नेपाली सेना: दैविक प्रकोप उद्धारमा विश्वकै नमुना, साहसिक र  सर्बोत्कृष्ट सेना

विपद व्यवस्थापनमा विश्वकै नमुना नेपाली सेना

नेपाली सेना: दैविक प्रकोप उद्धारमा विश्वकै नमुना साहसिक  सर्बोत्कृष्ट सेना

बाजुरा-हिमाल, पहाड र तराईको कठिन भौगोलिक बनावट, जलवायु परिवर्तनको उच्च जोखिम र भूकम्पीय जोखिमको केन्द्रमा रहेको नेपालमा जब-जब दैविक प्रकोप आउँछ, सबैभन्दा पहिले, सबैभन्दा अगाडि देखिने वर्दी हो -नेपाली सेनाको। सिमित साधन र स्रोतका बाबजुद जसरी उद्धारमा काम गरिरहेका छन् त्यो विश्वभर प्रशंसनीय बनेको छ। यही कारण आज नेपाली सेनालाई विपद् व्यवस्थापनमा विश्वकै नमुना मानिन्छ।

ऐतिहासिक जग र संस्थागत संरचना

नेपाली सेना केवल युद्ध लड्ने सेना होइन। यो विपद्को साथी हो। हाल सेनाले यसलाई संस्थागत रूपमा विकास गरेको छ।सेनाले आफ्नै विपद् व्यवस्थापन निर्देशनालय (Directorate of Disaster Management), दुईवटा समर्पित विपद् व्यवस्थापन गण (Disaster Management Battalions) र राष्ट्रिय विपद् व्यवस्थापन विद्यालय (National Disaster Management School) स्थापना गरिसकेको छ।  समर्पित बजेट र क्षमताको व्यवस्थापन, खोज तथा उद्धार र आपतकालीन चिकित्सामा तालिम, र विदेशी सेना तथा मानवीय निकायसँगको संयुक्त अभ्यासमा। सरकारले नै कानुनमै व्यवस्था गरेको छ — दैविक प्रकोपको बेला नेपाल सरकारले नेपाली सेनालाई खोज, उद्धार र राहतका लागि परिचालन गर्न सक्छ।

 अपरेशन संकटमोचन : विश्वले देखेको नेतृत्व

२०७२ बैशाख १२ को गोरखा महाभूकम्प नेपाली सेनाको क्षमताको सबैभन्दा ठूलो परीक्षा थियो।सेनाले 'अपरेशन संकटमोचन' (Operation Sankat Mochan) नाम दिएर राष्ट्रिय विपद् प्रतिकार्य ढाँचा अनुसार उद्धार सञ्चालन गर्यो। यो अपरेशन तीन चरणमा विभाजित थियो — तत्काल प्रतिकार्य, समन्वयात्मक उद्धार तथा राहत, र पुनर्निर्माण। उद्धार तथा पुर्ननिर्माणमा नेपाली सेना कुल ६६,०६९ जना परिचालित भए। अर्को अध्ययन अनुसार ९० प्रतिशत सेना परिचालित गरिएको थियो। २३,५९४ जनाको प्रत्यक्ष उद्धार र ८५,९५४ जनालाई प्रारम्भिक उपचार प्रदान गरियो। भत्किएका संरचनाबाट १,३३६ जनालाई जीवितै उद्धार र हेलिकप्टरबाट २,९२८ जनाको हवाई उद्धार गरियो। ३४ देशका १८ सैन्य र १६ गैर-सैन्य टोलीलाई Multi National Military Coordination Center मार्फत समन्वय गरियो।  

भोटेकोशी र रसुवाको विनाशकारी बाढी २०८३
गत भदौ १० गते भोटेकोशीमा गएको विनासकारी बाढीले अपूरणीय क्षति पुर्यायो। यस्तो विकराल घडीमा नेपाली सेनाले नेतृत्वदायी भूमिका निर्वाह गर्यो। सेनाको पछिल्लो अद्यावधिक अनुसार हवाइ साधनमार्फत जम्मा ४,१९१ जनाको उद्धार — जसमा ३,९०८ स्वदेशी र २८३ विदेशी। जमिनमा ८ हजार ७ सयभन्दा बढी जवानहरू खटिएका थिए। अर्को विवरणमा ४,२४२ जना (३,९५९ नेपाली र १२ देशका २८३ विदेशी) को उद्धार भएको पुष्टि छ।

सुरुङभित्रको विश्वकै जटिल उद्धार:
हाइड्रोपावरको साँघुरो र जोखिमपूर्ण सुरुङभित्र करिब १७० मिटर गहिराइसम्म प्रवेश गरी लेदो, चट्टान, सीमित स्थान तथा थप जोखिमको सम्भावनाबीच गरिएको जीवित उद्धार नेपाली सेनाको अदम्य साहस, उच्च व्यावसायिक दक्षता र टोलीगत समन्वयको नमुना हो। सेनाले यसलाई विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय भनेको छ। आफ्नै परिवार तथा सैनिकसमेत विपद्बाट प्रभावित रहेको अवस्थामा पनि कर्तव्यलाई सर्वोच्च प्राथमिकता दिँदै अग्रपङ्क्तिमा खटिएको थियो।

 प्रविधि र क्षमताको विस्तार:

ड्रोनबाट राहत: हालैका बाढीमा "Most of our helicopters are busy with rescue operations... drones are the best option" भन्दै सेनाले दुर्गम क्षेत्रमा ड्रोनबाट खाद्यान्न, औषधि र इन्धन पुर्याएको छ। अत्यन्त जोखिमपूर्ण इम्जा हिमताल (Imja glacial lake) को पानी निकाल्ने कार्य र बाढीमा ड्रोनको प्रयोगले सेनाको पूर्वतयारी क्षमतालाई देखाउँछ।  अमेरिकाले हालै सेनालाई दुईवटा Skytruck हस्तान्तरण गरेको छ, जुन विपद् प्रतिकार्य, उद्धार र एयर एम्बुलेन्सको रूपमा प्रयोग हुनेछ। यसले नेपालको मानवीय सहायता र विपद् प्रतिकार्य क्षमतामा क्रान्ति ल्याउने अमेरिकी दूतावासले जनाएको छ।  २०१५ मा म्यानमारले नेपाललाई सहयोग गरे झैं २०२५ मार्च २८ को भूकम्पपछि नेपाल सरकारले नेपाली सेनाको मेडिकल टोली म्यानमार पठायो। यो दुईतर्फी मानवीय कूटनीतिको नमुना हो।

नेपाली सेना किन विश्वकै नमुना?

१. सबैभन्दा छिटो प्रतिकार्य: भूकम्पको दोस्रो घण्टादेखि नै राहत सुरु भएको थियो।
२. भूगोल सुहाउँदो रणनीति: सडक बिच्छेद भएको अवस्थामा हवाई मार्गलाई प्राथमिक माध्यम बनाउने रणनीति।
३. समावेशी उद्धार: नेपाली मात्र होइन, १२ देशका विदेशी नागरिकलाई समेत समान प्राथमिकतामा उद्धार गर्ने मानवीयता।
४. जनताको सेना: सेना जनताको सेना भएको प्रमाण विपदमा प्रष्ट देखिन्छ 

नेपाली सेना आज केवल रक्षा पंक्तिमा मात्र सीमित छैन। यो प्रकृति संरक्षणको ५० वर्षे इतिहास बोकेको संस्था हो, जसले लोपोन्मुख वन्यजन्तु र जैविक विविधता संरक्षणमा अतुलनीय योगदान पुर्याएको छ। स्थानीय तहमा सेनाले जस्तै उद्धार कार्यदल र सीपमूलक तालिम विस्तार गर्ने, जसले हरेक विद्यालय, वडा विपद्मा पहिलो प्रतिकार्य कर्ता बन्न सक्छन्। विपद् व्यवस्थापनमा सेनाको नेतृत्वमा सुरक्षा निकाय,स्थानीय सरकार, समुदायको त्रिकोणात्मक मोडललाई कानुनी रूपमा अझ बलियो बनाउने देखिन्छ । जलवायु जन्य विपद्लाई राष्ट्रिय सुरक्षाको विषयको रूपमा हेर्नुपर्ने आवश्यकता देखिन्छ ।  नेपाली सेनाको साहस, अनुशासन र राष्ट्रवादको प्रशंसा विश्वभर भइरहेको छ। सीमित स्रोत, असीमित चुनौती र आफ्नै परिवार विपद्मा परेको बेला पनि नागरिकको जीवनरक्षालाई सर्वोपरि ठान्ने यो चरित्र नै नेपाली सेनालाई दैविक प्रकोप उद्धारमा विश्वकै नमुना, सर्वोत्कृष्ट र साहसिक सेना बनाउने आधार हो।भदौ १० गते तिब्बतको सिमानाबाट आएको अकल्पनीय भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ र त्रिशूली करिडोरमा ठूलो क्षति गर्यो। यसलाई नेपालको इतिहासकै ठूलो जलविद्युत सुरुङ विपद् मानिएको छ।नेपालका सुरक्षा निकायका २०,९२९ जना जनशक्ति परिचालन भए, जसमा २१,००० नेपाली सेना एक्लै हाइड्रोपावर साइटहरूमा खटिएका थिए। नेपाली सेनाले १,६५१ वटा हेलिकप्टर उडान गरेको छ, जसमा एकैदिन १७ उडान समेत छ। सशस्त्र प्रहरीले ३२० उडान गरेको छ।

 नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कमाण्ड गर्दै नेपाली सेनाले १२,००० जनाको उद्धार गर्यो, जसमा हाइड्रोका सुरुङमा फसेकाहरू पनि थिए। यस क्रममा ८० भन्दा बढी सुरक्षाकर्मी, जसमध्ये आधाभन्दा बढी नेपाली सेनाका थिए, ज्यान बचाउने क्रममा शहीद भएका छन्।

सुरुङभित्रको चमत्कारिक उद्धार – १० दिनपछि जीवित उद्धार

 

सुरुङभित्रको उद्धार अभियान विश्वकै कठिन मानिएको उद्वार कार्य हो । त्रिशूली-३A मा बाढी आएको १० दिनपछि सञ्जय साह र कविर महर्जन नामका दुई मजदुरलाई नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र र प्राविधिक विज्ञसहितको टोलीले जीवित उद्धार गर्यो। उनीहरूलाई वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको थियो।  चिलिमे हाइड्रोपावरको सुरुङमा नेपाली सेनाका डाइभरहरू पानीको निकासबाट प्रवेश गरी अन्तिम छेउसम्म खोजी गरे। डेब्रिज हटाउन एक्साभेटर, लोडर र हेलिकप्टर प्रयोग गरी १,०५० मिटर लामो पहुँच सडक नै निर्माण गरिएको थियो। सेनाका एक उद्धारकर्ताको भनाइ – "एक्कासी बाढी आयो, त्यसपछि केही थाहा छैन" – भन्दै २० जना सुरुङबाट निस्किएको प्रत्यक्षदर्शी विवरणले त्यस भित्रको त्रास देखाउँछ।

अन्तर्राष्ट्रिय सहकार्यमा सेनाको नेतृत्व

यस विपदमा नेपाली सेनाको क्षमतामाथि अन्तर्राष्ट्रिय विश्वास समेत देखियो।भारत र चीनका विशेष सुरुङ उद्धार टोलीहरू (Specialised tunnel rescue teams) बाढी सुरु भएको तीन दिनपछि नेपाली सेनासँगै परिचालित भए। भारतले ११ टन औषधि, फोरेन्सिक सामग्रीसहित मानवीय सहायता पठायो र भारतीय वायुसेनाको C-130J र C-17 ले राहत ढुवानी गर्यो।

 देशभरि सेनाको निरन्तर सक्रियता – सडकदेखि पुलसम्म

सेनाको काम केवल हेलिकप्टरबाट मान्छे निकाल्ने मात्र होइन र सडक र पुल मर्मत पनि गर्यो । बाढी–पहिरोपछि अवरुद्ध भएका सडक, पुल तथा खानेपानीका संरचना मर्मत गरी आवागमन सुचारु गर्ने काममा सेना सक्रिय छ। कालीगण्डकी तटीय क्षेत्रमा राहत ढुवानी र सञ्चार सेवा पुनःस्थापना पनि सेनाले गरेको छ।  एकै दिन ६०२ जनाको स्थलमार्ग र ८२ जनाको हवाई उद्धार गरिएको थियो। म्याग्दीको अन्नपूर्ण-५ पाउद्वारमा फसेका ७८ जनालाई हेलिकप्टरबाट मुक्तिमार्ग माविमा सारिएको थियो।  सडक सञ्जालबाट निकै विकट स्थानमा रहेका कारण सेनाले १४ हजार ७३५ केजी राहत सामग्री हवाई मार्गबाट ढुवानी गरी वितरण गरेको छ। राजविराजस्थित बरख गणबाट सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा १४ जनाको टोलीले अशक्त, वृद्ध, महिला र बालबालिकासहित २० जनालाई डुबानबाट उद्धार गर्यो। पछिल्लो एकीकृत तथ्यांक अनुसार सेनाले ४,१७७ जनाको हवाई उद्धार (३,८९४ स्वदेशी र २८३ विदेशी) गरिसकेको छ, साथै जमिनी खोजी, स्वास्थ्य सेवा र सडक खुलाउने कार्य जारी छ।

 सेना, प्रहरी, सशस्त्र र स्थानीय निकायलाई एकै कमाण्डमा ल्याउने क्षमता।
सीमित स्रोतमा अधिकतम परिणाम: स्काईट्रक, हेलिकप्टर, डाइभर, ड्रोन र पैदल सेनाको संयोजन।
 नागरिक–सैनिक सम्बन्ध: उद्धार गरिएकालाई त्रिशूलीको नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार र क्याम्पको व्यवस्था – यो विश्वका धेरै सेनाले नसिकेको मानवीय अभ्यास हो।  नेपाली सेना अब केवल देशको रक्षा गर्ने शक्ति मात्र होइन, यो जलवायु संकटको युगमा नेपालले विश्वलाई दिएको 'मानवीय सुरक्षा मोडल' हो। प्रत्येक बाढी, पहिरो र भूकम्पमा आफ्नो ज्यान जोखिममा राखेर नागरिक बचाउने यो परम्परा नै नेपालको राष्ट्रिय गौरव र विश्वसामु साहसको पाठ हो।

प्रतिकृया दिनुहोस

युरोपेली च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्यो

च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्यो फिफा विश्वकप २०२६ को फाइनल

त्रिवेणी बाजुरामा महायज्ञको जगमा अनाथको भविष्य: तोली देवलडाँडा माविले सुरु गर्‍यो देशकै नमुना आवासीय अभियान

त्रिवेणी बाजुरामा महायज्ञको जगमा अनाथको भविष्य: तोली देवलडाँडा माविले सुरु गर्‍यो देशकै नमुना आवासीय अभियान बाजुरा, ५ असार २०८३ -दुर्गम पहाडी जिल्ला

ने वि संघका केन्द्रिय सदस्य स्वर्गीय खडकअयडीको पार्थिव शरीरमा ६ बर्षिय छोरा रिदम अयडीले दागबत्ती दिए, बाजुराको सेराबगरमा अन्त्यष्टि कर्म सम्पन्न

कैलाशमाडौ,बाजुरा-   नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य स्वर्गीय खडकबहादुर अयडीको पार्थिव शरीरमा  बाजुराको शेराबगर स्थित बुढीगंगा

↑