा पछि रगत जमेर दिमागको सुजन र नसा सुक्ने समस्या सृजना भएकोले अयडी जीवनमरणको दोसाधमा पुगेका छन । समयमा उपयुक्त उपचार नपाए पछि अयडीको ज्यान अत्यन्त जोखिम अवस्थामा पुगेको हो ।

अयडी त्रिवेणी नगरपालिकाद्वारा गठित खेलकुद विकास समितिको संयोजक,कैलाश्वरी माध्यमिक विद्यालय, दम्था बाजुराको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य,त्रिवेणी संचार सहकारी संस्था,गांमिण बचत तथा ऋण सहकारी संस्था,मालागाड जलविद्युत सहकारी संस्थाको पदाधिकारी समेत रहेका अयडी बाजुराको सबैका प्रिय, परोपकारी विकासप्रेमी र समाजसेवी  युवा हुन ।  आज घाइते अयडी धनगढी निसर्ग अस्पातालबाट बैशाख ६ गते साँझ सेतो प्रादेशिक अस्पतालमा लगिएको भए पनि बैशाख ७ गते बिहान ८ बजेसम्म आइसियुमा बेड नपाएर इमेरजेन्सी वार्डमै जीवनमरणको दोसादको अवस्थामा रहेका छन ।

सामान्य कृषक परिवारमा जन्मेका अयडीको आमा समेतको केहि बर्ष अघि देहावसान भैसकेको छ । केहि वर्ष अगाडि अयडीको छोरीको पनि भारतको दिल्लीमा लामो उपचार गराउदा धेरै उपचार खर्च हुन गएर अयडीको आर्थीक अवस्था कम्जोर बन्न गएको बताइन्छ । हाल अयडीको उपचार र घरपरिवारका सदस्यहरुलाई आर्थीक अभाव सृजना भएको छ ।

त्रिवेणी नगरपालिका वडा नं. ७ घर भएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा त्रिवेणी नगरपालिका खेलकुद संयोजक खडक बहादुर अयडी गम्भीर दुर्घटनाले सबैलाई स्तब्द बनाएको छ ।  २०८३ साल वैशाख ४ गते खेलकुद सम्बन्धी काम सकेर घर फर्किने क्रममा बाजुरा जिल्लाको सदरमुकाम मार्तडी नजिकै मोटरसाइकल दुर्घटना हुँदा उनी गम्भीर घाइते भई अहिलेसम्म अचेत अवस्थामै अस्पतालको बेडमै छन ।

यस कठिन परिस्थितिमा उपचारका लागि ठूलो आर्थिक सहयोग आवश्यक परेको हुँदा खडक अयडी बचाउ अभियान अन्तर्गत सबै सहयोगी मनहरूलाई आर्थिक सहयोगको अपिल गरिएको छ। सहयोग रकम निजका सहोदर भाइ नरेशबहादुर अयडी अयडी QR Codeप्रयोग गरेर जम्मा गर्न सकिन्छ ।

 

 

 

प्रतिकृया दिनुहोस

संकट मोचन हनुमान चालीसा: आध्यात्मिक शक्ति र आत्मिक शान्तिको मार्ग

संकट मोचन हनुमान चालीसा: आध्यात्मिक शक्ति र आत्मिक शान्तिको मार्ग कैलाशमाडौ,बाजुरा-सनातन धर्ममा श्री हनुमानजीलाई 'कलियुगको जागृत देवता' मानिन्छ।