बाजुराको त्रिवेणी नगरपालिकाद्वारा बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा त्रिवेणी नगरपालिकाबाट सहभागि प्रशिक्षकहरु, व्यवस्थापकहरु र विभिन्न पदक जित्ने खेलाडीहरूको सम्मान र बिदाई कार्यक्रमको आयोजना

पदक जित्न सफल खेलाडीहरू, प्रशिक्षकहरु र व्यवस्थापकहरु सम्मानित

१५ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा त्रिवेणी नगरपालिकाबाट सभागित विभिन्न पदक जित्ने खेलाडीहरू, प्रशिक्षकहरु र व्यवस्थापकहको सम्मान र बिदाई कार्यक्रम आयोजना

-अनिल अयडी

 कैलाशमाडौ,बाजुरा, फागुन,१६ गते-बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकाद्वारा बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा त्रिवेणी नगरपालिकाबाट सहभागि विभिन्न पदक जित्ने खेलाडीहरू लगायत प्रशिक्षकहरु र व्यवस्थापकहको सम्मान र बिदाई कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा नगरप्रमुख कर्णबहादुर थापाले खेलाडीहरूको उत्कृष्ट प्रदर्शनलाई सराहना गर्दै उनीहरूको भविष्यका लागि शुभकामना व्यक्त गरे। नगरप्रमुख थापाले खेलाडीहरूले आफ्नो मेहनत र लगनशीलताको बलमा अर्को स्तरमा पुग्न सक्ने विश्वास पनि व्यक्त गर्नुभयो । थापाले त्रिवेणी नगरपालिकाको त्रित्रेसैन र भडारसैनमा खेलमैदानका लागि जग्गाको अध्ययन भैरहेको उपयुक्त मूल्य र बढी संभावना भएको जग्गामा खेलमैदा निर्माण गर्ने बताउनुभयो ।

​ ​ ​ ​ ​

बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा त्रिवेणी नगरपालिकाका खेलाडीहरूले  विभिन्न विधामा कुल ३२ पदकहरू जितेका थिए ।   नगरप्रमुख थापाले  खेलाडीहरुको प्रदर्शनले नगरपालिकाको गौरव बढाएको बताउदै खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूलाई उच्चस्तरीय प्रतियोगितामा सहभागी हुन प्रोत्साहन दिने बताउनुभयो । उहाँले यस्तै कार्यक्रमहरूले खेलकुद क्षेत्रमा युवाहरूलाई अगाडि बढ्न प्रेरणा दिन्छ भन्दै खेलाडीहरुले अब खेलसँगै पढाइमा केन्द्रिन हुन सल्लाह दिनुभयो ।

​ ​

​ ​ ​ ​ ​

 

​ ​ ​ ​ ​

​ ​

त्रिवेणी नगरपालिका द्वारा बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सहभागी भई विभिन्न पदक जित्ने खेलाडीहरूको सम्मान र बिदाई कार्यक्रममा नगर उपप्रमुख कमला जैसी न्यौपानेले खेलाडीहरूको उत्कृष्ट प्रदर्शनलाई सराहना गर्दै उनीहरूको भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले खेलकुदले नै राष्ट्रिय एकताको प्रतीक हो भन्ने बताउँदै खेलाडीहरूलाई अझ बढी मेहनत गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि उत्कृष्ट प्रदर्शन गर्न आह्वान गर्नुभयो।

​ ​ ​ ​ ​

​ ​ ​ ​ ​

त्रिवेणी नगरपालिकाद्वारा आयोजित बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा विभिन्न पदक जित्न सफल खेलाडीहरूको सम्मान र बिदाई कार्यक्रममा त्रिवेणी नगरापालिकाको सामाजिक विकास समितिका संयोजक गणेशबहादुर साउदले खेलाडीहरूको उपलब्धिलाई सराहना गर्दै  खेलकुदमा निरन्तरता र मेहनतले मात्र सफलता प्राप्त गर्न सकिने बताउँदै युवा पुस्तालाई खेलकुदमा अझ सक्रिय हुन आह्वान गर्नुभयो। संयोजक साउदले खेलाडीहरूले आफ्नो प्रतिभा र क्षमतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि प्रदर्शन गर्नुपर्ने बताउनुभयो। उहाँले खेलकुदलाई समुदाय र राष्ट्रको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विषयमा  बनाउन र पालिकले लगानी बढाउन पनि जोड दिनुभयो।

​ ​ ​ ​ ​

 कार्यक्रममा त्रिवेणी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गगनजंङ्ग बुढाले आफ्नो भनाई राख्दै खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै  खेलाडीहरूको मेहनत, लगनशीलता र समर्पणलाई प्रशंसा गर्दै यस्ता प्रतियोगिताहरूले समग्र रूपमा समाजमा पनि सकारात्मक प्रभाव पारेको बताउनुभयो । अध्यक्ष बुढालेले खेलाडीहरूलाई भविष्यमा पनि उत्तिकै मेहनत गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नगरपालिका, जिल्ला र नेपालको नाम अंकित गर्न आह्वान गर्नुभयो ।

​ ​ ​ ​ ​

 कार्यक्रममा त्रिवेणी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष पारस बुढाले आफ्नो भनाई राख्दै खेलाडीहरूको उत्कृष्ट प्रदर्शनलाई सराहना गर्दै समग्र रूपमा युवा पुस्तालाई प्रेरित गर्ने र राष्ट्रिय एकतालाई बढावा दिने भूमिका खेलेको बताउनभयो । उहाँले खेलाडीहरूलाई भविष्यमा पनि उस्तै उत्साह र ऊर्जाका साथ अगाडि बढ्न आह्वान गर्नुभयो ।

अध्यक्ष बुढाले नगरपालिकाको पक्षबाट खेलकुद क्षेत्रमा हुने सहयोग र समर्थन कायम रहने र खेलाडीहरूले आफ्नो प्रतिभा र क्षमतालाई अझ विकास गरेर अघि बढ्ने आवश्यकता रहेको बताउनुभयो  कार्यक्रममा त्रिवेणी नगरपालिका नगर कार्यपालिकाका सदस्य मनोज बि. क. ले आफ्नो भनाई राख्दै खेलाडीहरूको उत्कृष्ट प्रदर्शनलाई सराहना गर्दै खेलाडीहरूलाई भविष्यमा पनि उस्तै उत्साह र ऊर्जाका साथ अगाडि बढ्न आह्वानका साथ  नगरपालिकाको पक्षबाट खेलकुद क्षेत्रमा हुने सहयोग बढाउन अनुरोध गर्नुभयो । त्यसै गरि कार्यक्रम मन्तब्य दिनुहुदै वडा सदस्य एवं समाजसेवी दिपकबहादुर साउदले खेलक्षेत्रमा नगरपालिकाले ध्यान दिनु पर्ने र लगानी बढाउन आग्रह गर्नुभयो  कार्यक्रमको अध्यक्षता गर्नुभएका त्रिवेणी नगरपालिकाद्वारा गठित  खेलकुद विकास समितिको संयोजक खडकबहादुर अयडीले कार्य्रकम समापन मन्तब्य दिदै त्खेलकुदको भौतिक र प्राबिधिक कुराको अभ्यास गर्ने अबसर नपाएकै कारण त्रिवेणी पछाडी परेकोले अगामि दिनमा सबैले सहयोगमा जुट्नु पर्ने बताउनु भयो । उहाँले खेलजगतको विकासका लागि खेलखेल्ने समयमा मात्र नभएर निरन्तर अभ्यासमा जुटीरहन विद्यार्थीहरुलाई सुझाव दिदै आफु पनि खेलाडी भएकाले खेल जगतको विकासका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि त्रिवेणी नगरपालिका लगायत विभिन्न क्षेत्रमा योजना माग गरेको स्पष्ट पार्नुभयो । कार्यक्रमका अध्यक्ष अयडीले त्रिवेणीमा खेलका प्रत्येक बिधाका  प्रशिक्षकको व्यवस्थापन गर्न आफु लागि पर्ने बताउनुभयो ।

यस अवसरमा प्रतियोगितामा पदक जित्न सफल खेलाडीहरू, प्रशिक्षकहरुलाई प्रमाणपत्रसम्मानपत्र  तथा पुरस्कार वितरण गरिएको थियो । त्यसैगरि त्रिवेणी नगरपालिकाको तर्फबाट प्रतियोगितामा भाग लिएका  प्रशिक्षकहरु र व्यवस्थापकलाई प्रमाणपत्रसम्मानपत्र  तथा पुरस्कार वितरण गरिएको थियो।

        राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ त्रिवेणी नगरपालिकाका हासिल गर्ने बिद्यार्थीहरु

                                   

                                          प्रथम स्थान

क्र सं

खेलाडीको नाम

विधा

स्थान

कैफियत

अस्मीता साउद

उसु

प्रथम

 

लक्ष्मी साउद

कराते

प्रथम

 

आसीका सुनार

लङ्जम्प

प्रथम

 

प्रगती बुढा

पुष्पा नाथ

रमा न्यौपाने

प्रगती साउद

*४०० रिले

प्रथम

 

रमा न्यौपाने

पुष्पा नाथ

प्रगती बुढा

प्रगती साउद

*१०० रिले

   

                  त्रिवेणी नगरपालिकाका दोस्रो स्थान हासिल गर्ने बिद्यार्थीहरु

क्र सं

खेलाडीको नाम

विधा

स्थान

कैफियत

बबीता बुढा

उसु

दोस्रो

 

बिबेक अयडी

उसु

दोस्रो

 

राजकुमार शाही

कराते

दोस्रो

 

सुदिप थापा

लङ्जम्प,ट्रिपल जम्प र २०० मीटर दौड

दोस्रो

३ वटा विधामा

नितेश अयडी

ज्याभ्लिङ्ग थ्रो

दोस्रो

 

अस्मीता अयडी

ज्याभ्लिङ्ग थ्रो

दोस्रो

 

कुसम थापा

२०० मीटर दौड र ट्रीपलजम्म

दोस्रो

२ वटा विधामा

बिमला बि क

तेकान्डो

दोस्रो

 

                                               भलिबल छात्र

अमराज साउद

भलिबल

दोस्रो

 

महेन्द्र साउद

भलिबल

दोस्रो

 

निराजन साउद

     

बिनोद बुढा

भलिबल

दोस्रो

 

बिवेक थापा

     

बिवेक अयडी

भलिबल

दोस्रो

 

सुकदेव बुढा

     

माधव बुढा

भलिबल

दोस्रो

 

बिकास नेपाली

     

१०

पंकज बि क

भलिबल

दोस्रो

 

                                              कब्बड्डी छात्र

हिमाल बुढा

कब्बड्डी

दोस्री

 

हिमाल अयडी

कब्बड्डी

दोस्री

 

अंकित अयडी

कब्बड्डी

दोस्री

 

रोशन साउद

कब्बड्डी

दोस्री

 

रोशन बिष्ट

कब्बड्डी

दोस्री

 

मुक्ति भण्डारी

कब्बड्डी

दोस्री

 

आयुष बिश्वकर्मा

कब्बड्डी

दोस्री

 

एकेन्द्र सुनार

कब्बड्डी

दोस्री

 

पुष्प रावल

कब्बड्डी

दोस्री

 

१०

दिपन रावल

कब्बड्डी

दोस्री

 

                        तृतिय स्थान हासिल गर्ने खेलाडीहरु

मनिषा साउद

उसु

तेस्रो

 

कमल साउद

कराते

तेस्रो

 

सुनिता साउद

कराते

तेस्रो

 

बसन्ती साउद

कराते

तेस्रो

 

सरस्वती बुढा

१५०० मीटर दौड

तेस्रो

 

कुशल बुढा

३०००मीटर दौड

तेस्रो

 

कुशम थापा

२०० मीटर दौड

तेस्रो

 

पुजा मिजार

तेक्वाण्डो

तेस्रो

 

ममता बुढा

तेक्वाण्डो

तेस्रो

 

कोकिला साउद

तेक्वाण्डो

तेस्रो

 

लोकेश साउद

तेक्वाण्डो

तेस्रो

 

नबिन गिरी

तेक्वाण्डो

तेस्रो

 

१०

जीवन अयडी

तेक्वाण्डो

तेस्रो

 

११

गोबिन्द साउद

तेक्वाण्डो

तेस्रो

 

१२

दुर्गा बि क

तेक्वाण्डो

तेस्रो

 

​ 

​ ​ ​ ​ ​

​ ​ ​ ​ ​

 

​ ​ ​ ​ ​ ​ ​ ​ ​

 

 

प्रतिकृया दिनुहोस

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख क्रितिमानधारी खेलाडी दीपेन्द्रसिंह ऐरी  सम्मानित

महेन्द्रनगर,फागुन,१३ गते- नेपाली राष्ट्रिय क्रिकेट टोलीका  क्रितिमानधारी खेलाडी  दीपेन्द्रसिंह ऐरी  सम्मानित भएका छन । उद्योग वाणिज्य सङ्घ

बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १५ औं संस्करण भानोदय माध्यमिक विद्यालय नौबिस बाजुरामा आजबाट विधिवतरुपमा शुरु

  बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको  १५ औं संस्करण भानोदय माध्यमिक विद्यालय नौबिसबाजुरामा आजबाट विधिवतरुपमा शुरु -नविन

एसियाली खेल महाकुम्भ : १९औं एसियाडको चीनको हाङझाउस्थित हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भब्य सुभारम्भ

उद्घाटनमा मार्चपास गर्दै नेपालका खेलाडी । तस्बिर : सौजन्य राजेन्द्र चित्रका हाङझाउ, असोज ६ -एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद