बाजुराको त्रिवेणीमा परम्परागत खेती प्रणाली र रासायनिक मलको असन्तुलित प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गयो,माटोको अवस्था पहिचान गर्न माटो परीक्षण शिविर सञ्चालन
कृषकहरूलाई आधुनिक तथा उत्पादनमुखी खेतीतर्फ अग्रसर हुन नगरप्रमुख कर्णबहादुर थापाको आग्रह
बाजुराको त्रिवेणी नगरपालिकामा माटो परीक्षण शिविर सञ्चालन
तोली,बाजुरा, ५ जेठ- बाजुराको त्रिवेणी नगरपालिकाका अधिकांश क्षेत्रमा परम्परागत खेती प्रणाली र रासायनिक मलको असन्तुलित प्रयोगका कारण माटोको उर्वराशक्ति दिनप्रतिदिन घट्दै गएको छ। स्थानीय किसानहरूले वर्षौंदेखि एउटै बाली लगाउँदा र माटोको प्राङ्गारिक पदार्थतर्फ ध्यान नदिँदा उत्पादनमा ह्रास आएको अनुसन्धानले देखाउँछ। त्रिवेणीको माटोको अवस्था, यहाँ पाइने माटोका प्रकार र उत्पादकत्व बढाउने वैज्ञानिक सुधारका उपायहरू प्रस्तुत गरिएको छ। भौगोलिक अवस्थिति र उचाइका आधारमा त्रिवेणी नगरपालिकामा मुख्यत: तीन प्रकारका माटोहरू पाइने गरेको कृषि शाखाले जानकारी दिएको छ । त्रिवेणी नगरपालिका बाजुराबाट प्राप्त जानकारी अनुसार यहाँ बलौटे दोमट माटो (Sandy Loam): नदी तटीय क्षेत्र र बेसीहरूमा पाइने यो माटोमा बालुवा र पाँगोको मिश्रण हुन्छ। यो चाँडै तातिए पनि यसको जलधारण क्षमता कमजोर हुन्छ। त्यस्तै रातो र फुस्रो माटो (Red and Light Soil): पहाडी भिरालो पाखाहरूमा पाइने यो माटोमा प्राङ्गारिक पदार्थको मात्रा निकै न्यून हुन्छ। यसमा ढुङ्गामुढा बढी हुन्छन्। यहाँ पाइने चिम्patho दोमट माटो (Clay Loam): केही समथर र खोंचहरूमा पाइने यो माटोले पानी राम्ररी संकलन गर्छ। तर, खनजोत गर्न यो माटो निकै गाह्रो हुन्छ। बिज्ञहरुका अनुसार त्रिवेणीको माटोको मुख्य समस्या भनेको बढ्दो अम्लीयपन (Low pH): अत्याधिक रासायनिक मल र बर्खे झरीका कारण माटोको अम्लीयपन बढेको छ। प्राङ्गारिक पदार्थको अभाव: माटोमा गोवर मल र कम्पोस्टको मात्रा क्रमशः घट्दै गइरहेको छ। भू-क्षय र पोषक तत्वको ह्रास: भिरालो जमिनका कारण वर्षाको पानीले माथिल्लो मलिलो माटो बगाउने गरेको छ।
त्रिवेणी नगरपालिकाले माटो परीक्षणको महत्त्व र स्थानीय पहुँचमा जोड दिदै माटोको अवस्था थाहा पाउन माटो परीक्षण गराउन कृषकहरुलाई आग्रह गर्ने गरेको छ । कृषि शाखाले किसानहरूले बाली लगाउनु अगाडि अनिवार्य रूपमा माटोको स्वास्थ्य जाँच (Soil Testing) गर्नुपर्छ भनेको छ । शाखा दिएको जानकारी अनुसार माटो परीक्षणले माटोमा नाइट्रोजन, फस्फोरस, पोटास र पीएच (pH) को वास्तविक अवस्था देखाउँछ। त्रिवेणी नगरपालिकाको कृषि शाखा वा कृषि ज्ञान केन्द्र बाजुरा मार्फत किसानहरूले माटोको डिजिटल वा प्रयोगशाला परीक्षण गराउन सक्छन्।
माटो सुधारका लागि व्यावहारिक सुझावहरू माटोको अवस्था सुधारेर उत्पादन दोब्बर बनाउन निम्न उपायहरू तत्काल अपनाउनुपर्छ ।
त्रिवेणी नगरपालिकाको माटोको अवस्था सुधार गर्न कृषि चूनको प्रयोग: अम्लीय माटो सुधार गर्न प्रतिरोपनी तोकिएको मात्रामा कृषि चून मिसाउने, हरियो मल र कम्पोस्ट: सनपाट वा ढैंचा जस्ता बाली उमारेर माटोमै जोत्ने (हरियो मल) र राम्ररी कुहिएको गोठेमल प्रयोग गर्ने,बाली चक्र (Crop Rotation): लगातार एउटै बाली नलगाई बीच-बीचमा कोसेबाली (भटमास, केराउ, सिमी) लगाउने, जसले माटोमा नाइट्रोजन फिक्स गर्ने, मलको सन्तुलन: डि.ए.पि. र युरियाको जथाभाबी प्रयोग रोकी जैविक मल र माइक्रोन्युट्रिएन्ट्स (जस्ता, बोरोन) प्रयोग गर्नुपर्छ । त्रिवेणी नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन "पहिले माटोको उपचार, अनि मात्र बालीको विजारोपण" भन्ने नीति स्थानीय सरकार र किसान दुवैले अवलम्बन गर्नु आवश्यक देखिन्छ।
त्रिवेणी नगरपालिका मा पहिलो पटक माटो परीक्षण शिविर सञ्चालन गरिएको छ। २०८३ साल जेठ ५ गते सञ्चालन गरिएको उक्त शिविर त्रिवेणी नगरपालिका कृषि विकास शाखा को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले गर्नुभएको थियो। उद्घाटनका क्रममा उहाँले वैज्ञानिक कृषि प्रणाली विकासका लागि माटो परीक्षण अत्यन्त आवश्यक रहेको बताउँदै कृषकहरूलाई आधुनिक तथा उत्पादनमुखी खेतीतर्फ अग्रसर हुन आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी कृषकहरूले आफ्नो खेतबारीको माटो परीक्षण गराई माटोमा रहेका पोषक तत्व, अम्लीयता तथा उर्वराशक्तिबारे जानकारी प्राप्त गरेका थिए। माटो परीक्षणपछि आवश्यक मलखादको मात्रा तथा बाली अनुसारको सिफारिस समेत प्रदान गरिएको थियो। साथै कृषकहरूलाई माटो उपचार सम्बन्धी प्रमाणपत्र समेत वितरण गरिएको थियो।
उक्त शिविरलाई आर्थिक तथा प्राविधिक सहयोग Renewable Energy for Resilient Agri-Food Systems (RERAS) Project तथा Li-Bird को सहकार्यमा सञ्चालन गरिएको हो। कार्यक्रममा स्थानीय कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कृषि विकास शाखाका अनुसार माटो परीक्षणबाट कृषकलाई वैज्ञानिक खेती प्रणाली अपनाउन सहयोग पुग्ने, उत्पादन लागत घट्ने तथा उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। साथै आगामी दिनमा पनि यस्ता कृषि प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइएको छ।
लि- बर्ड / RERAS का कृषी प्राविधिकका अनुसार माटो परीक्षण शिविरबाट कृषकहरूले आफ्नो खेतबारीको माटोको वास्तविक अवस्था बारे जानकारी प्राप्त गर्न सक्छन्। माटोमा आवश्यक पोषक तत्वको मात्रा थाहा पाएपछि कृषकहरूले सन्तुलित रूपमा मलखाद प्रयोग गर्न सक्ने भएकाले खेती लागत घट्नुका साथै उत्पादन वृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
उहाँका अनुसार माटो परीक्षणले माटोको अम्लीयता, उर्वराशक्ति तथा बालीअनुसार आवश्यक पोषण व्यवस्थापन गर्न सहयोग पुग्ने भएकाले वैज्ञानिक कृषि प्रणाली विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ। साथै अनावश्यक रासायनिक मलको प्रयोग कम भई वातावरण संरक्षण तथा माटोको दीर्घकालीन स्वास्थ्य सुधारमा समेत सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ रहेको छ।
बाजुराको त्रिवेणी नगरपालिकाका अधिकांश क्षेत्रमा परम्परागत खेती प्रणाली र रासायनिक मलको असन्तुलित प्रयोगका कारण माटोको उर्वराशक्ति दिगो रूपमा घट्दै गएको छ। स्थानीय किसानहरूले वर्षौंदेखि एउटै बाली लगाउँदा र माटोको प्राङ्गारिक पदार्थतर्फ ध्यान नदिँदा उत्पादनमा ह्रास आएको अनुसन्धानले देखाउँछ। त्रिवेणीको माटोको अवस्था, यहाँ पाइने माटोका प्रकार र उत्पादकत्व बढाउने वैज्ञानिक सुधारका उपायहरू प्रस्तुत गरिएको छ। भौगोलिक अवस्थिति र उचाइका आधारमा त्रिवेणी नगरपालिकामा मुख्यत: तीन प्रकारका माटोहरू पाइन्छन् । त्रिवेणी नगरपालिका बाजुराबाट प्राप्त जानकारी अनुसार यस क्षेत्रमा बलौटे दोमट माटो (Sandy Loam): नदी तटीय क्षेत्र र बेसीहरूमा पाइने यो माटोमा बालुवा र पाँगोको मिश्रण हुन्छ। यो चाँडै तातिए पनि यसको जलधारण क्षमता कमजोर हुन्छ। रातो र फुस्रो माटो (Red and Light Soil): पहाडी भिरालो पाखाहरूमा पाइने यो माटोमा प्राङ्गारिक पदार्थको मात्रा निकै न्यून हुन्छ। यसमा ढुङ्गामुढा बढी हुन्छन्। चिम्patho दोमट माटो (Clay Loam): केही समथर र खोंचहरूमा पाइने यो माटोले पानी राम्ररी संकलन गर्छ। तर, खनजोत गर्न यो माटो निकै गाह्रो हुन्छ।बिज्ञका अनुसार त्रिवेणी नगरपालिका बाजुराको माटोको मुख्य समस्या बढ्दो अम्लीयपन (Low pH): अत्याधिक रासायनिक मल र बर्खे झरीका कारण माटोको अम्लीयपन बढेको छ। त्रिवेणीको खेतीयोग्य जमिनमा प्राङ्गारिक पदार्थको अभाव: माटोमा गोवर मल र कम्पोस्टको मात्रा क्रमशः घट्दै गइरहेको छ।त्यस्तै भू-क्षय र पोषक तत्वको ह्रास: भिरालो जमिनका कारण वर्षाको पानीले माथिल्लो मलिलो माटो बगाउने गरेकोले पनि माटोको प्राकृतिक उब्जाउपन घटेको अनुमान गरिएको छ । त्रिवेणी नगरपालिका बाजुराका अनुसार यहाँको माटो परीक्षण गर्न आवश्षक छ । किसानहरूले बाली लगाउनु अगाडि अनिवार्य रूपमा माटोको स्वास्थ्य जाँच (Soil Testing) गर्नुपर्छ। यसले माटोमा नाइट्रोजन, फस्फोरस, पोटास र पीएच (pH) को वास्तविक अवस्था देखाउँछ। त्रिवेणी नगरपालिकाको कृषि शाखा वा कृषि ज्ञान केन्द्र बाजुरा मार्फत किसानहरूले माटोको डिजिटल वा प्रयोगशाला परीक्षण गराउन सक्छन्। माटो सुधारका लागि व्यावहारिक सुझावहरूमा माटोको स्वास्थ्य सुधारेर उत्पादन दोब्बर बनाउन निम्न उपायहरू तत्काल अपनाउने, कृषि चूनको प्रयोग: अम्लीय माटो सुधार गर्न प्रतिरोपनी तोकिएको मात्रामा कृषि चून मिसाउने, हरियो मल र कम्पोस्ट: सनपाट वा ढैंचा जस्ता बाली उमारेर माटोमै जोत्ने (हरियो मल) र राम्ररी कुहिएको गोठेमल प्रयोग गर्ने, बाली चक्र (Crop Rotation): लगातार एउटै बाली नलगाई बीच-बीचमा कोसेबाली (भटमास, केराउ, सिमी) लगाउने, जसले माटोमा नाइट्रोजन फिक्स गर्ने गरेमा माटोको अवस्था सुधार्न सकिन्छ । मलको सन्तुलन: डि.ए.पि. र युरियाको जथाभाबी प्रयोग रोकी जैविक मल र माइक्रोन्युट्रिएन्ट्स (जस्ता, बोरोन) प्रयोग गर्ने गरेमा माटो उर्बराशक्ति बढ्ने र अर्गानिक उत्पादनबाट लाभ लिन सकिन्छ ।
त्रिवेणी नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन "पहिले माटोको उपचार, अनि मात्र बालीको विजारोपण" भन्ने नीति स्थानीय सरकार र किसान दुवैले अवलम्बन गर्नु आवश्यक देखिन्छ।
बाजुरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्बाचित
बाजुरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्बाचित,बाम्क बजारबाट गिरी वरिष्सट सदस्य र बुढा सदस्यमा मार्तडी, बाजुरा- बाजुरा उद्योग
नेपाल सरकारद्वारा आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन,नेपालको 'सर्वोत्तम हित' को लक्ष्य पुरा गर्न अझै कठिनाइ
नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन काठमाडौँ, जेठ १५ गते - नेपाल सरकारले आगामी आर्थिक वर्ष
अब सबै पालिकामा आयोजना बैंक अनिवार्य गरिने
काठमाडौँ — सरकारले सबै पालिका र प्रदेशका लागि आवधिक योजना, मध्यमकालीन खर्च संरचना र आयोजना बैंक निर्माणको कामलाई बाध्यकारी बनाउने तयारी सबै








प्रतिकृया दिनुहोस