राष्ट्रपति भण्डारीद्वारा त्रिवेणी नगरपालिका बाजुरा स्थित माता बडीमालिका लगायत खप्तडमा पुजा, बाजुरा लगायतका क्षेत्रमा खुसीयाली
राष्ट्रप्रमुखका रुपमा बडीमालिका माताकाे पुजा सहित भ्रमण गर्ने राष्ट्रपति भण्डारी पहिलाे व्यक्ती

बाजुरा १८,जेठ- राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवेणी नगरपालिका बाजुरामा अवस्थित माता बडीमालिकाकाे बुधबार बिहान पूजा आराधना गर्नुभएको छ । गङ्गादशहराका अबसरमा बाजुरा, बझाग,डाेटी र अछाम जिल्लामा पर्ने पवित्र धार्मिक स्थल खप्तड लगायत राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकाकाे पूजाआजा सहित खप्तड र बडीमालिका क्षेत्रकाे भ्रमण गर्नभएकाे बडीमालिकाका पुजारी नेत्रराज पाध्यायले जानकारी दिनुभयाे । नेपालकै सुन्दर धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलन रहेकाेमा उच्च पहाड र प्रतिकुल माैसमका कारण श्रावणमा जनै पूर्णिमाकाे अघिल्लाे दिन मेला भर्ने गरीन्छ । राष्ट्रपति भण्डारीले धेरै अघि माता बडीमालिकाकाे पूजाआजा सहित भ्रमण गर्ने इच्छा राखेकाे भए पनि यस पटक उहाँकाे भ्रमण सभव भएकाे पुजारी पाध्यायले बताउनुभयाे ।
पुजारी पाध्यायले भन्नुभयो,‘‘आज बिहान साढे ७ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी बाजुरा पुग्नुभयाे ।,’’ पुजारी पाध्याय पुजारीका रुपमा राष्ट्रपति भण्डारीकाे पुजामा सरीक हुन त्रिवेणी नगरपालिका वडा न ९ पैमा बाजुरा स्थित माता बडीमालिकाकाे भण्डारगृहबाट नेपाली सेनाकाे हेलीकाेप्टरबाट बडीमालिका मन्दिर पुगेका थिए ।
‘‘पुजारी पाध्यायले बताउनुभयाे- ‘‘हामी सबै नेपालीका अभिभावक महामहिमबाट खप्तड र बडीमालिकाकाे भ्रमणले याे क्षेत्रकाे महिमा र गरीमा बढेकाे छ, हामी धन्य भएका छाै , याे क्षेत्रकाे प्रचारप्रसारमा सहयाेग पुगेकाे छ । पुजारी पाध्यायले भन्नुभयाे- राष्ट्रप्रमुखकाे पुजाआजा पछि माता बडीमालिकाकाे आर्शिवादले देशमा शान्ती, सुख र समर्द्धि बढ्ने छ ।
खप्तड बाबा र तत्का लीन नेपाली सेनाका रथी भरतकेशरी सिहले प्रत्येक बर्ष बडीमालिकाकाे दर्शनभ्रमण गर्ने गर्नुभएकाे थियाे । शुरु शुरुमा जनैपूर्णिमाकै अवसरमा पुजा गर्ने गरेका भए पनि पछि धार्मिक श्रद्बालुभक्तजनहरुकाे बाक्लाे उपस्थितीकै बेला पुजा गर्न असहज भएकाे महशुस भए पछि खप्तड स्वामीकै सुझावमा नेपाली सेनाकाे सूदूरपश्चिम पृतनाबाट गङ्गादशहराका अबसरमा बडीमालिकामाताकाे बर्षेनी पुजाआजा गर्ने प्रचलन रही आएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बिहान नेपाली सेनाको बाजुरास्थित दुर्गा भञ्जन गुल्म प्रस्थान भएर बडीमालिका पूजा आराधनाका प्रस्थान गर्नुभएको हो ।’’ बडीमालिकाको पूजा सकेर राष्ट्रपति भण्डारी सुर्खेत फर्किनुभएको थियाे । बडीमालिकामा राष्ट्रपति भण्डारीको आगमनले यहाँको स्थानीय बासिन्दाहरु खुसी भएका छन । धेरैले उहाँकाे भ्रमणले यस क्षेत्रकाे प्रर्यटन प्रवर्द्बनमा थप टेवा पुग्ने आशा गरीएकाे छ ।

जर्मनीको बर्लिनमा वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्डबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे सम्मानित
-रेडियो बडीमालिका समाचारदाता काठमाडौ,फागुन २१ गते- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे हिमालयन क्षेत्रका

चिनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुने
काठमाडौँ, फागुन १२ गते - संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन
बडीमालिकाबाट तीर्थालुहरु नाटेश्वरी मन्दिर पुगे, जनै पूर्णिमा र रक्षा बन्धनका अवसरमा बाजुराको नाटेश्वरी मन्दिरमा भदौ १४ विहानैदेखि पूजा गर्न सकिने
बडीमालिका मन्दिरबाट तीर्थालु नाटेश्वरी मा पुगे, जनै पूर्णिमा र रक्षा बन्धनका अवसरमा बाजुराको नाटेश्वरी मन्दिरमा भदौ १४ विहानैदेखि पूजा गर्न
प्रतिकृया दिनुहोस