नेविसंघ केन्द्रीय सदस्य खडक बहादुर अएडीको निधनमा  नेपाली काग्रेस केन्दिय कार्यालय लगायत नेका बाजुरा, त्रिवेणी , नेबिसंघबाट शोक र श्रद्वान्जली व्यक्त

नेविसंघ केन्द्रीय सदस्य खडक बहादुर अएडीको सडक दुर्घटनामा निधनमा  नेपाली काग्रेस केन्दिय कार्यालय लगायत नेका त्रिवेणी   र नेबिसंघबाट शोक व्यक्त

कैलाशमाडौ, बाजुराबैशाख ८- नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य  खडक बहादुर अएडीको  सडक दुर्घटनामा परी असामयिक निधन भएकोमा नेपाली काग्रेस केन्द्रिय कार्यालयनेपाली काग्रेस त्रिवेणी नगरकार्य समिति, बाजुरा र नेविसंघ केन्द्रिय कार्यालयद्वारा भावपूर्ण श्रद्वान्जली व्यक्त गरिएको छ । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ७ निवासी स्वर्गीय अएडीको सुदूरपश्चिम प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा निधन भएको  जनाउदै शोक वक्तव्यमा स्वर्गीय अयडी प्रति भावपूर्ण श्रद्वान्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।

नेविसंघ केन्द्रीय सदस्य खड्क एडीको सडक दुर्घटनामा निधन, कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

ललितपुर, ८ वैशाख -नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य खड्क अएडीको सवारी दुर्घटनामा परी असामयिक निधन भएको छ। बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ७ निवासी अएडीको बिहीबार भएको सवारी दुर्घटनामा परी अल्पायुमै निधन भएको हो।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरले शुक्रबार एक शोक वक्तव्य जारी गर्दै एडीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। कांग्रेसका कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित वक्तव्यमा स्वर्गीय एडीले नेपाल विद्यार्थी संघको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नुभएको सक्रिय भूमिकाको स्मरण गरिएको छ।

सभापति गगन कुमार थापाको समवेदना:
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अएडीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सभापति थापाले स्वर्गीय एडीको निधनबाट नेपाली कांग्रेसले एक होनहार युवा नेतृत्वलाई गुमाएको उल्लेख गर्नुभएको छ। कांग्रेसले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेको छ। विद्यार्थी राजनीतिमा जुझारु र कर्मठ पहिचान बनाउनुभएका एडीको निधनले नेविसंघ र समग्र पार्टी पंक्तिलाई नै स्तब्ध बनाएको छ।

घटना विवरण
नेविसंघले जारी गरेको शोक-वक्तव्यका अनुसारस्वर्गीय  अएडी  २०८३ साल बैशाख ४ गते बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा आफ्नो काम सकेर घर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा पर्नुभएको थियो। दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा, धनगढीस्थित निसर्ग अस्पतालमा उपचार गरिएको थियो  । निसर्ग अस्पतालबाट बैशाख ६ गते साँझ सुदूरपश्चिम प्रादेशिक अस्पताल पुर्‍याइएको  बैशाख ७ गते बेलुकि करिब ४ बजे उहाँलाई अन्तिम सास फेर्नुभएको थियो ।

नेपाली कांग्रेसद्वारा दुःख व्यक्त
अयडीको निधनप्रति नेपाली कांग्रेस बाजुराले गहिरो दुःख व्यक्त गरेको छ। कार्यवाहक सभापति पदम बडुवालद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ, "उहाँको निधनबाट नेपाली कांग्रेसले एक होनहार युवा नेतृत्व गुमाएको छ।" कांग्रेसले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ र शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

शोकव्यक्त
नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवालद्वारा जारी वक्तव्यमा अएडीलाई एक सक्रिय, समर्पित र कर्मठ युवा नेताका रूपमा स्मरण गरिएको छ। उहाँको निधनले संगठनलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै नेविसंघले स्वर्गीय एडीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, यस दुःखद घडीमा नेविसंघले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।

बाजुरा, बैशाख ८ नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा जुझारू युवा नेता खडक बहादुर अयडीको मोटरसाइकल दुर्घटनामा परी दुखद निधन भएको छ। नेपाली कांग्रेस त्रिवेणी नगर कार्य समितिले एक शोक वक्तव्य जारी गर्दै उहाँको निधनले पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको जनाएको छ।

 

पार्टीमा योगदान र संघर्षपूर्ण इतिहास 


स्वर्गीय अयडीले वि.सं. २०५४ सालदेखि नेपाल विद्यार्थी संघको सदस्यता लिएर आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। १० वर्षे जनयुद्धको कठिन समयमा चरम यातना भोग्नुभएका उहाँले २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा समेत सक्रिय र साहसिक भूमिका निर्वाह गर्नुभएको थियो। उहाँलाई एक निडर, अदम्य इच्छाशक्ति भएका र लोकतान्त्रिक आस्थाका प्रतीकका रूपमा स्मरण गरिएको छ।

 

दुर्घटनाको विवरण:
वि.सं. २०८३ बैशाख ४ गते त्रिवेणी नगरपालिकाको खेलकुद सम्बन्धी विशेष काम सम्पन्न गरी घर फर्किने क्रममा बाजुराको सदरमुकाम मार्तडी नजिकै उहाँ सवार मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका अयडीको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारकै क्रममा निधन भएको हो।

शोकश्रद्धाञ्जली
नगर कार्य समितिका सभापति सुरेन्द्र राज गिरी र सचिव गणेश बहादुर साउदद्वारा संयुक्त रूपमा जारी वक्तव्यमा भनिएको छ— "उहाँको निधन एउटा व्यक्तिको अन्त्य मात्र नभई एउटा विचार, ऊर्जा र परिवर्तनको उज्यालो दीप निभ्नु हो।" नगर समितिले स्वर्गीय अयडीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। त्रिवेणी नगरपालिका र समग्र बाजुराको विकास तथा सामाजिक रूपान्तरणमा उहाँले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने वक्तव्यमा उल्लेख छ।

नेपाली कांग्रेस, बाजुरा-काठमाडौं सम्पर्क समितिले नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य खडक बहादुर अऐडीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। समितिका सभापति विरेन्द्रराज गिरीले आज एक शोक वक्तव्य जारी गर्दै अऐडीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ। बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ७ निवासी ऐडीको हिजो वैशाख ७ गते सवारी दुर्घटनामा परी अल्पायुमै निधन भएको हो। नेविसंघको संगठन निर्माण र नेपालका विभिन्न लोकतान्त्रिक आन्दोलनहरूमा ऐडीले निर्वाह गरेको सक्रिय भूमिकाको स्मरण गर्दै समितिले उहाँलाई एक 'होनहार युवा नेतृत्व'का रूपमा चित्रण गरेको छ।सभापति गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "उहाँको दुःखद निधनमा गहिरो शोक व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।" साथै, समितिले ब्रह्मलीन आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

 

प्रतिकृया दिनुहोस

युरोपेली च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्यो

च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्यो फिफा विश्वकप २०२६ को फाइनल

त्रिवेणी बाजुरामा महायज्ञको जगमा अनाथको भविष्य: तोली देवलडाँडा माविले सुरु गर्‍यो देशकै नमुना आवासीय अभियान

त्रिवेणी बाजुरामा महायज्ञको जगमा अनाथको भविष्य: तोली देवलडाँडा माविले सुरु गर्‍यो देशकै नमुना आवासीय अभियान बाजुरा, ५ असार २०८३ -दुर्गम पहाडी जिल्ला

ने वि संघका केन्द्रिय सदस्य स्वर्गीय खडकअयडीको पार्थिव शरीरमा ६ बर्षिय छोरा रिदम अयडीले दागबत्ती दिए, बाजुराको सेराबगरमा अन्त्यष्टि कर्म सम्पन्न

कैलाशमाडौ,बाजुरा-   नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य स्वर्गीय खडकबहादुर अयडीको पार्थिव शरीरमा  बाजुराको शेराबगर स्थित बुढीगंगा