सत्ता साझेदार पाँच दलबिच चुनावी तालमेलको औपचारिक सहमति मङ्गलबार सम्पन्न हुने संभावना

सत्तारूढ पाँच दलले मङ्गलबार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तालमेलको खाका र कार्यविधि सार्वजनिक गर्ने तयारी

काठमाडौँ, वैशाख, ६ - सत्ता साझेदार पाँच दलले छवटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा चुनावी तालमेलको औपचारिक सहमति मङ्गलबार गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुई चरणमा भएको छलफलपछि सत्तारूढ पाँच दलले मङ्गलबार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तालमेलको खाका र कार्यविधि सार्वजनिक गर्ने तयारी गरेका हुन् । 

सत्तारूढ दलहरू नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू चुनावी तालमेल र साझा उम्मेदवार तय गर्ने विषयमा सोमबार दिनभरि नै छलफलमा जुट्नुभएको थियो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौँ महानगरसहित ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र भरतपुर महानगरपालिकामा चुनावी तालमेलको विषयमा गम्भीर छलफल भएको बताउनुभयो । 

मन्त्री कार्कीले भन्नुभयो, “चुनावी तालमेलबारे हामीले गम्भीरता साथ छलफल गरेका छौँ र सहमतिको नजिक पुगेका छौँ । भोलि साढे ११ बजे बैठक सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा बस्नेछ ।”उहाँले मङ्गलबारसम्ममा सहमति हुने विश्वास व्यक्त गर्नुभयो । सबै ठाउँमा सहमतिको नजिक पुगेकाले मङ्गलबार कहाँ–कसरी चुनावी तालमेल गर्ने भन्ने विषय सार्वजनिक  गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “समग्रमा छलफल भएको छ । धेरै ठाउँमा सहमति नजिकमा पुगेका छौँ । सकारात्मक रूपमा अघि बढ्नुपर्छ भन्नेमा गठबन्धनका सबै नेताहरू सहमत हुनुहुन्छ ।” छ महानगर र ११ वटा उपमहानगरसँगै वडाहरूमा साझा उम्मेदवार तय गर्ने गृहकार्यमा जुटेका सत्ता साझेदार दलहरू चैत २९ गते बसेको गठबन्धनको बैठकले निर्धारण गरेको मापदण्डका आधारमा अघि बढ्न लगभग सहमत भएका छन् । 

मन्त्री कार्कीले भन्नुभयो, “सम्पूर्ण विषयमा वस्तुगत रूपमा छलफल भयो । सत्ता साझेदार दलहरूबीचको समझदारीमा बनेको मापदण्डका आधारमा निर्णयमा पुग्छौँ ।” 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता: द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रुपमा छलफल

  काठमाडौ, असोज ६ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीन फिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ।  चीनको

नेपाली कांग्रेसको पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी हुने निर्णय

काठमाडौँ,  चैत, ५- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ । सङ्घीय संसद् भवन नयाँ

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, २५ ,फागुन  -राष्ट्रपतिमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ। राष्ट्रपति निर्वाचन